Tuesday, June 18, 2013

फरार प्रतिवादीहरु पक्राउ

१)    मिति २०६९/८/१ गते राती १२:०० बजेको समयमा जि. कास्की पोखरा ९ नयाँबजार स्थित सम्मर थापा र उज्जवल थापालाई डम्बर गुरुङ्ग समेत ८/९ जनाले धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई फरार रहेका प्रतिवादीहरु मध्ये जि. कास्की पोखरा १० रामबजार बस्ने पप्पु भन्ने डम्बर गुरुङ्गलाई मिति २०७०/३/२ गते पक्राउ गरी कारवाहीको लागि अदालतमा पेश गरिएकोमा पूर्पक्षको लागि कारागार थुनामा गएको छ ।
District Police Office Kaski, Pokhara. 

सिग्देलको स्वास्थ्य लाभको कामना


पोखरा समाचारदाता 
पोखरा, असार ४ गते । नेपाल प्रेस युनियनका क्षेत्रीय संयोजक रमेश पौडेलले आज एक प्रेश विज्ञत्ति प्रकाशित गरी प्रेश युनियन स्याङजा शाखाका सभापति श्री कृष्ण सिग्देलको शीघ्र स्वास्थ्य लाभको कामना गनु भएको छ ।

स्याङजा जिल्लाको प्रत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देल विगत चार दिनदेखि नशा सम्बन्धी रोगबाट विरामी भई आफ्नै निवासमा उपचार गरिरहनु भएको छ । उहाँको उपचारमा संग्लन चिकित्सक डा. भुपेन्द्र के.सी. का अनुसार डाँडमा नशा च्यापीएकाले पूर्ण रुपमा आराम गरी बस्नुपर्ने र दश दिनसम्म पनि आराम नभएमा डाँडकै अपरेशन गनुपर्ने छ ।
सभापति सिग्देल स्याङजाबाट प्रकाशित हुने सत्यवाणी साप्ताहिकका सम्पादन हुनुहुन्छ भने सगरमाथा टेलिभिजन, राजधानी दैनिक र पोखराबाट प्रकाशित पोखरा पत्रसँग समेत आवद्ध हुनुहुन्छ ।

Tuesday, June 11, 2013

ज्यान मार्ने उद्योगमा संलग्न व्यक्तिहरु पक्राउ

    
 मिति २०७०।२।२५ गते राती अं. १२ बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ४ सिमलटार बस्ने वर्ष ६० को बुद्धि बहादुर बि.क.आफनो छोरीको घर ले.न.पा. २ ईश्वर मार्गमा गएको अवस्थामा ले.न.पा. २ रिठेठेपानी बस्ने अं. वर्ष २१ को मिलन बि.क., एै.एै. बस्ने वर्ष  २२ को गोविन्द बि.क., एै.एै. बस्ने वर्ष १९ को विजय बि.क., एै.एै. बस्ने वर्ष १९ को मनोज बि.क. समेतले कुटपिट घाईते तुल्याई सोही स्थानमा रहेको सेती नहरको खोंचमा फाली फरार रहेका उल्लेखित व्यक्तिहरुलाई आज मिति २०७०।२।२७ गते पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरी अनुसन्धान कारवाही भईरहेको छ भने निज घाईतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।
मिति :२०७०।२।२७ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
 

अपहरण मुद्धामा संलग्न थप पक्राउ


    मिति २०७०।२।७ गते पोखरा न्यूरोड स्थित डल्फिन डेन्टल केयर सेन्टर अगाडिबाट  वर्ष ४८ का भोलाजंग सुवेदीलाई अपहरण गरी शरिर बन्धक बनाएको मुद्धाको अनुसन्धानको सिलसिलामा उक्त घटनामा तत्काल संलग्न रही फरार रहेका अभियूक्तहरु मध्ये कास्की जिल्ला मिजुरेडाँडा ५ मुगी घर भई हाल पोखरा ८ बगालेटोलमा बस्ने वर्ष ३३ को तेज बहादुर गुरुङ्गलाई मिति २०७०।२।२५ गते पक्राउ गरी उक्त अपहरण तथा शरिर बन्धक मुद्धामा म्याद थप गरी अनुसन्धान कारवाही भईरहेको छ ।
    साथै उक्त अपहरणको घटनामा  भोलाजंग सुवेदीको बारेमा सूचना दिने तथा अपहरणको घटना पश्चात 

मानव वेचविखनमा संलग्न पक्राउ

    जिल्ला नवलपरासी घर भई हाल पोखरा २ बाग्लुङ्गबसपार्क स्थित प्रतिक्षा खाजा घर (रेष्टुरेण्ट)का संचालक वर्ष ४० का मदनसेन ठकुरीले हाल नाम परिवर्तित पोखरा थ लाई गैह् कानूनी रुपमा  जवरजस्ती यौन व्यवसायमा संलग्न गराएको भनि पीडित पोखरा थ ले यस कार्यालयमा दिएको जाहेरीको दरखास्तको आधारमा मदन सेन ठकुरीलाई पक्राउ गरि मानव वेखचविखन तथा ओसार पसार मुद्धा दर्ता गरी  अनुसन्धान कारवाही भईरहेको छ ।
    साथै निज मदन सेन ठकुरीले विगत लामो समय देखि नै विभिन्न ग्रामिण क्षेत्रबाट आएका तथा समस्यामा परेका सोझा साझा