मिति २०६९।३।२२ गते साँझ अं. ७:३० बजेको समयमा जि. कास्की
पोखरा उप.म.न.पा. वडा नं. ९ नयांबजार बस्ने अन्जना श्रेष्ठको छोरा वर्ष १६ को मनिष
श्रेष्ठलाई ऐ. बस्ने ७÷८ जना व्यक्तिहरुले खुकुरी,
रड लगायत अन्य हातहतियार द्धारा मरणासन्न हुने गरी कुटपिट
गरी घाईते तुल्याई फरार रहेका घट्नामा संलग्न व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा
मिति २०६९।३।२७ गते फरार मध्येका अनिल घिमिरे पक्राउ परी निजले खुलाए अनुसार निम्न
लिखित व्यक्तिहरुलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चितवन जिल्ला स्थित
नारायणगढ बजारबाट मिति २०६९।३।२८ गते पक्राउ गरी यस कार्यालयमा ल्याई ज्यान मार्ने
उद्योग शिर्षकमा मुद्धा दर्ता गरी मिति २०६९।३।२८ गते देखि नै लागू हुने गरी
सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेकोमा
आज मिति २०६९।४।१५ गते तेश्रो पटक म्याद थप गरी अनुसन्धान भईरहेको ।
निम्न :
- जि. कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को प्रजल थापा ।
- जि. कास्की पोखरा ९ नयाँबजार बस्ने वर्ष १८ को दोर्जे लामा ।
- जि. कास्की पोखरा ९ नयाँबजार बस्ने शिव गुरुङ्ग ।
- जि. कास्की पोखरा ८ न्यूरोड बस्ने वर्ष १८ को अनिल घिमिरे ।
- District Police Office Kaski


