Tuesday, October 9, 2012

Drugs लागू औषध ब्राउन सुगर र चरेस सहित मानिस पक्राउ

(क)    मिति २०६९।६।२२ गते जि. कास्की पोखरा –९ पृथ्वीचोक बसपार्कमा लागू औषध विक्री वितरण भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन ईकाई कार्यालय पोखराका प्रहरी निरीक्षक विश्वराज सिंह थापा सहितको टोलीले ब्राउन सुगर कारोवारमा संलग्न निम्न व्यक्तिहरुलाई पक्राउ गरी निजहरुको साथबाट ब्राउन सुगर ४५ ग्राम बरामद गरी लागू औषध ब्राउन सुगर मुद्धामा थप अनुसन्धान कारवाही भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. ७ चाकरचौडा बस्ने वर्ष २२ को धर्मेन्द्र कलवार । (बेच्न भनि पोखरा आएका)
२)    ऐ. फुल्का –९ अतरपरि बस्ने वर्ष २२ को विक्रम कोहार  (बेच्न भनि पोखरा आएका)
३)    जि. म्याग्दी खिवाङ्ग गा.वि.स. वडा नं. ३ घर भई पोखरा १ सिम्पानी बस्ने वर्ष ३२ को  नर बहादुर पाईजा  मगर  ( किन्ने व्यक्ति) 
(ख)    मिति २०६९।६।२२ गते जि. कास्की सराङ्गकोट एरियामा लागू औषध चरेश विक्री वितरण गर्दछन  भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट प्र.नि. भुवनेश्वर तिवारीको कमाण्डमा प्र.ना.नि. गिरीराज अर्याल सहित खटिएको प्रहरी टोलीले निम्न व्यक्तिहरुलाई लागू औषध चरेश १८६ ग्राम सहित पक्राउ गरी निजहरुलाई लागू औषध चरेश मुद्धामा अनुसन्धान कारवाही  भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. कास्की सराङ्गकोट १ बस्ने वर्ष ५२ को गोरे परियार ( श्रीमान)
२)    जि. कास्की सराङ्गकोट १ बस्ने वर्ष ४८ कि पवित्रा परियार  (श्रीमती)

प्रहरी हिरासतबाट छुटाई दिन्छु भनि झुठ्ठा आश्वासन दिई रकम असुली गर्ने पक्राउ
–    मिति २०६९/६/२१ गतेका दिन जि. गोर्खा ठुलो दरवाङ्ग ३ घर भई हाल जि. कास्की पोखरा १६ बस्ने वर्ष २५ को प्रकाश नेपालीले वडा प्रहरी कार्यालय बगर कास्कीका केही सार्वजनिक अपराध मुद्धामा अनुसन्धान भईरहेका ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने वर्ष २७ को रामु रोकालाई प्रहरी हिरासतबाट छुटाई दिन्छु भनी झुठ्ठा आश्वासन देखाई निजको श्रीमतीबाट रु. ७,०००।– (सात हजार) लिएको हुँदा निज प्रकाश नेपालीलाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.