Monday, September 16, 2013

Motivation Training-Neplese Young Entrepreneurs Fourm (NYEF), Pokhara.

युवा उद्यमी मञ्च(NYEF),पोखराले पोखरेली युवा उद्यमी वित्तिय संस्था व्यवसायीक प्रतिष्ठानका व्यवसायीक व्यक्तित्वहरुको लागी Reach the Zenith विषयक उत्प्रेरणामुलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षक महेश दाहाल ज्यूले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा साठी जनाको सहभागीता रहेको थियो ।लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा मानिसले व्यवसायीक सफलता हासील गर्न सकारात्मक सोंच, दृढ निश्चयता, दुरदृष्टिसमुहगत रुपमा फरक कार्यशैली, सहि समय ब्यवस्थापन आदि विषयमा विभिन्न उदाहरण सहित खेल तथा श्रव्य दृष्यको माध्यमबाट सिकाउनुभएको थियो उक्त कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथी नेपाल उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी ज्यूले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै यस्तो तालीम बाट उत्प्रेरित भएर युवाहरुले व्यवसायीक नेतृत्व लिई देशको आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा दक्षिण एशीयाली युवा उद्यमी मञ्चको गरिमामय अध्यक्ष पदमा निर्वाचीत हुनु भएकोमा सौरभ ज्योती ज्यू लाई कार्यक्रमका सभापति तथा नेपाली युवा उद्यमी मञ्च (NYEF), पोखराका अध्यक्ष देवेनसन प्रजू ज्युले सम्मान गर्नुभएको थियो सोही अवसरमा कार्यक्रमका अतिथी पोखरा उधोग वाणिज्य संघका अध्यक्ष संजीब बहादुर कोईराला ज्यू साथै सौरभ ज्योती ज्यूले तालीमको उपयोगीता माथी प्रकाश पार्दै मन्तव्य व्यक्त गर्नुभएको थियो संस्थाका कार्यसमिति सदस्य सन्तोष घिमिरेको संयोजकत्वमा सम्पन्न गर्नु भएको थियो
नेपाली युवा उद्यमी मञ्च (NYEF), पोखरा

No comments:

Post a Comment

Please, comment about this article.