Tuesday, June 18, 2013

सिग्देलको स्वास्थ्य लाभको कामना


पोखरा समाचारदाता 
पोखरा, असार ४ गते । नेपाल प्रेस युनियनका क्षेत्रीय संयोजक रमेश पौडेलले आज एक प्रेश विज्ञत्ति प्रकाशित गरी प्रेश युनियन स्याङजा शाखाका सभापति श्री कृष्ण सिग्देलको शीघ्र स्वास्थ्य लाभको कामना गनु भएको छ ।

स्याङजा जिल्लाको प्रत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देल विगत चार दिनदेखि नशा सम्बन्धी रोगबाट विरामी भई आफ्नै निवासमा उपचार गरिरहनु भएको छ । उहाँको उपचारमा संग्लन चिकित्सक डा. भुपेन्द्र के.सी. का अनुसार डाँडमा नशा च्यापीएकाले पूर्ण रुपमा आराम गरी बस्नुपर्ने र दश दिनसम्म पनि आराम नभएमा डाँडकै अपरेशन गनुपर्ने छ ।
सभापति सिग्देल स्याङजाबाट प्रकाशित हुने सत्यवाणी साप्ताहिकका सम्पादन हुनुहुन्छ भने सगरमाथा टेलिभिजन, राजधानी दैनिक र पोखराबाट प्रकाशित पोखरा पत्रसँग समेत आवद्ध हुनुहुन्छ ।

No comments:

Post a Comment

Please, comment about this article.