Friday, July 6, 2012

नवगठित माओवादीको तमुवानस्तरिय पत्रकार सम्मेलन ।

 नेकपा – माओवादीका सचिव देव गुरुङले डा. बाबुराम भट्टराइले सरकार छाड्नुको बिकल्प नरहेको बताएका छन । डा. बाबुराम भट्टराइले सरकार छाडेपछि अहिले देखिएको राजनीतिक गत्याबरोध हटेर जाने गुरुङले बताए । नवगठित माओवादी पार्टीको तमुवान राज्य समितिले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले यस्तो बताएका हुन । राजनीतिक दलहरुका बिचमा सहमति गर्नका लागि पनि भट्टराइले सरकार छाडि मार्ग खुला गरिदिनुपर्ने गुरुङको भनाइ रहेको थियो । ‘देश र जनताको भबिष्य निर्माणका लागि राजनीतिक सहमति गर्न र भावी योजनाहरु बनाउनका लागि पनि सरकारबाट तत्काल डा. भट्टराइको राजीनामा आबश्यक रहेको’ – गुरुङले बताए । डा. भट्टराइको सरकारको बिरोधमा आफूहरु सडकमा समेत जानसक्ने गुरुङले चेतावनी दिए । पत्रकारहरुको प्रश्नको उत्तर दिदैं गुरुङले राष्ट्रिय सहमति बिनाको पूर्ण बजेट ल्याउन नहुनेमा जोड दिए । ‘राष्ट्रिय सहमति बिना सरकारले आफ्नो एकल प्रयासमा पूर्ण आकारको बजेट ल्याउन खोजेको छ , यदि सरकारको मात्र जोडबलले पूर्ण बजेट आयो भने सरकार कै लागि घातक हुन सक्छ,’– गुरुङले पष्ट पारे ।

सचिव देव गुरुङले संबिधानसभा बिघटन गराउनमा मुख्य जिम्मेवार एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड भएको आरोप समेत लगाए । ‘प्रचण्डले संबिधानसभालाइ जहिले पनि एजेण्डाबिहीन बनाए र डा. बाबुराम भट्टराइको सरकारलाइ टिकाउन र संघीयतालाइ यो वा त्यो नाममा सौदावाजी गरिरहे’, – एकीकृत माओवादीका अध्यक्ष प्रचण्डप्रति गुरुङको आक्रोस रहेको थियो ।

पत्रकारहरुद्धारा सोधेको एक अर्को प्रश्नको उत्तरमा गुरुङले राजनीतिक दलहरुको सहमति बिना आगामी मंसीर सातको अर्को घोषित संबिधानसभाको निर्बाचन हुन नसक्ने ठोकुवा गरे । ‘अर्को संबिधानसभाको निर्बाचन प्रक्रियामा जानका लागि राजनीति दलहरुका बिचमा सहमति हुनपर्ने, राजनीतिक दलहरुको सहमतिका लागि साना ठूला राजनीतिक दल र संबैधानिक निकायका प्रतिनिधिहरुलाइ सहभागि गराइ सबैलाइ मान्य हुने गोलमेच सम्मेलन गरिनुपर्छ’ – गुरुङको भनाइ रहेको थियो ।

उनले यथास्थितिमा संबिधानसभाको पुनस्र्थापना समेत हुन नसक्ने दावी गर्नुभयो । संबिधानसभाको बिघटनपछि अरु नयाँ दलहरु पनि स्थापना भएको सन्दर्भ उठाउँदै अब ति नयाँ दलहरुको एजेण्डाहरुलाइ पनि गोलमेच सम्मेलन मार्फत सम्बोधन गर्नुपर्नेमा गुरुङले जोड दिएका थिए । गुरुङले संबिधानसभाको करिब असी प्रतिशत काम सकिसकेको र बाँकी २० प्रतिशत कामलाइ छोटो समयका लागि सानो संख्याको सदस्य रहने गरि संबिधानसभा निर्माण गरि संघीयता सहितको जनपक्षिय संबिधान जारी गर्न सकिने धारणा राखे ।

यसअघि, नवगठित –  माओवादीको तमुवान राज्य समितिको असार १९÷२० गते सम्पन्न बैठक र बैठकले पारित गरेका निर्णयलाइ तमुवान राज्य समिति सेक्रेटरी प्रभाले पढेर सुनाउनुभएको थियो । तमुवान राज्यस्तरिय बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा पश्चिमाञ्चल ब्यूरो इञ्चार्ज बसन्तद्धारा प्रशिक्षण दिइएको र राज्य समिति इञ्चार्ज श्यामद्धारा राज्य समिति सदस्यहरुको कार्यबिभाजन सहित असोज १५ सम्मको लागि कार्ययोजना प्रस्तुत गरिएको जानकारी प्रकाशित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । राज्य समितिको बैठकले राज्यसमिति अन्तरगत आठ जिल्लाका लागि इञ्चार्ज, सह–इञ्चार्ज सेक्रेटरी र सहसेक्रेटरीको चयन समेत गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । जसअनुसार कास्कीको इञ्चार्जमा आस्था, सेक्रेटरीमा रुपेश, तनहूँको इञ्चार्जमा मामा, सह–इञ्चार्ज सुरेश र सेक्रेटरीमा अतिन्द्र लमजुङको इञ्चार्जमा बिकास, सेक्रेटरीमा टसी, सह–सेक्रेटरीमा अनु, गोरखाको इञ्चार्जमा प्रमोद, सेक्रेटरीमा निश्चल, स्याङ्जाको इञ्चार्जमा सृजनशील, सेक्रेटरीमा पारस, पर्बतको इञ्चार्जमा प्रदीप, सेक्रेटरीमा बिनय, मनाङको सेक्रेटरीमा कर्साङ र मुस्ताङको इञ्चार्जमा धीरेन्द्र, सह–इञ्चार्ज सत्यनारायण, सेक्रेटरी रिङझिङलाइ चयन गरेको छ ।

राज्य संगठन समितिको मातहतमा अर्थ तथा लेखा , प्रकाशन तथा प्रचार प्रसार, प्रशिक्षण र स्कूलिङ  तथा अनुशासन बिभाग गठन गरिएको जारी प्रेस बिज्ञप्तिमा जनाइएकोछ । फागुन १ गते हुने अबिधेशनलाइ ध्यानमा राखि  सबै तहका कमिटीहरको बैठक, गठन, पुनर्गठन सदस्यता नबीकरण तथा बितरण गर्ने र प्रचार प्रसार कार्यको योजना बनाउने निर्णय गरिएको जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ । जारी प्रेस बिज्ञप्तिमा जनाइए अनुसार केन्द्रबाट तय भएका सबै कार्यक्रम लागु गनर्नुका साथै स्थानीय स्तरमा पनि संघीयता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र जनजीवीकाका सवाललाइ लिएर आन्दोलन उठाउन सबै देशभक्त गणतन्त्रवादी वामपन्थी, शक्ति समावेश गरि गोलमेचसभा, संयुक्त मोर्चा र कार्यगत एकताका लागि पहल गर्ने बैठकले निर्णय गरेको उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.