Sunday, August 25, 2013

चोरी गरी लगेको मोटरसाईकल फेला परेको / फरार रहेका अभियूक्तहरु पक्राउ

१)    २०६९।१२।२७गते राती ९:४५ बजेको समयमाजि. कास्कीपोखरा ६ लेकसाईड ओजन डिस्को अगाडि पोखरा ८ नयाँबजार बस्ने हिमाल गुरुङ्गलाई बियरको बोतलले टाउकोमा प्रहार गरी सख्त घाईते तुल्याई फरार रहेकाजि. कास्कीपोखरा ३ नदीपुर बस्ने वर्ष २१ को भाई कुन्जे भन्ने विश्वास गुरुङ्गलाई खोजतलास गर्दै जाँदा मिति २०७०।५।७ गते लेकसाईडबाट पक्राउ गरि अनुसन्धान कारवाही भईरहेको छ ।
२)    पोखराको लेकसाईडमा खुकुरी प्रहार गरी फरार रहेका पोखरा १५ नयाँगाउँ बस्ने वर्ष १६ को सक्षम गुरुङ्गलाई मिति २०७०।५।८ गते घले चोकबाट पक्राउ गरी कारवाही अनुसन्धान भईरहेको छ ।

चोरी गरी लगेको मोटरसाईकल फेला परेको

१)    मिति २०७०।५।८ गते २२:३० बजेको समयमा ग.५.प. ५१७३ नं. को १२५ सिसि को होण्डा साईन मोटरसाईकल आदर्श समाज राष्ट्रिय दैनिकको कार्यालयबाट हराएकोमा खोजतलास गर्दै जाँदामिति २०७०।५।९ गते बिहान विरौटा स्थित शिसु निकेतन स्कूलको चौरमा वेवारिसे अवस्थामा फेला परेको छ । मोटरसाईकल चोर्ने मानिसको सम्बन्धमा खोजतलास एवं अनुसन्धान भईरहेको छ ।

२)    मिति २०७०।५।६गते बेलुका जि. कास्की पोखरा १५ स्यानी पाटनमा आफनै घर कम्पाउण्डको तालाफोरी ग.८.प.३०८२ नं.को डिपो स्कुटर हराएको भनि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ प्रहरीको सक्रियताको साथ खोजतलास गर्दै जाँदा मिति २०७०।५।८ गते पोखरा महतगौडा भन्ने स्थानमा फेलापारी सम्बन्धित स्कूटर धनी रामबहादुर मल्ललाई बुझाईएको । स्कूरटर चोरी गर्ने व्यक्तिको खोजतलास एवं अनुसन्धान कार्य भईरहेको छ ।

मिति : २०७०।५।९गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की । 
District Police Office Kaski, Pokhara

Thursday, August 22, 2013

Hearing of Shanti Path Road Construction-शान्तिपथ उपभोक्ता समितिको सार्बजनिक सुनुवाई सम्मन्न

भाद्र ३ गते सोमबारका दिन पोखरा उप महा नगरपालिका वडा नं १० स्थित शान्तिपथ सडक निर्माण उपभोक्ता समितिले सडकको दायां बायां २०६/२०६ मिटर गरी जम्मा ४१२ मिटर नाला निर्माण को काम सम्पन्न गरी सार्बजनिक सुनुवाई गरेको छ।निर्माण कार्य पो. उ.म. न. पा.को ६० प्रतिशत र उपभोक्तहरुको जनसहभागिता को ४० प्रतिशत गरी सम्पन्न भएको थियो।नगरपालिकाको लगत ईस्टिमेट अनुसार जम्मा १४०३४००/चौध लाख तिन हजार चार सय मात्र भएको कार्य प्रतिकुल मौसम र कार्य प्रकृतिका कारण उक्त नाला निर्र्माण कार्य रु १५०५३२८/पन्ध्र लाख पांच हजार तिन सय अठ्ठाईस मा सम्पन्न भएको व्यहोरा सार्बजनिक सुनुवाईमा जानकारी गराईएको थियो।      
उक्त सुनुवाईमा नगरपालिकाको प्रतिनिधि को रुपमा वडा नं १० का सचिव नवराज थापा,प्रा.डा. कृष्ण के.सी,अमरसिंह उ मा वि व्यवस्थापन समितिका अध्यक्ष विश्व प्रकाश लामिछाने, पूर्व वडाध्यक्ष फत्त बहादुर गुरुङ्ग,पूर्व क्षेत्रिय शिक्षा निर्देशक योगेन्द्र बहादुर बस्नेत लगायत सरोकार वाला महानुभावहरुको उपस्थिति थियो।
सरोकारवालाहरुको आम भेलामा उपभोत्ता समितिका कोषाध्यक्ष कमला थापाले अर्थिक प्रतिवेदन र अध्यक्ष हितराज शर्माले सम्पूर्ण कार्यको विवरण प्रस्तुत गर्नुभएको थियो भनि समितिका सह सचिव पुष्प कमल पौडेलले जानकारी दिनुभयो।  

Wednesday, August 21, 2013

चोरी निकासीका सवारी साधनहरु बरामद


    चोरीका सवारी साधनहरु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि. कास्कीपोखरा १३ मियापाटन स्थितज्ञानेन्द्र सिग्देलको घर कम्पाउण्डबाट चारपाङ्गे र दुई पाङ्गे विभिन्न नम्बर प्लेटहरु भएका निम्न सवारी साधनहरुका साथै अन्यनम्बर प्लेट नखुलेका र गाडीहरु काटी अन्य सवारी साधनमा थप घट गरेको र ईन्जिन, ढोका, शिशाहरु खोलेर पार्टसहरु छुट्टाई लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको छ । उक्त घट्नामा संलग्नहुन सक्ने आशंकमा ३ जना मानिसलाई समेत नियन्त्रणमालिई अनुसन्धान कार्य भईरहेको छ । बरामदगरिएका सवारी साधनहरु प्रहरी नियन्त्रणमा राखिएको   छ । गाडीहरु ः
१)    टाटा सुमो जिप १
२)    महिन्द्रा बोलेरो जिप १
३)    सुजुकी मारुती कार  १
४)    हिरो हण्डा, होण्डा साईन, पल्सर, डिस्कभर, अपाची आदि विभिन्न मोडलका ९     वटा मोटरसाईकलहरु ।
५)    अन्य सवारी साधनकापार्टपुर्जा र सामानहरु ।
मिति : २०७०/५/५गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
 District Police Office Kaski, Pokhara

Tuesday, August 20, 2013

Rotary Club of Pokhara Newroad by Student's Toilet Construction Finish-रोटरी क्लब अफ पोखरा न्यूरोडद्घारा छात्रा शौचालय निर्माण सम्मन्न


रोटरी क्लब अफ पोखरा न्यूरोडद्घारा स्याङ्गजा जिल्लाको खडकेटारी स्थित कालाभैरव उच्च मा.वि मा छात्रा शौचालय निर्माण सम्पन्न गरी यही भाद्र ४ गते मंगलबारको दिन एक विशेष समारोहका विच हस्तान्तरण भएको छ। निर्माण कार्यमा सहयोग गर्ने सँघ  सँस्थाहरुमा कम्युनिटी डेभलपमेण्ट एण्ड रिलिफ एजेन्सि¬सेड्रा नेपाल,बाबा फाउण्डेशन नेपाल र कालाभैरव उच्च मा.वि. रहेका छन। उक्त समारोहमा प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ का निवर्तमान डिष्ट्रिक्ट गभर्नर रो योगेन्द्रमान प्रधान र रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष रो सुबास सिग्देलले शौचालयको साँचो उच्च मा वि व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्की एवं प्राचार्य खगेन्द्र सुवेदीलाई हस्तान्तरण गर्नु भयो।
प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर योगेन्द्रमान प्रधान,रोटरी क्लव अफ पोखरा न्यूरोडका अध्यक्ष रो सुवास सिग्देल,रोटरी डिष्ट्रिक्ट ३२९२ का सहायक गभर्नर रो सन्तोष रिजाल, सेड्रा नेपालका निर्देशक अशोक कुमार श्रेष्ठ, प्रस्तावित इनर व्हिल क्लब अफ न्यूरोड पोखरा का सचिव गंगा कुमारी पराजुली पौडेल,गोनेसा पोखराका राम प्रसाद सुवेदी,उच्च मा.वि का विद्यार्थी स्मृति पौडेल,प्राचार्य खगेन्द्र सुवेदी,व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्की ले छात्रा शौचालयको महत्व र यसबाट छात्राहरुको अध्ययन र स्वास्थ्यमा गुणात्मक प्रगति हुने कुरामा आफ्ना भनाईहरु राख्नु भएको थियो। कार्यक्रममा रो किशोर कुमार श्रेष्ठले स्वागत मन्तव्य, निर्माण समितिका संयोजक रो गीता सिवाकोटीले धन्यवाद ज्ञापन र  क्लबका सचिब रो पुष्प कमल पौडेलले कार्यक्रमको संचालन गर्नु भएको थियो।
सोही दिन श्री रामकोश फुलबारी मा.वि पुतलीबजार स्याङ्गजा का सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई हाईजेनिक किट ब्याग पनि वितरण गरीएको थियो।वितरित सामाग्रीहरु खरिदमा रो विन्दु कोइराला सुवेदी,काशी सुवेदी,नेपाल मण्डला बुक सप,नारायण शर्मा,नोबल इस्टिच्युट,मल्ल ईम्पोरियम लगाएतले आर्थिक सहयोग गर्नुभएको थियो।रोटरी क्लब अफ पोखरा न्युरोडको वार्षिक कार्यक्रम अनुसार उक्त सामाग्रीहरु विभिन्न स्कुलहरुमा करिब एक हजार थान वितरण गरिने जानकारी सचिव पुष्प कमल पौडेलले दिनुभयो।  

Saturday, August 17, 2013

सवारी दुर्घट्ना-Car Accident

    मिति २०७०/५/१ गते ५:३० बजेको समयमा जि. कास्की हेम्जा ६ मझघर्ती स्थित पोखराबाट बाग्लुङ्ग तर्फ गईरहेको लु.अ.अ. ५३३१ नं.को कारले जि. म्याग्दी घर भई हाल हेम्जा ६ बस्ने वर्ष १० को अमृत श्रीपालीलाई ठक्कर दिंदा निजको बायाँ खुट्टामा चोट  लागेकोमा तत्काल उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा मणिपाल शिक्षण अस्पतालमा उपचार हुन नसकि थप उपचारको लागि काठमाण्डौ रिफर गरेको । चालक र कार प्रहरी नियन्त्रणमा रहेको । अनुसन्धान कारवाही भईरहेको छ ।

मिति २०७०/५/१ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
 District Police Office Kaski, Pokhara