Monday, April 22, 2013

अवैध घरेलु मदिरा नष्ट गरिएको-Distroy of Alcohal in Pokhara,Nepal



यस कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत विभिन्न मितिमा धम्पुस १ फेदी, पोखरा १६ बाटुलेचौरबाट बरामद गरिएको तयारी मदिरा १५५ लिटर, मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ३०६० लिटर, मर्चा ३० के.जी. आज मिति २०७०/१/९ गते २:०० बजेको समयमा जि. कास्की पोखरा १ जौवारी भन्ने स्थानमा उक्त तयारी मदिरा र मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, मर्चा तथा मदिरा भण्डारण गर्ने भाँडा वर्तन स्थानिय मानिस, पत्रकारहरु, पोखरा उप.म.न.पा. १ वडा कार्यालयको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि र आन्तरिक राजश्व कार्यालयका प्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको र मदिरा बनाउन प्रयोग गरिने भाँडा वर्तन आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पोखरामा पठाईएको छ । 

मिति : २०७०/१/९ गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.