Saturday, August 31, 2013

नविल बैकको रक्तदानमा ४० यूनिट रगत संकलन

पोखरा, भदौ १५ गते
पोखरामा रगतको अभाव भैरहेको बेला नविल बैकं लिमिटेडको २९ औ बार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा रक्तादान कार्यक्रम सम्पन्न गरेको छ ।
 नविल बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको प्रमुख अतिथि डा भोजराज न्यौपानेले डा.चण्डीका पण्डीतलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले रक्तादन गर्नु शरिरको लागी फाइदाजनक  हुने र खेर जाने रगत दान गरेर अरु कसैको जिवन रक्षा गरे पुण्य कमाउन सकिने बताउनु भयो । नविल बैकं लि.पोखरा शाखाका सहायक शाखा प्रवन्धक सूर्यबहादुर रोकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा माधव बस्ताकोटीले स्वागत र संचालन कार्यक्रम संयोजक समुन्द्र देवकोटाले गर्नु भएको थियो । रक्तदान कार्यक्रममा पोखरामा रहेका दुवै शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो भने रक्त संचार केन्द्रले प्राविधिक रहयोग गरेको थियो ।

Friday, August 30, 2013

पुल बनाउने सामानहरु चोरी गर्ने पक्राउ

 पोखरा, १४ भाद्र ,मिति २०७०/५/९गते राती जि. कास्की पुरन्चौर गा.वि.स. वडा नं. ७ र घाचोक गा.वि.स. वडा नं. १ जोडने सेती नदीको पुल निर्माण गर्ने पुरन्चौर घाचोक माछापुच्छ्रे सडक खण्ड अन्र्तगतको  ट्रष्ट ओभर हेड मोटर व्रिज कन्ट्रक्सनको पम्सेटको ईम्पेलर थान २, सो को टुक्रा ४, मिक्सचरको कुल्लीको डण्डी थान १, सो डण्डीको साचो १ थान, विभिन्न साईजका डण्डीका फलामे रडहरु १९४ थान, २९ थान पाईप, फलामे विल्जा १ र फलामे प्वाल पाईप थान ३४ चोरी भएको घट्ना सम्बन्धमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको अवस्थामा आज मिति २०७०।५।१४ गते जि. कास्की पोखरा ४ गणेशटोल स्थित कवाडी सेन्टरमा विक्री वितरण गर्दा गर्दैको अवस्थामा जि. कास्की पुरन्चौर गा.वि.स. वडा नं. ८ बस्ने वर्ष १९ को देवेन्द्र बि.क.लाई चोरी भएको सामानहरु सहित पक्राउ गरिएको छ । उक्त सामानहरु किन्ने कवाडीको प्रो. हरि शंकर जैसवाललाई समेत पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिहरुलाई अनुसन्धान एवं कारवाही  भईरहेको छ ।
मिति: २०७०/५/१४ गते 
जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski, Pokhara

Zipflyer Nepal Pokhara डेड महिना पछि जिप फ्लाएर सन्चालनमा, पोखरामा पनि बन्जीजम्प

 http://www.rajeshlamsal.com.np/

सागर राज तिमिल्सिना
Ganthan.com
पोखरा, १४ भाद्र /अफ्सिजन लागेर बन्द भएको पोखरामा जिप फ्लाएर आइतबारबाट सन्चालनमा आउने भएको छ । स्वदेशि तथा विदेशी पर्यटकलाई लक्ष्ति गरेर हाईग्राउण्ड एड्भेन्चर्सले पोखरामा सन्चालनमा ल्याएको जिप फ्लाएर आइतबारबाट सन्चालनमा आउन लागेको कम्पनीका अप्रेसन प्रमुख दिनेश मर्हजनले जानकरी दिए । साउनबाट अफ्सिजन र कर्मचारीको विदाका लागी बन्द गरेको मर्हजनले बताए । मर्हजनले भने चार्ड पर्व र अन्य समयमा कुनै पनि बेला कर्मचारीलाई विदा नहुने हुदा विदाका लागी पनि बन्द गरेको हो ।
zip flyer

zip flyer 2
उनले पर्यटकीय सिजन शुरु हुन थालेका कारण सन्चालन गर्न लागेको बताए । उनले दश महिनाको सन्चाल अवधीमा स्वदेशी र विदेशी गरि करिब ५ हजार पर्यटकले जिप फ्लाएरको मजा लिइ सकेका छन् । पर्यटन प्रर्बद्धन संगै व्यापार गर्ने उद्देश्यले नेपालमै पहिलोपटक तीन जना युवा मिलेर एड्भेन्चर मन पराउने पर्यटकहरुलाई लक्षित गर्दै ‘जिप फ्लाएर’ संचालनमा ल्याएको थियो । भरत गोल्छा, शरद गोल्छा र अभिनव तिरुवाल मिलेर करिब १३ करोड रुपैया लागतमा अघिल्लो वर्षको असोजबाट सन्चालमा आएको थियो ।
सराङकोटको टुप्पोबाट हेमजा गाविसको याम्दी सम्म जिप फ्लाएरकै लागी केबल तानिएको छ । सराङकोटको डाँडाबाट २ हजार फिट तल हुईकिँदै करिब १ मिनेट ३० सेकेन्डमा हेम्जासम्म आईपुग्ने गरि बनाईएको जिप फ्लाएर संसारकै सबैभन्दा लामो र अग्लो भएको कम्पनीले दाबी छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको जिप फ्लाएरमा जिपिङको अनुभव लिनका लागी नेपालीहरुले ३ हजार ८ सय ५० रुपैँया तिर्नुपर्छ भने विदेशी पर्यटकहरुले पाँच हजार ८ सय ९० रुपैँया तिर्नुपर्छ ।
zip flyer 3
म्याग्नेटिक ब्रेकिङ सिस्टम भएको जिप फ्लाएरमा पुर्णतया लक गरिएको केबल प्रयोग भएका कारण कुनै दुर्घटनाको डर भएको कम्पनीको दावी छ । समुद्री सतहबाट पाँच हजार ३२ फिट अग्लो रहेको सराङकोटबाट ३ हजार फिट तल झर्नका लागी जिप फ्लाएरबाट झर्न बढिमा २ मिनेट लाग्ने गर्दछ । यसमा गोल्छा अर्गनाइजेसन र मंगलम समुहको लगानी रहेको छ । नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत पर्यटकहरु पोखरा र अन्नपूर्ण पदयात्राका लागि आउने गरेका छन् । पर्यटकको लागि जिप फ्लायर नयाँ गन्तव्य समेत बनेको कम्पनीको दावी छ ।
पोखरमा पनि बन्जीजम्प
पोखरामा जिप फ्लायर सन्चालन गरेको हाईग्राउण्ड एड्भेन्चर्सले कास्कीको हेम्जामा बन्जीजम्प सन्चालन गर्ने भएको छ । जिप फ्लायर सन्चालन भएकै ठाउँमा बन्जीजम्प सन्चालन गर्न लागएको । अग्लो डाडाँ रहेको जिप फ्लायर नजिकैबाट तल खोलामा बन्जीजम्प गर्न मिल्लने गरि काम शुरु गरेको छ । करिब ५५ मिटर अग्लो ठाउँबाट बन्जीजम्प गर्न मिल्ले गरी काम अगाडी बढि रहेको र करिब दुई महिनामा सन्चालमा आउने कम्पनीको दावी छ ।

Wednesday, August 28, 2013

मृत शव फेला परेको- Dead bodies Found

उपरोक्त सम्बन्धमा मिति २०७०।०५।०९ गते दिन जि।कास्की पोखरा उ।म।न।पा।वडा नं।(१७ महतगौडा स्थितमा रहेको सेतीको नहरमा नामथर वतन नखुलेको अ।३५।४० बर्षको अ। ५।५ फिट उचाई भएको शरिरमा कपडा नभएको शरिर सबै फुल्लिई नचिन्निने अवस्थामा रहेको दाहिने हातको माझी औलामा निलो पत्थर भएको पित्तल जस्तो देखिने पंहेलो रङको औठी लगाएको शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पोष्टमार्टमको लागी पश्चिम क्षेत्रीय अस्पतालमा रहेको छ । मृत शवको पहिचानको लागी मिडिया द्वारा प्रचार प्रशारण गरी दिनु हुन अनुरोध गरिन्छ ।
मिति २०७०।०५।१२ गते ।                     
जिल्ला प्रहरी कार्यालय कास्की ।

District Police Office Kaski, Pokhara.

पोखरामा गौरा पर्व-Pokhara News-Nepal

पोखरा समाचारदाता
पोखरा, भदौ १२ गते । सुदुर पश्चिम सम्पर्क एव्म विकास समाज पोखराले आज विशेष कार्यक्रमका साथ गौरा पर्व मनाएको छ । सुदुर पश्चिमबाट पोखरा आई  विभिन्न पेशा व्यवसायमा रहेका सुदुर पश्चिम बासीहरुले साँस्कृतिक एव्म धार्मिक पर्वको रुपमा यसलाई विगतको वर्षहरुदेखि पोखरामा पनि मनाउदै आएका छन् ।
महिला आमा, दिदीबहिनद्धारा पार्वतीको पुजा गरी कार्यक्रम उद्घाटन गरिएको थियो । पञ्चमीको दिनमा ५ थरीका गेडागुडी बिझाए पछि यो पर्व सुरु भएको मानिन्छ । विशेष त पार्वती र महेश्वरको पुजा हुने यो पर्वमा महिलाहरुले आफ्नो पतिको दीघायुको कामना गर्ने र अन्य परिवार जनको सुख शान्ति एवम् दीघायुको साथै उन्नति र प्रगतिको कामना गर्ने चलन छ र गौरा पर्वले सबैको चाहना पुरा गर्ने धार्मिक विश्वास छ । विशेष त भखरै विवाह भएका महिलाहरुले गौरा पर्वलाई महत्वका साथ लिने गर्दछन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रध्यापक खगेन्द्र भट्टराईले उद्घाटन गर्दै सस्कृतिमा विकृत आउन नहुने बताउनु भयो । उहाँले देश भुगोलमा मात्र सिमित हुने होइन कला, साहित्य, धर्म संस्कृति नै राष्ट्रको मेरोदण्ड भएको बताउनु भयो ।  उपकुलपति भट्टराईले हरेक चाँड पर्वले हामी नेपालीहरुलाई भातृत्वको विकास गराउने उल्लेख गराउनु भयो । कार्यक्रममा कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले पर्वका नाममा विकृति जन्मिएको बताउदै देउडा गीतमा त्यस्तो विकृति नपाएको उल्लेख गर्नु भयो ।
समाजका अध्यक्ष राजेश कुमार ठकुराठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अन्तर समाज संजालका अध्यक्ष निलकण्ठ शर्मा, त्यसै गरी आयोजक संस्थाका सल्लाहाकार जयदेव विष्ठ लगायतले सुदुर पश्चिमको कला र संस्कृतिको बारेमा बोल्नुभएको थियो । रेडियो बाराही अफिसियल मिडियाका रुपमा रहेको थियो । नेपाल पर्यटन बोर्डको सवालमा सम्पन्न सो कार्यक्रममा डेउडा गायकगायिकाहरु महेश कुमार औजी, पुष्प बोहोरा लगायतले सुदुर पश्चिम छ स्वर्ग सरी भन्ने गीत लगायत अन्य डेउडा गीतहरु प्रस्तुत गर्नु भएको थियो । सहभागी अधिकाम्स युवायुवतीहरु देउडाको धुनमा समुहवद्ध भएर नाचेका थिए ।