Thursday, July 12, 2012

पोखरा माईक्रो बस इकाईको भेला बुधबार सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पोखरा माईक्रो बस इकाईको भेला बुधबार सम्पन्न भयो ।
उक्त भेलाको प्रमुख अतिथि केन्द्रिय सदस्य तथा अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले अहिलेको जटिल अवस्थामा सम्पुर्ण पोखरा माईक्रो बस मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा एकता बद्ध भई लाग्न आव्हान गर्नु भयो । कार्यक्रममा संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्री ले व्यवसायी र मजदुर बिचको सम्बन्ध बारेमा प्रष्ट पार्दै भेलाको शुभकाना दिनु भयो ।
भेलाको उक्त भेलाले रामचन्द्र पौडेल को अध्यक्षतामा ७ सदस्यीय कमिटि गठन गयो । जसमा उपाध्यक्षमा बिष्णु भण्डारी, सचिवमा अरुण गुरुङ्ग, कोषाध्यक्षमा नन्द बहादुरपुन, सदस्यहरुमा क्रमश: रमेश चौधरी र प्रकार अधिकारी रहनु भएको छ ।
सोहि भलाले रामचन्द्र पौडेल को अध्यक्षतामा भएको उक्त कार्यक्रम संचालन अरुण गुरुङ्ग ले गर्नु भयो । कार्यक्रममा ३९ जना पोखरा माईक्रो मजदुरहरुको उपस्थिती रहेको थियोे ।

Sunday, July 8, 2012

फिर्के स्थित सार्वजनिक जग्गामा तारबार लगाइयो

      सुगम गहन मार्ग फिर्के स्थित अतिक्रणमा परेको करीब २ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्नका लागि तारबार लगाइएको छ ।
       सुगम गहन मार्ग टोल विकास संस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी बल कालिका गणका १५ जना सशस्त्र प्रहरी जवान तथा स्थानीय बासिन्दाको सहयोगमा उक्त तार बार लगाइएको हो ।
       तारबारको लागि नागरिक समाज पोखरा ७ बाट आर्थिक सहयोग प्राप्त भएको जानकारी सुगम मार्ग टोल विकास संस्थाका कोषाध्यक्ष शारदा गिरीले जानकारी दिनुभयो ।

Saturday, July 7, 2012

Marijuana Stops,गाँजा नष्ट

Marijuana Stops,गाँजा नष्ट
१) मिति २०६९।३।२२ गते दिनको २:०० बजे देखि ५:०० बजेसम्म जिल्ला कास्की लेखनाथ न.पा. को वडा नं. ४ र ५ स्थितजलाधारे एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ३ क्वीन्टल सामुदायिक सेवा केन्द्र लेखनाथ र प्रहरी चौकी शिसुवाबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीको सक्रियतामा नष्ट गरिएको ।

२) मिति २०६९।३।२३ गते बिहान ०८;३० बजे देखि १०:३० बजेसम्म जिल्ला कास्की कालिका गा.वि.स.को वडा नं. २, ३, ४ र ५ को वडा एरियाहरुमा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ६ क्वीन्टल स्थानिय कालिका युवा क्लव , सामुदायिक सेवा केन्द्ररु, पत्रकार र जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी शिसुवाबाट प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीको सक्रियतामा नष्ट गरिएको । (उक्त एरिया लेखनाथ देखि १२ कि.मी.को दुरीमा पर्ने । )
जिल्ला प्रहरी कार्यालय कास्की ।

Friday, July 6, 2012

नवगठित माओवादीको तमुवानस्तरिय पत्रकार सम्मेलन ।

 नेकपा – माओवादीका सचिव देव गुरुङले डा. बाबुराम भट्टराइले सरकार छाड्नुको बिकल्प नरहेको बताएका छन । डा. बाबुराम भट्टराइले सरकार छाडेपछि अहिले देखिएको राजनीतिक गत्याबरोध हटेर जाने गुरुङले बताए । नवगठित माओवादी पार्टीको तमुवान राज्य समितिले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले यस्तो बताएका हुन । राजनीतिक दलहरुका बिचमा सहमति गर्नका लागि पनि भट्टराइले सरकार छाडि मार्ग खुला गरिदिनुपर्ने गुरुङको भनाइ रहेको थियो । ‘देश र जनताको भबिष्य निर्माणका लागि राजनीतिक सहमति गर्न र भावी योजनाहरु बनाउनका लागि पनि सरकारबाट तत्काल डा. भट्टराइको राजीनामा आबश्यक रहेको’ – गुरुङले बताए । डा. भट्टराइको सरकारको बिरोधमा आफूहरु सडकमा समेत जानसक्ने गुरुङले चेतावनी दिए । पत्रकारहरुको प्रश्नको उत्तर दिदैं गुरुङले राष्ट्रिय सहमति बिनाको पूर्ण बजेट ल्याउन नहुनेमा जोड दिए । ‘राष्ट्रिय सहमति बिना सरकारले आफ्नो एकल प्रयासमा पूर्ण आकारको बजेट ल्याउन खोजेको छ , यदि सरकारको मात्र जोडबलले पूर्ण बजेट आयो भने सरकार कै लागि घातक हुन सक्छ,’– गुरुङले पष्ट पारे ।

सचिव देव गुरुङले संबिधानसभा बिघटन गराउनमा मुख्य जिम्मेवार एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड भएको आरोप समेत लगाए । ‘प्रचण्डले संबिधानसभालाइ जहिले पनि एजेण्डाबिहीन बनाए र डा. बाबुराम भट्टराइको सरकारलाइ टिकाउन र संघीयतालाइ यो वा त्यो नाममा सौदावाजी गरिरहे’, – एकीकृत माओवादीका अध्यक्ष प्रचण्डप्रति गुरुङको आक्रोस रहेको थियो ।

पत्रकारहरुद्धारा सोधेको एक अर्को प्रश्नको उत्तरमा गुरुङले राजनीतिक दलहरुको सहमति बिना आगामी मंसीर सातको अर्को घोषित संबिधानसभाको निर्बाचन हुन नसक्ने ठोकुवा गरे । ‘अर्को संबिधानसभाको निर्बाचन प्रक्रियामा जानका लागि राजनीति दलहरुका बिचमा सहमति हुनपर्ने, राजनीतिक दलहरुको सहमतिका लागि साना ठूला राजनीतिक दल र संबैधानिक निकायका प्रतिनिधिहरुलाइ सहभागि गराइ सबैलाइ मान्य हुने गोलमेच सम्मेलन गरिनुपर्छ’ – गुरुङको भनाइ रहेको थियो ।

उनले यथास्थितिमा संबिधानसभाको पुनस्र्थापना समेत हुन नसक्ने दावी गर्नुभयो । संबिधानसभाको बिघटनपछि अरु नयाँ दलहरु पनि स्थापना भएको सन्दर्भ उठाउँदै अब ति नयाँ दलहरुको एजेण्डाहरुलाइ पनि गोलमेच सम्मेलन मार्फत सम्बोधन गर्नुपर्नेमा गुरुङले जोड दिएका थिए । गुरुङले संबिधानसभाको करिब असी प्रतिशत काम सकिसकेको र बाँकी २० प्रतिशत कामलाइ छोटो समयका लागि सानो संख्याको सदस्य रहने गरि संबिधानसभा निर्माण गरि संघीयता सहितको जनपक्षिय संबिधान जारी गर्न सकिने धारणा राखे ।

यसअघि, नवगठित –  माओवादीको तमुवान राज्य समितिको असार १९÷२० गते सम्पन्न बैठक र बैठकले पारित गरेका निर्णयलाइ तमुवान राज्य समिति सेक्रेटरी प्रभाले पढेर सुनाउनुभएको थियो । तमुवान राज्यस्तरिय बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा पश्चिमाञ्चल ब्यूरो इञ्चार्ज बसन्तद्धारा प्रशिक्षण दिइएको र राज्य समिति इञ्चार्ज श्यामद्धारा राज्य समिति सदस्यहरुको कार्यबिभाजन सहित असोज १५ सम्मको लागि कार्ययोजना प्रस्तुत गरिएको जानकारी प्रकाशित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । राज्य समितिको बैठकले राज्यसमिति अन्तरगत आठ जिल्लाका लागि इञ्चार्ज, सह–इञ्चार्ज सेक्रेटरी र सहसेक्रेटरीको चयन समेत गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । जसअनुसार कास्कीको इञ्चार्जमा आस्था, सेक्रेटरीमा रुपेश, तनहूँको इञ्चार्जमा मामा, सह–इञ्चार्ज सुरेश र सेक्रेटरीमा अतिन्द्र लमजुङको इञ्चार्जमा बिकास, सेक्रेटरीमा टसी, सह–सेक्रेटरीमा अनु, गोरखाको इञ्चार्जमा प्रमोद, सेक्रेटरीमा निश्चल, स्याङ्जाको इञ्चार्जमा सृजनशील, सेक्रेटरीमा पारस, पर्बतको इञ्चार्जमा प्रदीप, सेक्रेटरीमा बिनय, मनाङको सेक्रेटरीमा कर्साङ र मुस्ताङको इञ्चार्जमा धीरेन्द्र, सह–इञ्चार्ज सत्यनारायण, सेक्रेटरी रिङझिङलाइ चयन गरेको छ ।

राज्य संगठन समितिको मातहतमा अर्थ तथा लेखा , प्रकाशन तथा प्रचार प्रसार, प्रशिक्षण र स्कूलिङ  तथा अनुशासन बिभाग गठन गरिएको जारी प्रेस बिज्ञप्तिमा जनाइएकोछ । फागुन १ गते हुने अबिधेशनलाइ ध्यानमा राखि  सबै तहका कमिटीहरको बैठक, गठन, पुनर्गठन सदस्यता नबीकरण तथा बितरण गर्ने र प्रचार प्रसार कार्यको योजना बनाउने निर्णय गरिएको जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ । जारी प्रेस बिज्ञप्तिमा जनाइए अनुसार केन्द्रबाट तय भएका सबै कार्यक्रम लागु गनर्नुका साथै स्थानीय स्तरमा पनि संघीयता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र जनजीवीकाका सवाललाइ लिएर आन्दोलन उठाउन सबै देशभक्त गणतन्त्रवादी वामपन्थी, शक्ति समावेश गरि गोलमेचसभा, संयुक्त मोर्चा र कार्यगत एकताका लागि पहल गर्ने बैठकले निर्णय गरेको उल्लेख गरिएको छ ।

कास्कीमै पहिलो पटक ‘सहकारीमा शिक्षा उपसमितिको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

      संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार पोखरा–१५ अन्तर्गतको शिक्षा, तालिम तथा सूचना उपसमितिको आयोजना तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ जिल्ला कार्यान्वयन समिति, कास्कीको समन्वयमा ‘सहकारीमा शिक्षा उपसमितिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
      पोखरामा अवस्थित विभिन्न सहकारी अन्तर्गतका शिक्षा उपसमितिका संयोजक तथा प्रतिनिधि गरी ४५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष प्रभा कोइरालाले सहकारीबीचको स्वस्थ प्रतिस्पर्धाले समुदाय अनि सहकारी दुवैलाई फाइदा पुग्ने बताउनुभयो ।
      सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ्गले सहकारीमा शिक्षा उपसमितिको भूमिका महत्वपूर्ण हुने र उपसमिति सक्रिय भएर लाग्न सकेमा सहकारी मजवुत र सुदृढ हुँदै जाने धारणा राख्नुभयो ।
      संगम सहकारी संस्थाका अध्यक्ष निरज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई शिक्षा उपसमिति सदस्य ई.जायश्वर पुरीले संचालन, शिक्षा उपसमिति सदस्य कृष्णबहादुर थापाले सहकारीका सात सिद्धान्त वाचन र शिक्षा उपसमिति संयोजक तथा कार्यक्रम संयोजक तिलक थापाले उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
      कोन सहकारी संस्थाका शान्त कुमार श्रेष्ठ र नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका तारा कोइराला लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो अनुभव र जिज्ञासा राखेका थिए । कास्की जिल्लामा नै पहिलो पटक आयोजित यसप्रकारको सहकारीसम्बन्धी अन्तरक्रिया निकै नै उपलब्धीमूलक भएको सहभागीले बताएका थिए ।