Thursday, April 25, 2013

मतृभूमि उच्च मा.वि. स्याङजा सत्हु हटिया चारखुट्टेको ६० औं वार्षिकउसव सम्पन्न

 निजि क्षेत्रबाट संञ्चालित शैक्षिक संस्थाहरुले मापरि ढङ्गबाट तोकेको शैक्षिक शुल्कलाई कटैति नगरेमा सम्पूर्ण अभिभावकहरु आन्दोलनमा जाने कुरा स्याङजामा आयोजित एक शैक्षिक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
पुतलीबजार नगरपालिका सतौहटिया स्थीत मातृभूमि उच्च माध्यमिक विद्यालयको ६० औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्तहरुले शैक्षिक शुल्क लगायत पाठयपुस्तकमा हुने गरेको कालोबजारी रोक्न समेत माग गरेका छन् । सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य ध्रुव अधिकारीले सर्वोच्च अदालतको आदेशलाई समेत उल्ङ्गगन गरी आफू खुसी विद्यालयमा शुल्क बढाउने शैक्षिक संस्थामाथि कडा कारवाही गर्नु पर्ने बताउनु भयो । शुल्क व्यवस्थापन बारे शिक्षा नियामावली किनेर त्यसको पेट नम्बर ५८ को परिक्षेद २५ ले व्यवस्था गरे अनुसार गर्न गराउन अभिभावकहरु अघि सर्नु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले निजि क्षेत्रको अनियमिततालाई सरकारी क्षेत्रबाट अनुगमन गर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक खडानन्द अर्यालले विद्यालयको प्रगति प्रतिवेदन प्रेश गर्नु भयो ।
शुभकामना मन्तवय प्रकट गर्ने अन्य वक्ताहरुमा जिविसका पूर्व सभापतिहरु धन बहादुर थापा, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य देवी अर्याल लगायतका हुनुहुन्थ्यो ।

Wednesday, April 24, 2013

गुण्डागर्दी नियन्त्रणमा

१)    ठेक्कापट्टामा गुण्डागर्दी गर्न खोज्ने पक्राउ
–    मिति २०७०।१।९ गतेका दिन पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखरामा मिति २०७०।१।९ गते दिनको १२:०० बजे सम्म दर्ता भएका शिलवन्दी दरभाउ पत्र सोही दिनको १४:०० बजे खोलिने गरी टेण्डर आव्हान गरिएकोमा शिलवन्दी दरभाउ दर्ता भई रहेको अवस्थामा केही युवाहरुको समूह आई हुल हुज्जत गरी कार्यालयको हाता भित्र अनाधिकृत रुपमा प्रवेश गर्न खोज्ने तथा सडकमा होहल्ला गरी टेण्डरवालालाई बाधा पु¥याउन खोज्ने तथा ठेक्का पट्टा गर्ने ठेकेदार सँग रकम माग गर्ने र गुण्डागर्दी गर्न खोज्ने निम्न १५ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु
१)    जि. स्याङ्गजा सेतीदोभालन बस्ने वर्ष २६ को सुर्य बहादुर गुरुङ्ग
२)    जि. कास्की पोखरा १७ विरौटा बस्ने वर्ष २६ को डेभिड गुरुङ्ग
३)    जि. स्याङ्गजा मल्याङ्गकोट ३ बस्ने वर्ष ३२ को गोपाल खाँड
४)    एै. पुतलीबजार न.पा. ३ बस्ने २६ को डोल बहादुर मल्ल ।
५)    एै. पुतलीबजार न.पा. १ बस्ने वर्ष ३६ को प्रसाद गुरुङ्ग
६)    एै. फेदीखोला ८ बस्ने वर्ष ३४ को सुमन गुरुङ्ग
७)    एै. फेदीखोला ९ बस्ने वर्ष ३३ को बुद्ध गुरुङ्ग
८)    स्याङ्गजा पुतलीबजार १ बस्ने वर्ष ३२ को सफल भण्डारी ।
९)    स्याङ्गजा फेदीखोला ९ बस्ने वर्ष १९ को कृतन गुरुङ्ग
१०)    स्याङजा फेदीखोला बस्ने वर्ष २६ को विक्की गुरुङ्ग
११)    स्याङजा पुतलीबजार न.पा. १ बस्ने वर्ष ३२ को लक्ष्मण गुरुङ्ग
१२)    स्याङजा पुतलीबजार न.पा. ४ बस्ने वर्ष २२ को मादिप थापा
१३)    कास्की पोखरा ७ मुस्ताङचोक बस्ने वर्ष ३१ को विनोद गुरुङ्ग
१४)    कास्की ले.न.पा. ५ बस्ने वर्ष २६ को मनोज गुरुङ्ग
१५)    चितवन विरेन्द्रनगर १ बस्ने वर्ष ३० को राज कुमार लामा ।

२)    लागू औषध सहित मानिस पक्राउ :
क)    मिति २०७०।१।११ गते बिहान ०६:०० बजेको समयमा जि. अर्घाखाँची जुवाकोट गा.वि.स. वडा नं. ५ बस्ने वर्ष ३५ को रमेश बराल पोखरा नगर क्षेत्रमा लागू औषध विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा पोखरा १४ औधोगिक क्षेत्रबाट निजलाई नाईट्रोसन ५०० चक्की सहित पक्राउ गरि ला.औ. मुद्धा अन्र्तगत अनुसन्धान कारवाही भईरहेको छ ।


ख)    आज मिति २०७०।१।११ गते पोखरा १५ हरियोखर्क  एरियामा सार्वजनिक स्थलमा ला.औ. गाँजा सेवन गरि रहेको अवस्थामा पोखरा १५ नयाँगाउँ बस्ने वर्ष १६ को किरण गुरुङ्ग, एै. बस्ने वर्ष १६ को अनमोल आले, एै. बस्ने वर्ष १९ को एविन गुरुङ्ग, एै. बस्ने वर्ष १६ को रेशम गुरुङ्गलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।


३)    कुटपिट गर्ने पक्राउ :
–    मिति २०७०।१।११गते ११:४० बजेको समयमा पोखरा २ मिरुवामा ग.१.ज. ३३३९ नं. को माईक्रो बसको चालकलाई कुटपिट गरेको घट्नाको सम्बन्धमा संलग्न निम्न मानिसहरुलाई  पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
पक्राउ परेका व्यक्तिहरु
क)    पोखरा ११ फुलवारी बस्ने वर्ष १८ को सुजन मगर
ख)    पोखरा ३ नदीपुर बस्ने वर्ष १८ को प्रेसु पुन

४)    पोखराको विन्ध्यावासिनी, हरिचोक, बाग्लुङ्ग बसपार्क ईलाकामा गुण्डागर्दी तथा उच्छृङ्गखल क्रियाकलाप गर्न खोज्ने निम्न ६ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।
क)    पोखरा १६ दिप बस्ने वर्ष १७ को कुशल गुरुङ्ग
ख)    पोखरा १ बगर बस्ने वर्ष १७ को अविनाश कोइराला
ग)    पोखरा १ बगर बस्ने वर्ष १५ को मनोज श्रेष्ठ
घ)    पोखरा १ बगर बस्ने वर्ष १६ को श्रय गुरुङ्ग
ङ)    पोखरा १ बगर बस्ने वर्ष १७ को डेविट पुन
च)    पोखरा १ बगर बस्ने वर्ष १९ को नरेश बुढा

   

मिति:२०७०।१।११ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की



Monday, April 22, 2013

अवैध घरेलु मदिरा नष्ट गरिएको-Distroy of Alcohal in Pokhara,Nepal



यस कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत विभिन्न मितिमा धम्पुस १ फेदी, पोखरा १६ बाटुलेचौरबाट बरामद गरिएको तयारी मदिरा १५५ लिटर, मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ३०६० लिटर, मर्चा ३० के.जी. आज मिति २०७०/१/९ गते २:०० बजेको समयमा जि. कास्की पोखरा १ जौवारी भन्ने स्थानमा उक्त तयारी मदिरा र मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, मर्चा तथा मदिरा भण्डारण गर्ने भाँडा वर्तन स्थानिय मानिस, पत्रकारहरु, पोखरा उप.म.न.पा. १ वडा कार्यालयको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि र आन्तरिक राजश्व कार्यालयका प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको र मदिरा बनाउन प्रयोग गरिने भाँडा वर्तन आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पोखरामा पठाईएको छ । 

मिति : २०७०/१/९ गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की

Saturday, April 20, 2013

अवैध घरेलु मदिरा नष्ट गरिएको-Seized Local Alcohal



           यस कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत आज मिति २०७०/१/६ गते निम्न स्थानहरुबाट निम्न परिणाममा अवैध घरेलु मदिरा बरामद गरी आवश्यक अनुसन्धान भईरहेको ।
: निम्न:
१)  कास्की जिल्ला हेम्जा गा.वि.स. वडा नं. ६ फेदीबाट मदिरा बनाउन प्रयोगगरिने कच्चा पदार्थ  १४५० लिटर, ११० लिटर तयारी मदिरा र मदिरा  बनाउन   प्रयोग गरिने भाडा ५ सेट बरामद गरिएको । 
२)  पोखरा उप.म.न.पा.को नयाँबजार र शान्तिवन एरियाहरुबाट मदिरा बनाउन  प्रयोग  गरीने कच्चा पदार्थ २००० लिटर, तयारी मदिरा २०० लिटर, मदिरा  बनाउन प्रयोग गरिने भाडा ४ सेट बरामद गरिएको । 

ठगी गर्ने पक्राउ Cheater Report,Pokhara ,Nepal



ठगी गर्ने पक्राउ:

पोखराका विभिन्न पत्रपत्रिकाहरुमा कहिले मोडल चाहियो, कहिले कामदारको आवश्यकता भनी विज्ञापन प्रकाशित गरी सो अनुसार सम्पर्कमा आएका महिलाहरुलाई होटलमा बोलाई बोले कराएमा ज्यानै समेत लिने धम्की दिई सम्पर्कमा आएका महिलाहरुको  गरगहना, नगद धनमाल, मोवाईल, स्कुटर समेत लुटि महिलाहरुलाई होटलको बाथरुममा थुनी भागी हालै मात्र २ वटा घट्नामा संलग्न रही फरार रहेका कृष्ण श्रेष्ठ भन्ने पुष्कर खडकालाई काठमाण्डौमा यसै प्रकृतिको घटनामा संलग्न रहेको भनी पक्राउ परेको सूचना प्राप्त गरी यस कार्यालयबाट थप अनुसन्धान गर्दै जाँदा निजबाट नै २ जना महिलाहरुलाई लुटी फरार रहेको पिडीतहरुबाट बुझिन आएकोले निज उपर थप अनुसन्धान कारवाही भई रहेको छ । 
District Police Office Kaski,
मिति: २०७०/१/६ गते ।                                               
जिल्ला प्रहरी कार्यालय, कास्की