Saturday, August 10, 2013

सामुदायिक सेवा केन्द्र एवं सामुादायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको तेहौं साधारण सभा एवं सातौं अधिवेसन सम्पन्न


पोखरा, २६ श्रावण
सामुदायिक सेवा केन्द्र एवं सामुादायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको तेहौं साधारण सभा एवं सातौं अधिवेसन आज केन्द्रकै सभाहलमा सम्पन्न भयो ।
कार्यक्रमको उद्रद्धाटन गर्दै प्रमुख अतिथि प्रहरी उपरिक्षक केदार रिजालले पोखरामा रहेका ६ वटा सामुदायिक सेवा मध्ये पृथ्वीचोक सामुदायिक सेवा केन्द्र बसपार्कमा रहेकाले पनि बसपार्क वरपर हुने विकृति विसंगतिलाई न्यूनीकरण गर्न र उक्त क्षेत्रको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अव नयाँ चयन हुने कार्य समितिले पनि यस कार्यलाई निरन्तरता दिने अपेक्षा गर्दै उक्त कार्यको लागि नेपाल प्रहरीको सहयोग सधै रहने कुरा व्यक्त गर्नु भयो ।
 कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार डा.दिलबहादुर क्षेत्री, कानूनी सल्लाहकार अधिवक्ता जगन्नाथ ढकाल, जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर श्रेष्ठ, मानव अधिकार कर्मी टेकनाथ बराल, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, बैदामका अध्यक्ष पम्फा पहारी, प्रहरी निरीक्षक विनी महादेव पौडेल लगायतका व्यक्तिहरुले शुभकामना दिनुभएको थियो । अधिवेशनमा कोषाध्यक्ष जयराम अधिकारीले आर्थिक र महासचिव एकबहादुर कार्कीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष निलबहादुर के.सी.ले स्वागत मन्तव्य र सचिव धर्मदत्त आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।
 उक्त अधिवेशनले चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, सचिव जयराम अधिकारी, सह– सचिव धर्मदत्त आचार्य, कोषाध्यक्ष विपीन अधिकारी, सदस्यहरु निल बहादुर के.सी., एक बहादुर कार्की, कल्पना बराल, शान्ति राणा, सुरेन्द्र श्रेष्ठ, उर्मिला भट्टराई, देवीलाल श्रेष्ठ, मिमलाल श्रेष्ठ, निरञ्जन बजिमय, गंगाराज पौडेल समेत गरी १५ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मत चयन गर्यो ।

No comments:

Post a Comment

Please, comment about this article.