राति प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरी टोलीले छोरेपाटनमा चेकिङ्गको क्रममा स्याङजा देखि पोखरा तर्फ आई रहेको ध.१.ख. ३६२ नं. को मिनी ट्रकमा अवैध रुपमा भित्रयाईएको ६ वटा भैसी सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भैसी सहित पक्राउ मानिसहरु जिल्ला पशु सेवा कार्यालय कास्की पोखरामा पठाईएको ।
पक्राउमा परेका व्यक्तिहरु:
१) जि. स्याङ्गजा विरुवा अर्चले ३ बस्ने वर्ष ३९ को तिल बहादुर गुरुङ्ग
२) ऐ.ऐ. बस्ने वर्ष २० को मोहन राना ।
३) ऐ.ऐ. वडा नं. ५ बस्ने वर्ष ३१ को भिम बहादुर थापा
४) ऐ. पुतलीबजार न.पा. १२ राङ्गखोला बस्ने वर्ष ३६ को ईन्द्र जित थापा
लागू औषध सहित मानिस पक्राउ:
जिल्ला म्याग्दी शिखा गा.वि.स. वडा नं. २ घर भई हाल जि. कास्की पोखरा ३ नदीपुर डेरा गरी बस्ने वर्ष ३० को श्याम भन्ने रुक बहादुर तिलिजा पुनले लागू औषध विक्री वितरण गर्दछन भन्ने विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन ईकाई कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले निजको डेरा कोठामा लुकाई छिपाई राखेको अवस्थामा नर्फिन ईन्जेक्सन ४१ थान, डाईजापाम ईन्जेक्सन ३२ थान, फेनरागन ईन्जेक्सन ४५ थान सहित निजलाई पक्राउ गरी लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की


