Sunday, December 15, 2013

महिला हिंसा न्यूनीकरणको लागि एक दिवसिय प्रशिक्षण कार्यक्रम

 मंशिर २९, पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संस्थाको सभाहलमा महिला हिंसाको बिद्यमान अवस्था र महिला हिंसा न्यूनिकरणका लागि चाल्नु पर्ने कदम विषयक एक दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
वडा प्रहरी कार्यालय बैदाममा हालै मात्र सरुवा भई आउनुभएको प्रहरी निरीक्षक सुन्दर तिवारीको स्वागत समेत गरिएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेश नाथ बास्तोलाले सामुदायिक प्रहरीको एक महत्वपूर्ण कार्य मध्येको कार्य हो महिला हिंसा न्यूनिकरणको लागि गरिने कार्यक्रमहरु भन्दै सिकेको कुरालाई व्यवहारमा उतारी घर घरबाट महिला हिंसाको लागि हामी सबै सहकार्य गर्नुपर्ने बताउनुभयो । महिला हिंसा न्यूनीकरणको लागि नेपाल प्रहरी सदै दृढ रहेको बताउदै यस्ता कार्यक्रमहरु गाउ गाउमा पुरयाउन जरुरी भएको बताउनुभयो ।
प्रहरी नायव निरीक्षक रेशम लाल पौडेलले श्रव्य र दृश्यको माध्यमबाट हाल विद्यमान महिला हिंसाको प्रकार कानूनी प्रावधान तथा महिला हिंसा न्यूनिकरणको लागि चाल्नु पर्ने कदमहरुको बारेमा प्रशिक्षण दिएको थिए ।
अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक तिवारीलाई कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरुका पदाधिकारीहरु तथा कार्यरत प्रहरी कर्मचारीहरुले समेत फूलमाला अविर लगाई स्वागत गरेका थिए । संस्थाका महासचिव विमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुबहादुर भट्टराईले स्वागत तथा पृथ्वीचोक केन्द्रका अध्यक्ष चिरन्जिीवि श्रेष्ठ, संस्थापक अध्यक्ष मंगल नेपाली, सदस्य दूर्गादेवी पहारी समेतले बोलेका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.