मिति २०७०/०१/२४ गते ८:०० बजेको समयमा पोखरा १० उत्तमचोकमा पोखरा १० बुद्धचोक बस्ने वर्ष १६ को सचिन के.सी., एै. बस्ने वर्ष १६ को समिर साही, एै. बस्ने वर्ष १८ को टाईगर विकल्प गुरुङ्ग, एै. बस्ने वर्ष १९ को शैलेश बानिया, एै. बस्ने वर्ष १६ को मिलन थापा, नवलपरासी दुम्कीवास ७ बस्ने वर्ष १६ को खड्क बहादुर बानिया समेतले धारिलो हतियार खुकुरी प्रहार गरी पोखरा १० बस्ने वर्ष २० को प्रकाश गुरुङ्गलाई घाईते बनाएको घट्नामा संलग्न प्रतिवादीहरुलाई पक्राउ गरी यस कार्यालयबाट अनुसन्धान थालिएकोमा सम्पूर्ण अनुसन्धान पश्चात सम्मानित जिल्ला अदालतमा पेश हुँदा अदालतको आदेशले शैलेश बानिया, विकल्प गुरुङ्ग, समिर शाही पूर्पक्षको लागि थुनामा गएको, सचिन के.सी. बालसुधार गृहमा पठाईएको छ भने मिलन थापा र खडक् ब. बानिया धरौटी राखी तारेखमा छुटेको ।
मिति ः २०७०/२/२४ गते
जिल्ला प्रहरी कार्यालय, कास्की
