Tuesday, June 11, 2013

मानव वेचविखनमा संलग्न पक्राउ

    जिल्ला नवलपरासी घर भई हाल पोखरा २ बाग्लुङ्गबसपार्क स्थित प्रतिक्षा खाजा घर (रेष्टुरेण्ट)का संचालक वर्ष ४० का मदनसेन ठकुरीले हाल नाम परिवर्तित पोखरा थ लाई गैह् कानूनी रुपमा  जवरजस्ती यौन व्यवसायमा संलग्न गराएको भनि पीडित पोखरा थ ले यस कार्यालयमा दिएको जाहेरीको दरखास्तको आधारमा मदन सेन ठकुरीलाई पक्राउ गरि मानव वेखचविखन तथा ओसार पसार मुद्धा दर्ता गरी  अनुसन्धान कारवाही भईरहेको छ ।
    साथै निज मदन सेन ठकुरीले विगत लामो समय देखि नै विभिन्न ग्रामिण क्षेत्रबाट आएका तथा समस्यामा परेका सोझा साझा

Friday, June 7, 2013

ज्यान मार्ने मुद्धाका प्रतिवादी पूर्पक्षको लागि थुनामा


    मिति २०७०/०१/२४ गते ८:०० बजेको समयमा पोखरा १० उत्तमचोकमा पोखरा १० बुद्धचोक बस्ने वर्ष १६ को सचिन के.सी., एै. बस्ने वर्ष १६ को समिर साही, एै. बस्ने वर्ष १८ को टाईगर विकल्प गुरुङ्ग, एै. बस्ने वर्ष १९ को शैलेश बानिया, एै. बस्ने वर्ष १६ को मिलन थापा, नवलपरासी दुम्कीवास ७ बस्ने वर्ष १६ को खड्क बहादुर बानिया समेतले धारिलो हतियार खुकुरी प्रहार गरी पोखरा १० बस्ने वर्ष २० को प्रकाश गुरुङ्गलाई घाईते बनाएको घट्नामा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी यस कार्यालयबाट अनुसन्धान थालिएकोमा सम्पूर्ण अनुसन्धान पश्चात सम्मानित जिल्ला अदालतमा पेश हुँदा अदालतको आदेशले शैलेश बानिया, विकल्प गुरुङ्ग, समिर शाही  पूर्पक्षको लागि थुनामा गएको, सचिन के.सी. बालसुधार गृहमा पठाईएको छ भने  मिलन थापा र खडक् ब. बानिया धरौटी राखी तारेखमा छुटेको ।
मिति ः २०७०/२/२४ गते
जिल्ला प्रहरी कार्यालय, कास्की

अपहरण तथा शरिर बन्धक मुद्धाका प्रतिवादी पूर्पक्षको लागि थुनामा

    व्यापारिक संस्था तथा मोडलिङ्गका लागि महिला कामदारको आवश्यकता परेको भनि पत्रिकामा विज्ञापन प्रकाशित गरी होटलमा लगी डर, त्रास, धाक धम्की देखाई सुनका गरगहनाहरु समेत लुटने तथा अन्य त्यस्तै प्रकारको विभिन्न घट्नामा संलग्न रही फरार रहेको जि. काभ्रे चचाँल गणेशस्थान गा.वि.स. वडा नं. ६ घर भई मकवानपुर हेटौडा ९ सिमेण्ट टोल बस्ने वर्ष ३१ को पुष्कर खड्कालाई मिति २०७०/१/२५ गते काठमाण्डौबाट पक्राउ गरी यस कार्यालयमा ल्याई अनुसन्धान थालिएकोमा सम्पूर्ण अनुसन्धान पश्चात सम्मानित जिल्ला अदालत कास्कीमा पेश हुँदा अदालतको आदेशले पूर्पक्षको लागि थुनामा गएको छ ।

 जिल्ला प्रहरी कार्यालय, कास्की

गुण्डागर्दी गर्ने पक्राउ-Gangster gets caught

    सर्वसाधारणलाई डर धाक धम्की दिई अवैध रुपमा रकम असुली गर्ने, ठेक्का पट्टामा गुण्डागर्दी गर्ने तथा सामाजिक विकृत्तिमा संलग्न रहेको जिल्ला कास्की पोखरा ४ कालीमाटी बस्ने वर्ष २५ को सुजित मुल्मीलाई मिति २०७०/२/१९ गते पोखराको मुस्ताङ्गचोकबाट  पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की

लागू औषध कारोवार गर्ने पक्राउ

 जिल्ला मनवानपुर कालीकाटार गा.वि.स. वडा नं. ८ – लिक्चे घर भई पोखरामा बस्ने वर्ष ३० को रामसिंह मोक्तानले पोखरा नगर क्षेत्र भित्र लागू औषध ओसार पसार तथा विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७०/०२/२३ गते पोखरा पृथ्वीचोकमा निजलाई फेला पारी शरिर खानतलासी लिने क्रममा निजको साथबाट नर्फिन १०० थान, डाईजापाम १०० थान, फेनेरागन ईन्जेक्स १०० थान सहित पक्राउ गरी लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहको छ ।
    साथै जि. कास्की पोखरा १२ सितलादेवी बस्ने वर्ष ३० को चेतमान गुरुङ्ग, पोखरा पृथ्वीचोक बस्ने वर्ष २३ को सुमिन मगर एै.एै. बस्ने वर्ष २३ को सुनिल पाठकको साथबाट मिति २०७०/२/१३ गते लेखनाथ न.पा. ३ बुढीबजारमा चेकजाँच गर्ने क्रममा ग.१.ज. ३४३९ नं. को ट्याक्सीमा लुकाई छिपाई ल्याएको ९६ थान फेनेरागन, ९६ थान नर्फिन र ९६ थान डाईजापाम सहित पक्राउ परेको घट्नाको समेत डिलर सोही रामसिंह मोक्तान रहेको अनुसन्धानबाट खुल्न आएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की