Friday, August 30, 2013

पुल बनाउने सामानहरु चोरी गर्ने पक्राउ

 पोखरा, १४ भाद्र ,मिति २०७०/५/९गते राती जि. कास्की पुरन्चौर गा.वि.स. वडा नं. ७ र घाचोक गा.वि.स. वडा नं. १ जोडने सेती नदीको पुल निर्माण गर्ने पुरन्चौर घाचोक माछापुच्छ्रे सडक खण्ड अन्र्तगतको  ट्रष्ट ओभर हेड मोटर व्रिज कन्ट्रक्सनको पम्सेटको ईम्पेलर थान २, सो को टुक्रा ४, मिक्सचरको कुल्लीको डण्डी थान १, सो डण्डीको साचो १ थान, विभिन्न साईजका डण्डीका फलामे रडहरु १९४ थान, २९ थान पाईप, फलामे विल्जा १ र फलामे प्वाल पाईप थान ३४ चोरी भएको घट्ना सम्बन्धमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको अवस्थामा आज मिति २०७०।५।१४ गते जि. कास्की पोखरा ४ गणेशटोल स्थित कवाडी सेन्टरमा विक्री वितरण गर्दा गर्दैको अवस्थामा जि. कास्की पुरन्चौर गा.वि.स. वडा नं. ८ बस्ने वर्ष १९ को देवेन्द्र बि.क.लाई चोरी भएको सामानहरु सहित पक्राउ गरिएको छ । उक्त सामानहरु किन्ने कवाडीको प्रो. हरि शंकर जैसवाललाई समेत पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिहरुलाई अनुसन्धान एवं कारवाही  भईरहेको छ ।
मिति: २०७०/५/१४ गते 
जिल्ला प्रहरी कार्यालय कास्की
District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.