मिति २०७०/२/१२ गते अं. ०८:०० बजेको समयमा जिल्ला कास्की पोखरा ८ सिमलचौरमा सृजनाचोकबाट राष्ट्रबैंकचोक तर्फ जाँदै गरेको ग.८.प. २४०३ नं. को मोटरसाईकल र विपरित दिशा बाट आउँदै गरेको ग.३.प. ७५३१ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला बारा बेल्दारी ६ घर भई हाल पोखरा ८ बगालेटोल बस्ने वर्ष २८ को गुल्तेन महतो नुनिया घाईते भई उपचारको लागि गण्डकी अस्पताल हुँदै मणिपाल शिक्षण अस्पतालमा पु¥याई उपचारको क्रममा एै. १०:०५ बजेको समयमा मृत्यु भएको, दुवै सवारी साधन र स्कूटर चालक पोखरा १ बगर बस्ने वर्ष ५६ को प्रेम पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कारवाही भईरहेको छ ।
Sunday, May 26, 2013
Saturday, May 25, 2013
सडक अवरोध गर्ने प्रर्दशनकारी पक्राउ-
मिति २०७०/१/२९ गते जिल्ला कास्की ले.न.पा. १३ स्थित पृथ्वीराजमार्गको लामेअहाल भन्ने स्थानमा चालक सन्त बहादुर गुरुङ्गले चलाएको ग.१.ख. ३४३८ नं. को ट्रकको ठक्करबाट बा.४.च. ६२३३ नं. को कारमा सवार ले.न.पा. ४ बस्ने वर्ष ३५ का अनंगम राज तिमिल्सेनाको मृत्यु भई उक्त कारमा सवार अन्य ३ जना व्यक्तिहरु घाईते भएको घट्नाको सम्बन्धमा यस कार्यालयबाट ट्रक तथा चालक समेतलाई नियन्त्रणमा लिई कानून बमोजिम अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढिरहेको अवस्थामा उक्त घटनाका पीडित पक्षहरुले कानून बमोजिम बाहेक थप क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने माग राखी सडक अवरोध गरी प्रर्दशनमा उत्रिएको हुँदा अवरुद्ध सडक खुलाउने क्रममा ३७ जना महिला र ४४ जना पुरुष गरी ८१ जना प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिईएकोमा निजहरुलाई आजै साँझ छाडिएको ।
मिति: २०७०/२/११ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
Thursday, May 23, 2013
घुम्ती शिविर समाप्त
आगामी संविधान सभा निर्वाचन तयारीका लागि निर्वाचन आयोग द्धारा मिति २०७०।१।१३ गतेबाट कास्की जिल्लामा संचालन भएको एकिकृत घुम्ती सेवा तथा फोटो सहितको मतदाता नामावली संकलन एवं नागरिकता वितरण कार्य कास्की जिल्लाका ४३ वटै गा.वि.स.मा शान्तपूर्वक आज मिति २०७०।२।९ गते सम्पन्न भएको छ । उक्त कार्यक्रम अवधिभर कास्की जिल्लामा कुनै पनि बाधा अवरोध नभई ५२५१ जनालाई नागरिकता प्रमाण पत्र वितरण र ६४५९ जनाको मतदाता परिचय पत्रको लागि फोटो खिचिएको छ ।
ट्याक्टरबाट खसि मृत्यु
मिति २०७०/२/९ गते ३:४५ बजेको समयमा कृष्टि नउदी भन्ने स्थानमा पोखराबाट कृष्टि तर्फ जाँदै गरेको ग.१.त. २५८४ नं. को ट्याक्टरमा चढि गईरहेका जि. रुकुम घर भई हाल पोखरा १७ सिमलटुंडामा डेरा गरी बस्ने वर्ष ३५ को धर्म कुमार बुढा मगर ट्याक्टरबाट खसी सोही ट्याक्टरको पछाडिको चक्काले किचिन जाँदा घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक जि. ओखलढुंगा माधवपुर ६ घर भएका खिम बहादुर आले मगरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी अनुसन्धान कारवाही भईरहेको छ ।
District Police Office Kaski.
फरार अभियूक्त पक्राउ (Kidnaper gets caught in Pokhara)
मिति २०६९/०७/२४ गते जिल्ला धादिङ्ग नौविसे गा.वि.स. वडा नं. ४ बस्ने हेमलाल श्रेष्ठको घरमा नगद तथा सुनका गरगहना र मोवाईल समेत चोरी भएको घट्नामा संलग्न रही फरार रहेका जि. मकवानपुर गोगन गा.वि.स. वडा नं. ५ घर भई हाल जि. कास्की पोखरा १६ लामाचौर बस्ने वर्ष ३० को रामसिंह तामाङ्गलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले लामाचौरबाट पक्राउ गरी आजै थप अनुसन्धान एवं कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खानीखोला धादिङ्ग पठाईएको छ ।
Subscribe to:
Comments (Atom)


