Tuesday, October 9, 2012

Awareness/interaction Pokhara Kaskeri नागरिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

 
 सक्रिय जागरुक युवा टोली पोखरा १ कस्सेरीको आयोजना, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको सहकार्यमा, रत्ना समाज सेवा क्लव पोखरा १ कस्सेरीको सभाहलमा एक दिवसिय नागरकि सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।
सक्रिय जागरुक युवा टोली पोखरा १ कस्सेरीका अध्यक्ष श्री अमृत लामाको संयोजन तथा अध्यक्षता, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ र सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष श्री सीता गुरुङ्गको बिशेष आतिथ्यता र वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नजिकिंदै आईरहेको चाडपर्व हरुको अवसरमा शान्त र स्वच्छ समाजलाई आवश्यक पर्ने सामाजिक सुरक्षा, व्यक्तिगत सुरक्षा, दुव्र्यसनमुक्त समाज, चोरी ठगीबाट बच्ने उपायहरु, सवारी अनुशासन, चाडपर्वहरुलाई तडक भडक रहित बनाउने प्रतिबद्धता, चाडपर्वमा सुरक्षा निकायको सुरक्षा योजना लगाएतका बिषयहरुमा  आमस तामाङ्ग, गिरी प्रसाद गुरुङ्ग, टिकाराम पौडेल, चोल कुमारी पुन, भुवन तामाङ्ग, कुवेर गुरुङ्ग, टिका मगर, माया गिरी लगाएतका सहभागिहरुले आ–आफ्ना जिज्ञांसाहरु राख्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष एव्म बगरका संस्थापक अध्यक्ष श्री सीता गुरुङ्ग र वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीले सहभागिले राखेको जिंज्ञासांको जवाफ दिंदै भावि सुरक्षा योजना एवम् बिकृति बिसंगतिमुक्त चाडपर्व मनाउनको लागि राखिएका भावि कार्यक्रमहरुको वारेमा जानकारी दिनुभएको थियो ।
सक्रिय जागरुक युवा टोली पोखरा १ कस्सेरीका सचिव श्री आमस तामाङ्गले संचालन गर्नुभएको कार्यक्रममा ११५ जनाको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.