Friday, August 3, 2012

प्रगतिशील उपयोग तत्व उच्चतम दर्शन

      वर्तमान विश्व परिवेशमा आनन्द मूर्तिद्वारा प्रतिपादित प्रगतिशील उपयोग तत्वसम्बन्धी दर्शन राज्य संचालनका लागि उच्चतम शासन व्यवस्था हुन सक्ने बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।
      प्रगतिशील उपयोग तत्वसम्बन्धी दर्शन राजनीतिक व्यवस्थाको उच्चतम विकल्प हुने र यसले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा कायापलट नै ल्याउने उनीहरुको ठम्याई छ ।
      आनन्द मार्ग प्रचारक संघ नेपाल कास्कीद्वारा आयोजित प्रगतिशील उपयोग तत्व दर्शनसम्बन्धी चारदिने कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले साम्यवादी तथा पुँजीवादी दुवै शासनव्यवस्था मानिसको बौद्धिक तथा आध्यात्मिक उन्नति गर्न असफल भएकाले प्रगतिशील उपयोग तत्वसम्बन्धी दर्शनको विश्व समुदायमा आवश्यकता र महत्व दर्शिएको विचार व्यक्त गरे ।
      कार्यक्रममा बोल्दै आचार्य पुण्यासनन्दले हाल विश्वसमुदायमा व्याप्त राजनीतिक, आर्थिक तथा सामाजिक उथलपुथलको सही समाधान उपयोग तत्व सम्बन्धी दर्शनले दिने बताउनुभयो । वहाँले साम्यवादी शासनको पतन तथा पुँजीवादी शासन व्यवस्था समेत धर्मराउन थालेको वर्तमान विश्वजगतमा प्रगतिशील उपयोग सम्बन्धी दर्शन नै सर्वोत्तम शासन व्यवस्था हुने जिकिर गर्नुभयो ।
      आचार्य बशिष्ट द्विवेदीले समृद्ध र सभ्य समाजको स्थापना नै आनन्द मार्गको लक्ष्य रहेको बताउँदै दानवीय, विचार शुन्य तथा नैतिक संकटले व्याप्त मानव समुदायलाई आनन्द मार्गको पथले मात्र सत्मार्गमा डो¥याउने बताउनुभयो । आनन्द मार्ग प्रचारक संघ नेपालका केन्द्रीय अध्यक्ष मानबहादुर रानाभाट तथा कास्कीका अध्यक्ष विष्णु प्रसाद बरालले विश्व समुदायमा व्याप्त अराजकता र अस्थिरताको अन्त्यका लागि उपयोग तत्व कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
      पोखराको मासबारस्थित आनन्द मार्ग जागृत भवनमा आयोजित गोष्ठीमा नेपाल र भारतका पचासजना विद्वान तथा आचार्यहरुको सहभागिता छ । चारदिनसम्म संचालन हुने गोष्ठीमा आचार्यद्वय पुण्यासनन्द एवं बशिष्ट द्विवेदीले विभिन्न विषयमा वैचारिक प्रशिक्षण दिइरहनुभएको छ ।

Monday, July 30, 2012

Crime News फरार अभियुतहरु पक्राउ


  मिति २०६९।३।२२ गते साँझ अं. ७:३० बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ नयांबजार बस्ने अन्जना श्रेष्ठको छोरा वर्ष १६ को मनिष श्रेष्ठलाई ऐ. बस्ने ७÷८ जना व्यक्तिहरुले खुकुरी, रड लगायत अन्य हातहतियार द्धारा मरणासन्न हुने गरी कुटपिट गरी घाईते तुल्याई फरार रहेका घट्नामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा मिति २०६९।३।२७ गते फरार मध्येका अनिल घिमिरे पक्राउ परी निजले खुलाए अनुसार निम्न लिखित व्यक्तिहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चितवन जिल्ला स्थित नारायणगढ बजारबाट मिति २०६९।३।२८ गते पक्राउ गरी यस कार्यालयमा ल्याई ज्यान मार्ने उद्योग शिर्षकमा मुद्धा दर्ता गरी मिति २०६९।३।२८ गते देखि नै लागू हुने गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेकोमा आज मिति २०६९।४।१५ गते तेश्रो पटक म्याद थप गरी अनुसन्धान भईरहेको ।

निम्न :
  1.  जि. कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को प्रजल थापा ।
  2.  जि. कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को दोर्जे लामा ।
  3.  जि. कास्की पोखरा ९ नयाँबजार बस्ने शिव गुरुङ्ग ।
  4. जि. कास्की पोखरा ८ न्यूरोड बस्ने वर्ष १८ को अनिल घिमिरे ।  
  • District Police Office Kaski

A blind Person dies in a vehicle Accident.-सवारी दुर्घटनामा दृष्टिविहिनको मृत्यु


 आज मिति २०६९।४।१५ गते बिहान ०९:४५ बजेको समयमा मदरल्याण्ड उ.मा.वि. को ना.अ.जे. ७७५३ नं. को बसले जिल्ला गुल्मी बलेटक्सार घर भई हाल पोखरा ५ डेरा गरी बस्ने वर्ष २६ कि दृष्टिविहिन युवती अनिता ज्ञवालीलाई पश्र्याङ्ग चोकमा ठक्कर दिंदा गम्भिर घाईते भएकोमा उपचारको लागि चरक अस्पतालमा लैजादै गर्दा मृत्यु भएको, घट्नामा संलग्न उक्त सवारी साधनका चालक मदन रानालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

Falicitation, on the occasion of Janmasthami -जन्माष्टमीमा अभिनन्दन गरिने

जन्माष्टमी महोत्सव मूल समारोह समिति पोखराले धर्म संस्कृतिको क्षेत्रमा विशेष योगदान पु¥याउने संघसंस्था एवं विभिन्न महानुभावहरुलाई जन्माष्टमी शोभायात्रा कार्यक्रममा अभिनन्दन गर्ने भएको छ ।  अभिनन्दित हुने संघसंस्थामा बौद्ध अर्घौ सदन रामघाट र श्री गणेश गुठी सेवा समिति गणेशटोल रहेको छ । यस्तै आत्मज्ञान प्रचार संघका जवाहरलाल श्रेष्ठ, श्यामाश्याम सत्संग समितिका उपाध्यक्ष टेकन गिरी, सुखावती गुम्बाका सल्लाहकार क्या.पूर्णबहादुर गुरुङ, सिद्धाश्रम शक्ति केन्द्रका मिरा तुलाचन तालबाराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिम्मत कुँवर र सुरथेश्वर शिवालय संरक्षण समितिका अध्यक्ष मदनबहादुर खत्री क्षत्री हुनुहुन्छ ।  शोभायात्रा कार्यक्रममा पोखराका प्रमुख धार्मिक संघसंस्था, जातीय संघसंस्था, आमा समूह, भजन टोली र विद्यालय गरी ५० भन्दा बढी समूह झाँकी सहित सहभागी हुन इच्छुक रहेको र कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रगुरु महन्त चन्दननाथले धार्मिक प्रवचन दिनुहुने समितिका सचिव विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

The gatheration(conference)of Nepal gold and silver dealers Association of Western region Nepal will be held on Butwal.-नेपाल सुनचाँदी व्यवसायी संघको पश्चिमाञ्चल भेला बुटवलमा सम्पन्न

The gatheration(conference)of Nepal gold and silver dealers Association of Western region Nepal will be held on Butwal

नेपाल सुनचाँदी व्यवसायी संघको पश्चिमाञ्चल भेला बुटवलमा सम्पन्न पोखरा, १५ साउन । नेपाल सुनचाँदी व्यवसायी संघ पश्चिमाञ्चल क्षेत्रीय भेला रुपन्देही शाखाको आतिथ्यतामा बुटबलमा सम्पन्न भयो । भेला पश्चिमाञ्चल उपाध्यक्ष मोहन कुमार वि.क.को सभापतित्व र केन्द्रीय अध्यक्ष तेजरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो ।  सुनचाँदी व्यवसाय र यसमा हुने विविध समस्याहरुका बारेमा वक्ताहरुले बोल्नुभएको थियो । विशिष्ट अतिथि पूर्व कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले समस्या सबै व्यवसायमा छन् तर सुनचाँदी व्यवसायमा भएका समस्या अझ जटिल भएको र यस पेशालाई सुदृढ गर्न स्वयं व्यवसायी सकृय भएकोमा खुसी व्यक्त गर्दै आयात निर्यातमा सरकारले अहम भूमिका खेल्नुपर्छ तबमात्र हाम्रा सीपकलाको विकास हुन्छ भन्नुभयो ।