Tuesday, June 11, 2013

मानव वेचविखनमा संलग्न पक्राउ

    जिल्ला नवलपरासी घर भई हाल पोखरा २ बाग्लुङ्गबसपार्क स्थित प्रतिक्षा खाजा घर (रेष्टुरेण्ट)का संचालक वर्ष ४० का मदनसेन ठकुरीले हाल नाम परिवर्तित पोखरा थ लाई गैह् कानूनी रुपमा  जवरजस्ती यौन व्यवसायमा संलग्न गराएको भनि पीडित पोखरा थ ले यस कार्यालयमा दिएको जाहेरीको दरखास्तको आधारमा मदन सेन ठकुरीलाई पक्राउ गरि मानव वेखचविखन तथा ओसार पसार मुद्धा दर्ता गरी  अनुसन्धान कारवाही भईरहेको छ ।
    साथै निज मदन सेन ठकुरीले विगत लामो समय देखि नै विभिन्न ग्रामिण क्षेत्रबाट आएका तथा समस्यामा परेका सोझा साझा
महिलाहरुलाई डर, धाक धम्की दिई, ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती रुपमा महिलाहरुलाई यौन व्यवसायमा लाग्न बाध्य बनाई लाखौ आर्जन गरेको भन्ने पहिला देखि नै सूचना प्राप्त हुन आएको र निज फरार रहँदै आएकोमा Most Wanted को सूचीमा राखी खोजतलास भईरहेकोमा मिति २०७०।२।२४ गते पक्राउ गरिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.