Sunday, August 25, 2013

चोरी गरी लगेको मोटरसाईकल फेला परेको / फरार रहेका अभियूक्तहरु पक्राउ

१)    २०६९।१२।२७गते राती ९:४५ बजेको समयमाजि. कास्कीपोखरा ६ लेकसाईड ओजन डिस्को अगाडि पोखरा ८ नयाँबजार बस्ने हिमाल गुरुङ्गलाई बियरको बोतलले टाउकोमा प्रहार गरी सख्त घाईते तुल्याई फरार रहेकाजि. कास्कीपोखरा ३ नदीपुर बस्ने वर्ष २१ को भाई कुन्जे भन्ने विश्वास गुरुङ्गलाई खोजतलास गर्दै जाँदा मिति २०७०।५।७ गते लेकसाईडबाट पक्राउ गरि अनुसन्धान कारवाही भईरहेको छ ।
२)    पोखराको लेकसाईडमा खुकुरी प्रहार गरी फरार रहेका पोखरा १५ नयाँगाउँ बस्ने वर्ष १६ को सक्षम गुरुङ्गलाई मिति २०७०।५।८ गते घले चोकबाट पक्राउ गरी कारवाही अनुसन्धान भईरहेको छ ।

चोरी गरी लगेको मोटरसाईकल फेला परेको

१)    मिति २०७०।५।८ गते २२:३० बजेको समयमा ग.५.प. ५१७३ नं. को १२५ सिसि को होण्डा साईन मोटरसाईकल आदर्श समाज राष्ट्रिय दैनिकको कार्यालयबाट हराएकोमा खोजतलास गर्दै जाँदामिति २०७०।५।९ गते बिहान विरौटा स्थित शिसु निकेतन स्कूलको चौरमा वेवारिसे अवस्थामा फेला परेको छ । मोटरसाईकल चोर्ने मानिसको सम्बन्धमा खोजतलास एवं अनुसन्धान भईरहेको छ ।

२)    मिति २०७०।५।६गते बेलुका जि. कास्की पोखरा १५ स्यानी पाटनमा आफनै घर कम्पाउण्डको तालाफोरी ग.८.प.३०८२ नं.को डिपो स्कुटर हराएको भनि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ प्रहरीको सक्रियताको साथ खोजतलास गर्दै जाँदा मिति २०७०।५।८ गते पोखरा महतगौडा भन्ने स्थानमा फेलापारी सम्बन्धित स्कूटर धनी रामबहादुर मल्ललाई बुझाईएको । स्कूरटर चोरी गर्ने व्यक्तिको खोजतलास एवं अनुसन्धान कार्य भईरहेको छ ।

मिति : २०७०।५।९गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की । 
District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.