Thursday, August 15, 2013

सवारी दुर्घटना-Vehicle Accident Bhalam,Kaski


    आजमिति २०७०/४।३१ अं. १२:४० बजेको समयमा जि. कास्की भलाम गा.वि.स.को वडा नं. १ स्थित भलाम देउराली भन्ने स्थानमा विदेशी नागरिकहरु आई भलाम गा.वि.स.  स्थित रहेको भलाम प्रा.वि.मा आर्थिक सहयोग सम्बन्धी कार्यक्रम गरी एै. वार्ड स्थित रहेको हरिहर गुफामा गई कार्यक्रम तथा दर्शन गर्ने भनि महेन्द्र उ.मा.वि. भलामले भाडामा लिई स्कूल प्रयोजनको लागि चलाउँदै आएको ग.१.ख. ४३३० नं. को बसमा जाँदै गरेको अवस्थामा भलामको देउराली भन्ने स्थानको उकालोमा अचानक सडकमा पल्टिन गई दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका ६ जना नेपाली, ३ जना मलेसियन, ३ जना ताईवानी, ११ जना थाईल्यान्ड नागरिक समेत गरी २३ जना मानिसहरु घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।
घाईतेहरुको नामावली :
नेपाली-Nepalese
१)    का.म.न.पा. ३५ घर हुने वर्ष ४५ को दिपकलाल पराजुली
२)    कास्कीभलाम १ बस्ने वर्ष ५० किछलिया कार्की
३)    पोखरा ६ बैदामबस्ने वर्ष ७५ किगोमा पहारी
४)    कास्कीभलाम १ बस्ने वर्ष ७३ किलोक कुमारी बस्नेत
५)    जि. ओखलढुंगा घर भएकावर्ष ३७को प्रकाश भण्डारी
६)    पोखरा १ बगर बस्ने वर्ष ४२ को क्षेत्र बहादुर बराल
थाईल्याण्डनागरिकहरु -Thailand:
    1)      NUCHA- NUND , 56 YEARS.  - FEMALE.     
    2)      PHONGWUTKASESOM, 51 YEARS. - MALE
    3)      STRIMAH, THANGSOY, 42 YEARS - FEMALE
    4)      KAMON WAN FAELEE , 59 YEARS, FEMALE
    5)      SIRIMASTHONGHOY , 42 YEARS, FEMALE
    6)      DHOLTHITGUANJITHTYRESUK, 65 YEARS - FEMALE
    7)      LUEANGWORATHAN - 65 YEARS, - FEMALE
    8)      RUGIRA  - 58 YEARS - FEMALE
    9)      NACINTIDNET,- 60 YEARS - FEMALE
  10)  NONAYUNA - 55 YEARS - FEMALE
  11)  DUANGTRONCHOLLASTI - 32 YEARS - FEMALE

ताईवानीनागरिकहरु-Taivani :

   1)      CHOUHHINHHIONG - 54 YEARS - MALE
   2)      CHENG JEN HURI - MALE
   3)      CHENLI CHEN - 57 - FEMALE

मलेशियननागरिकहरु -Malaysian:
   1)      LEE CHOW SIN - 40 YEARS - FEMALE.
   2)      SEE - LNG GUAN - 50 YEARS - MALE
   3)      LUCHANUNT - 56 YEARS - FEMALE
मिति :२०७०/४/३१गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की

Wednesday, August 14, 2013

विभिन्न स्थानबाटचोरी गर्ने पक्राउ-Thieves Arrested Pokhara

१)    मिति २०७०/४/३० गते बिहान अं. ०१:२५ बजेको समयमा न्यूरोड स्थित कुमारी बैंकको गल्लीबाट चोरी गर्न शटर फुटाउने प्रयास गरेको अवस्थामा ३ जनालाई सोही स्थानबाट पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
२)    मिति २०७०।४।३० गते ००ः३५ बजेको समयमा पोखरा ११ रानीपौवा स्थित दुर संचार अगाडि रहेको किनारा पसलमा काठको फ्लेकउप्काई भित्र पसी सामान तथा पैसा चोर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको चोरी नियन्त्रण विशेष टोलीले १ जना चोरलाई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
३)    मिति २०७०/४/३० गते ००ः१५ बजेको समयमा पोखरा १३ स्थित चापापानीमा १ जना व्यक्ति घर भित्र पसी चोरी गर्न लागेको अवस्थामा स्थानियले फोन गरी जानकारी दिना साथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको चोरी नियन्त्रण विशेष टोली खटिई गई पक्राउ गरी अनुसन्धान कारवाही भईरहेको छ ।
४)    विगतमा विभिन्न चोरीमा संलग्न रहीकारवाहीको लागि कारागारमा थुनामा रहीकैद भुक्तान गरी निस्केको सुनिल परियार पुनःजाल्पा रोडमा चोरी गर्न लागेको अवस्थामा मिति २०७०।४।३० गते पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।

मिति: २०७०।४।३०गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara

Sunday, August 11, 2013

रोटरी क्लब अफ पोखरा न्यूरोडद्घारा छात्रा शौचालय निर्माण सम्मन्न -Handover Program of Girls Toilet constructed by Rotary Club of Pokhara Newroad

रोटरी क्लब अफ पोखरा न्यूरोडद्घारा पोखरा उप महानगरपालिका वडा नं १७ स्थित पार्दी उच्च माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माण सम्मन्न गरी विशेष समारोहका बिच श्रावण २६ गते शनिवारको दिन हस्तान्तरण गरेको छ। निर्माण कार्यमा सहयोग गर्ने सँघ सँस्थाहरुमा रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल— भुटान,कम्युनिटी डेभलपमेण्ट एण्ड रिलिफ एजेन्सि—¬सेड्रा नेपाल,बाबा फाउण्डेशन नेपाल र पार्दी उ मा वि रहेका छन। उक्त समारोहमा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष रो सुबास सिग्देलले शौचालयको साँचो पार्दी उच्च मा वि व्यवस्थापन समितिका अध्यक्ष नविन बराल एवं प्राचार्य केदार नाथ बास्तोलालाइस्तान्तरण गर्नु भयो।
उक्त कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष रो सुबास सिग्देल,सँस्थापक अध्यक्ष रो रवी प्रसाद बराल,निबर्तमान अध्यक्ष रो शिवलाल मल्ल,प्रस्तावित ईनरव्हिल क्लब अफ न्यूरोड पोखरा का अध्यक्ष निर्मला मल्ल,सिनियर रोटरियन विनोद चन्द्र बराल,रोटरी डिष्ट्रिक्ट ३२९२ जोन १७ का सहायक गभर्नर रो दिनेश शंकर पालिखे,रोटरीयन चिनु रानाभाट,पार्दी उच्च मा वि व्यवस्थापन समितिका का अध्यक्ष नविन बराल, प्राचार्य केदार नाथ बास्तोला,छात्रा रोजिना के सी ले छात्रा शौचालयको आवश्यकताको पूर्ति भएको र यसले विशेषत छात्राहरुको शिक्षामा सकारात्मक प्रभाव पार्ने भनाई राख्नु भएको थियो। कार्यक्रममा बाबा फाउण्डेशन नेपालका अध्यक्ष एवं क्लबका प्रेसिडेण्ट इलेक्ट रो दिलिपराज श्रेष्ठले स्वागत मन्तव्य,शौचालय निर्माण समितिका संयोजक एवं क्लबका उपाध्यक्ष रो राजकुमार गुरुङ्गले धन्यवाद ज्ञापन र क्लबका सचिब रो पुष्प कमल पौडेल ले कार्यक्रमको संचालन गर्नु भएको थियो ।


Saturday, August 10, 2013

सामुदायिक सेवा केन्द्र एवं सामुादायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको तेहौं साधारण सभा एवं सातौं अधिवेसन सम्पन्न


पोखरा, २६ श्रावण
सामुदायिक सेवा केन्द्र एवं सामुादायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको तेहौं साधारण सभा एवं सातौं अधिवेसन आज केन्द्रकै सभाहलमा सम्पन्न भयो ।
कार्यक्रमको उद्रद्धाटन गर्दै प्रमुख अतिथि प्रहरी उपरिक्षक केदार रिजालले पोखरामा रहेका ६ वटा सामुदायिक सेवा मध्ये पृथ्वीचोक सामुदायिक सेवा केन्द्र बसपार्कमा रहेकाले पनि बसपार्क वरपर हुने विकृति विसंगतिलाई न्यूनीकरण गर्न र उक्त क्षेत्रको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अव नयाँ चयन हुने कार्य समितिले पनि यस कार्यलाई निरन्तरता दिने अपेक्षा गर्दै उक्त कार्यको लागि नेपाल प्रहरीको सहयोग सधै रहने कुरा व्यक्त गर्नु भयो ।
 कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार डा.दिलबहादुर क्षेत्री, कानूनी सल्लाहकार अधिवक्ता जगन्नाथ ढकाल, जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर श्रेष्ठ, मानव अधिकार कर्मी टेकनाथ बराल, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, बैदामका अध्यक्ष पम्फा पहारी, प्रहरी निरीक्षक विनी महादेव पौडेल लगायतका व्यक्तिहरुले शुभकामना दिनुभएको थियो । अधिवेशनमा कोषाध्यक्ष जयराम अधिकारीले आर्थिक र महासचिव एकबहादुर कार्कीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष निलबहादुर के.सी.ले स्वागत मन्तव्य र सचिव धर्मदत्त आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।
 उक्त अधिवेशनले चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, सचिव जयराम अधिकारी, सह– सचिव धर्मदत्त आचार्य, कोषाध्यक्ष विपीन अधिकारी, सदस्यहरु निल बहादुर के.सी., एक बहादुर कार्की, कल्पना बराल, शान्ति राणा, सुरेन्द्र श्रेष्ठ, उर्मिला भट्टराई, देवीलाल श्रेष्ठ, मिमलाल श्रेष्ठ, निरञ्जन बजिमय, गंगाराज पौडेल समेत गरी १५ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मत चयन गर्यो ।

Friday, August 9, 2013

बेताल नेटद्वारा पोखरा बृद्धाश्रमलाई सहयोग

 
पोखरा २५, श्रावण ।
पोखरामा हालै स्थापना गरिएको बेताल नेटवर्क प्रालि ले शुक्रबार बाट आफ्नो औपचारिक सुरुवात गरेको छ । पोखरामा उच्च गतिको ईण्टरनेट सेवा दिने उद्धेस्यले स्थापित उक्त कम्पनीले पोखराको सीतापाईलास्थित बृद्धाश्रमका बृद्ध–बृद्धाहरुलाई फलफूल तथा खाद्यान्न सामाग्री वितरण गरेर आफ्नो औपचारिक सुरुवात गरेको हो । सो अवसरमा ५० हजार बराबरको दाउरा तथा खाद्यान्न सामाग्री बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई हस्तान्तरण गरिएको कम्पनीका सञ्चालक अध्यक्ष रविन सुवेदीले जानकारी दिनुभयो । उक्त सामाग्री ग्रहण गर्दै बृद्धाश्रमका अध्यक्ष पराजुलीले विगतमा पानीको समस्या हुँदा दाताहरुले यसरी नै उपलब्ध गराएको सहयोगको स्मरण गर्दै यतिबेला भोजन तयार पार्नका लागि दाउराको अत्यन्तै खाँचो परेको अवस्थामा कम्पनीले प्रदान गरेको २० क्विण्टल दाउराले ठूलो सहयोग गरेको बताउनुभयो । सो अवसरमा बोल्दै कम्पनीका सञ्चालक सदस्य डम्बर थापाले आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने बताउनुभयो ।
    कम्पनीले शुक्रबार बाट नै पोखरा, विरगंज र महेन्द्रनगरमा एकैसाथ अत्याधुनिक प्रविधिद्वारा उच्च गतिको इण्टरनेट सेवा सुरु भएको जनाएको छ । पोखरामा अन्य इण्टरनेट प्रदायकको तुलनामा फाईबर र वायरलेस प्रविधिमा आधारित उत्कृष्ठ सेवा दिने कम्पनीको दावी छ । ‘‘फर रिलायबल एण्ड अफोर्टेवल ईण्टरनेट सर्भिस” नारा दिईएर सुरु भएको कम्पनीमा पोखराका जुझारु यूवाहरुको करिब १ करोड लगानी रहेको छ । कम्पनीको मुख्य  कार्यालय पोखराको सृजनाचोकमा रहेको छ ।