Tuesday, September 17, 2013

विपद् कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने सरोकारवालाहरुको जोड


पोखरा १ असोज,
    वेला वेलामा समुदायमा हुने विपद् कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने पोखरामा सम्पम्पन्न एक कार्यक्रममा बोल्ने सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले जोड दिएका छन् ।
कम्युनिटि सपोर्ट ग्रुपको आयोजनामा आज पोखरामा सम्पन्न विपद् जोखिम न्युनिकरण अभिमुखिकरण कार्यक्रममा बोल्दै सुरक्षा निकाय,शैक्षिक संस्था,नागरीक समाज र संचारकर्मीहरुले जनचेतनाको बृद्धि भएमा त्यस्ता घटना कम हुने र जन धनको सुरक्षा हुने वताएका हुन् ।
कार्यक्रममा बोल्दै शसस्त्र प्रहरी बल  मुक्तिनाथ वाहिनिका साहायक वाहिनिपति दुर्गाबहादुर कुँवरले सुरक्षीत संस्कारको विकास हुन नसक्दा नै नेपालीहरुले बर्षेनी ज्यान गुमाउनु परेको टिप्पणी गर्नुभयो । अकालमा ज्यान जाने घटना कम गर्न जनचेतना बृद्धि गर्नुपर्ने उहाँको जोड दिनुभयो ।
सोहि कार्यक्रममा बोल्दै सिदार्थ क्लब पोखराका अध्यक्ष दिपेन्द्र मर्सानीले दुई संस्था कम्युनिटि सपोर्ट ग्रुप र सिदार्थ क्लबले कास्की जिल्लाका विभिन्न विद्यालयहरुमा विपद् जोखिम सम्बन्धी गतिबिधिहरुलाई अझै प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमा बोल्दै कम्युनिटि सपोर्ट ग्रुपका सचिव शिवजी कुँवरले तालिममा शिकेका कुराहरुलाई समुदायमा गएर लागू गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पोखरा उप–महानगरपालिका भित्र रहेका सरकारी मावि  र उच्च माविमा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो  ।
 कार्यक्रमका विडि आर सि परियोजना पोखराका प्रमुख वासना सापकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दे यस्ता कार्यक्रमहरुले निरन्तरता पाएमा समाजमा जोखिम कम हुने वताउनु भएको छ । कार्यक्रमा स्वागत मन्तव्य कम्युनिटि सपोर्ट ग्रुपका कार्यक्रम संयोजक सुमेरु त्रिपाठीले राख्नु भएको थियो ।


Monday, September 16, 2013

Tuesday Start Lions inter Football Competition in Pokhara -पोखरामा अन्तर लायन्स फुटवल प्रतियोगिता

 http://www.rajeshlamsal.com.np
पोखरा, ३१ भाद्र
स्पोर्टस् फर फेलोशिपभन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा पिस सिटिले आयोजना गरेको फोर्ड दोश्रो अन्तर लायन्स फूटबल प्रतियोगिता–२०७० आ –मंगलबार) देखि पोखरा सुरु हुँदै छ । पोखरा उप–महानगरपालिका वडा नं. १ बगरमा रहेको टुडिखेल मैदानमा असोजको १ गतेदेखि हुने उक्त प्रतियोगितामा २५ लायन्स क्लवहरुको सहभागिता हुँदैछ ।
गत बर्ष प्रथम अन्तर लायन्स फूटवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरि सकेको सो क्लबले यस बर्ष पनि कास्की र बाहिरी जिल्लाहरुमा रहेका क्लबहरुलाई समेत सहभागि गराई लायनहरु बीचमा आपसी भाईचाराको सम्बन्धी विस्तार गर्ने उद्देश्यले सो प्रगिता आयोजना गरेको प्रतियोगिता संयोजक लायन सुदिपराज ढुङ्गानाले जानकारी दिनुभयो । सो प्रतियोगितामा फोर्ड गाडी (आधिकारीक बिक्रेता अटो भेन्चर प्रा. लि., नयाँबजार पोखरा) को मुख्य प्रायोजन रहेको छ भने उप–प्रायोजनमा उईन कममोवाईल नेपालका लागि आधिकारीक बिक्रेता प्रिज्मा टेक्नोलोजीस् रहेको छ ।
विशेष सहयोगीमा पोखरा उप– महानगरपालिका र सेवा हस्पिटल प्रा.लि. रहेका छन् भने अन्य विभिन्न संस्थाहरुले सहयोग गरेको छन् । सो प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने क्लबले क्रमशः २५ हजार,५ सय २५,१५ हजार ५ सय ५५,५ हजार ५ सय ५५ ट्रफि,मेडल र प्रमाणपत्र रहेका छन् । साथै प्रतियोगितामा अनुशासित टिम,उत्कृष्ठ खेलाडी,सर्वाधिक गालकर्ता, उत्कृष्ट गोल रक्षक लगायतलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
उक्त प्रतियोगितामा रहने र प्रतियोगिता अवधिमा करिव १५,००० भन्दा बढी खेलप्रेमी दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । नेपालमै पहिलो पटक लायन्स क्लबहरुको सहभागितामा प्रतियोगितात्मक गतिबिधि संचालन गर्न सफल लायन्स क्लब अफ पोखरा पिस सिटिको उक्त कार्य प्रति सबैको चासो बढेको क्लबका अध्यक्ष लायन प्रशान्तराज धमलाको भनाई रहेका छ । प्रतियोगिताकोलागि आर्थिक व्यवस्थापन,प्रचार प्रसार तथा भेघाट लायतका कार्यहरु पनि तिब्र गतिमा भईहरको सचिव लायन टंकराज अधिकारीले जानकारी दिनुभयो ।

Nepali Congress Party Kaski-नेपाली काँग्रेसको पार्टी सुदृढिकरण कार्यक्रम सम्पन्न

पोखरा ३१ भदौं
कास्कीको आर्वा विजय गाउँ विकास समितिको वडा नं.५ मा नेपाली काँग्रेसको पार्टी सुदृढिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले कार्यकर्ताहरुले पार्टी नीति, सिद्धान्त र मुल्य मान्यता राम्रोसंग बुझ्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले गाविसदेखि गाउँ तहसम्म संगठन विस्तार र कार्यकर्तालाई परिचालन गर्न सके पार्टी सुदृढिकरण हुनेमा विश्वास व्यक्त गरेका थिए ।
भेलामा बोल्दै वडा समिति सभापति माधवप्रसाद बरालले पार्टीले संगठन सुदृढिकरणमा ध्यान दिनु पर्ने बताउँदै अब हुने संविधान सभाको निर्वाचनमा काँग्रेसको विजय सुनिश्चित गर्न राष्टियदेखि स्थानीय तहसम्म कार्यकर्ताहरु परिचालन गर्न सक्नु पर्ने बताए ।
कार्यक्रममा समितिका सभापति घनश्याम बराल, कार्यक्रम संयोजक भवसागर बराल, क्षेत्र नं २ कास्कीका सदस्य युवराज बराल, पार्टीका सल्लाहकार हिमलाल बराल, पार्टी कोषाध्यक्ष कृष्णकुमारी बराल, दोजराज बराल, सपना बराल, कृष्णबहादुर परियार, सुर्यबहादुर परियार, वडा नं ६ का सभापति सन्तोषबहादुर परियार, नेपाली काँग्रेसका गाविस सल्लाहकार राजेन्द्रप्रसाद बरालले पार्टीको सुदृढिकरणका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नानुमाया परियार, कृष्णबहादुर लामा, प्रदिपराज परियार, दुतबहदुर विक, डिलबहादुर विक, सुर्यबहादुर परियार, ऋषिराम परियार, विष्णुमाया परियार, कृष्णबहादुर परियार र शम्शेर विकलाई गाउँ इकाई समितिका सभापति घनश्याम बरालले नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका थिए ।

Buddha was born in Nepal,not in India-बुद्धको गलत समाचार विरुद्ध ¥याली


पोखरा,भारतीय सञ्चारमाध्यमहरुले गरेको गौतम बुद्धको गलत प्रचार विरुद्ध शनिवार पोखरामा ने.वि.संघ कास्कीको आयोजनामा संयुक्त  निकालीएको छ । गौतम बुद्ध भारतमा हैन नेपालमा जन्मिएका हुन,झुटको खेती अन्त्य गर,साँचो कहिल्यै लुक्दैन जस्ता होडीङ बोर्ड र राष्ट्रिय झण्डा सहित निकालीएको उक्त ¥याली पृथ्वीचोकबाट सुरु भई महेन्द्रपुल हुँदै वि.पी. चोकमा पुगेर कोणसभामा परिणत भई समापन भएको थियो । उक्त कोणसभालाई सम्बोधन गर्दै ने.वि.संघ कास्कीका सभापती कल्याणबाबु भण्डारीले वि.पी.लाई सम्झदै राष्ट्रियता भनेको भावना भएको र राष्ट्रियताको बिषयमा कसैसँग सम्झौता नगरीने र नेपाली कांगे्रसले अहिले सम्म सम्झौता नगरेको र यदी भावी दिनमा नेपाली कांगे्रसले सम्झौता गरे आफु पार्टी छोडन तयार रहेको तर राष्ट्रियता त्याग्न तयार नभएको बताए । उनले बुद्धको गलत प्रचार तत्काल अन्त्य गर्न सरकारले पहल नगरे आफुहरुले आन्दोलनको आँधीबेरी नै ल्याइदिने चेतावनी दिए । लियो क्लब अफ पोखरा फिस्टेल सिटीका सल्लाहाकार तथा कार्यक्रम संयोजक खुसीराम बरालले सरकारले बुद्धप्रती देखाएको उदासीनताको विरोध गर्दै नेपाललाई विश्वभरीका पर्यटकको गन्तव्य बनाउने भनेर चर्को नारा लगाउने नेताहरु अहिले कानमा तेल हालेर बसेको आरोप लगाए । बुद्धको जन्मस्थल भनेर बर्षेर्नी लाखौ पर्यटक नेपाल आइरहेको अवस्थामा भएको गलत प्रचार अन्त्य गर्न तत्काल पहल नगरे नेपाली र राष्ट्रियता माथी ठुलो क्षती हुने बताए । उक्त्त कोणसभामा विकासका लागी युवा नेतृत्वका अध्यक्ष सन्तोष बास्तोला,जमुना गुरुङ,रञ्जु पौडेल,पवित्रा शर्मा लगायतले बुद्धको बारेमा चर्चा गर्दै तत्काल भ्रामक समाचार बन्द गर्न सरकारले पहल गनुपर्ने बताएका थिए । उक्त्त ¥यालीमा विभिन्न आमा समुह,स्थानीय क्लब लगायतको उपस्थिती रहेको थियो ।

Motivation Training-Neplese Young Entrepreneurs Fourm (NYEF), Pokhara.

युवा उद्यमी मञ्च(NYEF),पोखराले पोखरेली युवा उद्यमी वित्तिय संस्था व्यवसायीक प्रतिष्ठानका व्यवसायीक व्यक्तित्वहरुको लागी Reach the Zenith विषयक उत्प्रेरणामुलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षक महेश दाहाल ज्यूले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा साठी जनाको सहभागीता रहेको थियो ।लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा मानिसले व्यवसायीक सफलता हासील गर्न सकारात्मक सोंच, दृढ निश्चयता, दुरदृष्टिसमुहगत रुपमा फरक कार्यशैली, सहि समय ब्यवस्थापन आदि विषयमा विभिन्न उदाहरण सहित खेल तथा श्रव्य दृष्यको माध्यमबाट सिकाउनुभएको थियो उक्त कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथी नेपाल उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी ज्यूले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै यस्तो तालीम बाट उत्प्रेरित भएर युवाहरुले व्यवसायीक नेतृत्व लिई देशको आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा दक्षिण एशीयाली युवा उद्यमी मञ्चको गरिमामय अध्यक्ष पदमा निर्वाचीत हुनु भएकोमा सौरभ ज्योती ज्यू लाई कार्यक्रमका सभापति तथा नेपाली युवा उद्यमी मञ्च (NYEF), पोखराका अध्यक्ष देवेनसन प्रजू ज्युले सम्मान गर्नुभएको थियो सोही अवसरमा कार्यक्रमका अतिथी पोखरा उधोग वाणिज्य संघका अध्यक्ष संजीब बहादुर कोईराला ज्यू साथै सौरभ ज्योती ज्यूले तालीमको उपयोगीता माथी प्रकाश पार्दै मन्तव्य व्यक्त गर्नुभएको थियो संस्थाका कार्यसमिति सदस्य सन्तोष घिमिरेको संयोजकत्वमा सम्पन्न गर्नु भएको थियो
नेपाली युवा उद्यमी मञ्च (NYEF), पोखरा