Monday, September 16, 2013

Nepali Congress Party Kaski-नेपाली काँग्रेसको पार्टी सुदृढिकरण कार्यक्रम सम्पन्न

पोखरा ३१ भदौं
कास्कीको आर्वा विजय गाउँ विकास समितिको वडा नं.५ मा नेपाली काँग्रेसको पार्टी सुदृढिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले कार्यकर्ताहरुले पार्टी नीति, सिद्धान्त र मुल्य मान्यता राम्रोसंग बुझ्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले गाविसदेखि गाउँ तहसम्म संगठन विस्तार र कार्यकर्तालाई परिचालन गर्न सके पार्टी सुदृढिकरण हुनेमा विश्वास व्यक्त गरेका थिए ।
भेलामा बोल्दै वडा समिति सभापति माधवप्रसाद बरालले पार्टीले संगठन सुदृढिकरणमा ध्यान दिनु पर्ने बताउँदै अब हुने संविधान सभाको निर्वाचनमा काँग्रेसको विजय सुनिश्चित गर्न राष्टियदेखि स्थानीय तहसम्म कार्यकर्ताहरु परिचालन गर्न सक्नु पर्ने बताए ।
कार्यक्रममा समितिका सभापति घनश्याम बराल, कार्यक्रम संयोजक भवसागर बराल, क्षेत्र नं २ कास्कीका सदस्य युवराज बराल, पार्टीका सल्लाहकार हिमलाल बराल, पार्टी कोषाध्यक्ष कृष्णकुमारी बराल, दोजराज बराल, सपना बराल, कृष्णबहादुर परियार, सुर्यबहादुर परियार, वडा नं ६ का सभापति सन्तोषबहादुर परियार, नेपाली काँग्रेसका गाविस सल्लाहकार राजेन्द्रप्रसाद बरालले पार्टीको सुदृढिकरणका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नानुमाया परियार, कृष्णबहादुर लामा, प्रदिपराज परियार, दुतबहदुर विक, डिलबहादुर विक, सुर्यबहादुर परियार, ऋषिराम परियार, विष्णुमाया परियार, कृष्णबहादुर परियार र शम्शेर विकलाई गाउँ इकाई समितिका सभापति घनश्याम बरालले नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.