२०६९।०५।१९ गते बिहान
०५:०० बजेको समयमा पोखरा ४ गैहपाटन स्थित फिष्टेल
अस्पतालमा बिरामी कुरुवाहरुको मोवाईल चोरी गरेको भन्ने सूचनाको आधारमा
जिल्ला प्रहरी कार्यालय कास्कीबाट
खटिएको प्रहरी टोलीले जि.
तनहुँ वरभन्ज्याङ्ग २ स्थायी भएका रतन खडकालाई पक्राउ गरी ल्याईएको, निजलाई सोधपुछका क्रममा नेपाल प्रहरीको सशस्त्र
प्रहरी गण मुख्यालय पोखरामा कार्यरत रहेको प्रहरी जवान भएको भन्ने खुल्न
आएकोले निज विरुद्ध चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको,
निजको साथबाट विभिन्न कम्पनीका ४ वटा मोवाईल सेटहरु बरामद
भएको ।
