Friday, December 6, 2013

Man Arrested with Drugs in Kaski -चेकिङ्गको क्रममा लागू औषध सहित मानिस पक्राउ

पोखरा तथा लेखनाथ नगरपालिका र राजमार्गहरुमा हुने अपराध नियन्त्रण तथा रोकथामको लागि यस कार्यालयबाट संचालन गरिएको विशेष अभियान अन्र्तगत मिति २०७०/८/१९ गते ९:४५ बजेको समयमा ले.न.पा. सैनिक वस्तीमा आकस्मिक चेकजाँच गर्ने क्रममा ग.१.ज. ३७५५ नम्बरको भाडाकारलाई चेकजाँच गर्दा निम्न परिमाणमा लागू औषध सहित ४ जना मानिसहरुलाई पक्राउ गरि अन्य अनुसन्धान कारवाही भईरहेको छ ।
बरामद लागु औषध :
–    डाईजापाम ईन्जेक्सन २३ थान , ४ थान सिरिन्ज
–    नर्फिन ईन्जेक्सन २० थान
–    फेनेरागन २० वटा
पक्राउमा  परको व्यक्तिहरु:
१)    जि. तनहुँ दुलेगौडा ३ हलेदी बस्ने वर्ष २६ को हेमन बहादुर सिंह तामाङ्ग
२)    जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ न्यूरोड बस्ने वर्ष २६ को आस बहादुर गुरुङ्ग
३)    जि. तनहुँ ढोरफिदी घर भई दुलेगौडा ३ बस्ने कुल बहादुर श्रेष्ठ
४)    लम्जुङ्ग घर भई पोखरा रामबजार बस्ने वर्ष २५ को राम गुरुङ्ग
मिति २०७०/८/२० गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की



No comments:

Post a Comment

Please, comment about this article.