Friday, August 30, 2013

Zipflyer Nepal Pokhara डेड महिना पछि जिप फ्लाएर सन्चालनमा, पोखरामा पनि बन्जीजम्प

 http://www.rajeshlamsal.com.np/

सागर राज तिमिल्सिना
Ganthan.com
पोखरा, १४ भाद्र /अफ्सिजन लागेर बन्द भएको पोखरामा जिप फ्लाएर आइतबारबाट सन्चालनमा आउने भएको छ । स्वदेशि तथा विदेशी पर्यटकलाई लक्ष्ति गरेर हाईग्राउण्ड एड्भेन्चर्सले पोखरामा सन्चालनमा ल्याएको जिप फ्लाएर आइतबारबाट सन्चालनमा आउन लागेको कम्पनीका अप्रेसन प्रमुख दिनेश मर्हजनले जानकरी दिए । साउनबाट अफ्सिजन र कर्मचारीको विदाका लागी बन्द गरेको मर्हजनले बताए । मर्हजनले भने चार्ड पर्व र अन्य समयमा कुनै पनि बेला कर्मचारीलाई विदा नहुने हुदा विदाका लागी पनि बन्द गरेको हो ।
zip flyer

zip flyer 2
उनले पर्यटकीय सिजन शुरु हुन थालेका कारण सन्चालन गर्न लागेको बताए । उनले दश महिनाको सन्चाल अवधीमा स्वदेशी र विदेशी गरि करिब ५ हजार पर्यटकले जिप फ्लाएरको मजा लिइ सकेका छन् । पर्यटन प्रर्बद्धन संगै व्यापार गर्ने उद्देश्यले नेपालमै पहिलोपटक तीन जना युवा मिलेर एड्भेन्चर मन पराउने पर्यटकहरुलाई लक्षित गर्दै ‘जिप फ्लाएर’ संचालनमा ल्याएको थियो । भरत गोल्छा, शरद गोल्छा र अभिनव तिरुवाल मिलेर करिब १३ करोड रुपैया लागतमा अघिल्लो वर्षको असोजबाट सन्चालमा आएको थियो ।
सराङकोटको टुप्पोबाट हेमजा गाविसको याम्दी सम्म जिप फ्लाएरकै लागी केबल तानिएको छ । सराङकोटको डाँडाबाट २ हजार फिट तल हुईकिँदै करिब १ मिनेट ३० सेकेन्डमा हेम्जासम्म आईपुग्ने गरि बनाईएको जिप फ्लाएर संसारकै सबैभन्दा लामो र अग्लो भएको कम्पनीले दाबी छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको जिप फ्लाएरमा जिपिङको अनुभव लिनका लागी नेपालीहरुले ३ हजार ८ सय ५० रुपैँया तिर्नुपर्छ भने विदेशी पर्यटकहरुले पाँच हजार ८ सय ९० रुपैँया तिर्नुपर्छ ।
zip flyer 3
म्याग्नेटिक ब्रेकिङ सिस्टम भएको जिप फ्लाएरमा पुर्णतया लक गरिएको केबल प्रयोग भएका कारण कुनै दुर्घटनाको डर भएको कम्पनीको दावी छ । समुद्री सतहबाट पाँच हजार ३२ फिट अग्लो रहेको सराङकोटबाट ३ हजार फिट तल झर्नका लागी जिप फ्लाएरबाट झर्न बढिमा २ मिनेट लाग्ने गर्दछ । यसमा गोल्छा अर्गनाइजेसन र मंगलम समुहको लगानी रहेको छ । नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत पर्यटकहरु पोखरा र अन्नपूर्ण पदयात्राका लागि आउने गरेका छन् । पर्यटकको लागि जिप फ्लायर नयाँ गन्तव्य समेत बनेको कम्पनीको दावी छ ।
पोखरमा पनि बन्जीजम्प
पोखरामा जिप फ्लायर सन्चालन गरेको हाईग्राउण्ड एड्भेन्चर्सले कास्कीको हेम्जामा बन्जीजम्प सन्चालन गर्ने भएको छ । जिप फ्लायर सन्चालन भएकै ठाउँमा बन्जीजम्प सन्चालन गर्न लागएको । अग्लो डाडाँ रहेको जिप फ्लायर नजिकैबाट तल खोलामा बन्जीजम्प गर्न मिल्लने गरि काम शुरु गरेको छ । करिब ५५ मिटर अग्लो ठाउँबाट बन्जीजम्प गर्न मिल्ले गरी काम अगाडी बढि रहेको र करिब दुई महिनामा सन्चालमा आउने कम्पनीको दावी छ ।

No comments:

Post a Comment

Please, comment about this article.