Saturday, June 16, 2012

महिला शेयर सदस्यहरुबीच सहकारी शिक्षा प्रशिक्षण

समबृद्धि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८ पृथ्वीचोकको आयोजनामा शनिवार सहकारीमा आवद्ध महिला शेयर सदस्यहरुबीच सहकारीमा महिला सदस्यहरुको भूमिका र सहकारी शिक्षा विषयक एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।
सहकारीमा आवद्ध ४७ जना महिला शेयर सदस्यहरुको उपस्थितिमा भएको उक्त प्रशिक्षणमा कास्की जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्य प्रभा कोइराला र समबृद्धि सहकारीका सल्लाहकार ईश्वरप्रसाद सुवेदीले सहकारी संस्थामा महिला सदस्यहरुको भूमिका, महिला सहभागिता तथा साना व्यवसाय प्रवद्र्धन र महिलाहरुको आयआर्जनमा सहकारीको आवश्यकता एवं महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणपश्चात शेयर सदस्यबीच आफूले कर्जा उपयोग गरेको व्यवसाय प्रवद्र्धन र आयआर्जनको बारेमा अनुभव आदानप्रदान एवं अन्तरक्रिया गरिएको थियो भने अन्तरक्रियाको संंयोजन कोषाध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले गर्नुभएको थियो ।
प्रशिक्षणको उद्देश्यमाथि शिक्षा समिति संयोजक प्रेमप्रसाद पौडेलले प्रकाश पार्नुभएको थियो । सहकारीका अध्यक्ष बुद्धिसागर खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष राजुप्रसाद सुवेदी र कार्यक्रमको संचालन सदस्य रत्ना गुरुङ्गले गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा संचालक समिति, सल्लाहकारहरु र अन्य उपसमितिहरुको समेत सहभागिता रहेको थियो । 

Tuesday, June 12, 2012

साइनिङ्ग स्टारमा कक्षागत शैक्षिक प्रदर्शनी

 पोखरा–६, लेकसाइडस्थित साइनिङ्ग स्टार आवासीय मा.वि.मा कक्षागत शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रा.वि.तह कक्षा ३–५ तथा मा.वि.तह कक्षा ६–१० गरी उत्कृष्ट हुने दुई कक्षालाई पुरस्कृत समेत गरिएको थियो ।
प्राचार्य नारायणप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्णायकको भूमिका व्यवस्थापन समिति सदस्य विष्णुहरि अधिकारी तथा बरिष्ठ शिक्षक नर्भु यल्मोले गर्नुभएको थियो ।
विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले संचालन गर्नुभएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य संस्थापक रामराज पहारीले गर्नुभएको थियो ।
उक्त अवसरमा उत्कृष्ट कक्षाहरुलाई संयोजक केवी रसाइलीले रनिङ्ग शिल्ड प्रदान गर्नुभएको थियो ।

Monday, June 11, 2012

नेपाली भाषा,साहित्य,कला र संस्कृतिको जगेर्ना गरौ

जिल्लामा साहित्यका गतिबिधी बढाउने उद्देश्यका साथ साहित्य संगमद्धारा सञ्चालित मासिक काव्य चौतारीको ४७ औं श्रृङ्खला श्री नमूना आवासीय मा.वि.को सभाहलमा सम्पन्न भयो । नेपाली भाषा,साहित्य,कला र संस्कृतिको जगेर्ना गरांैभन्ने मूल नारालाई गाउँ गाउँसम्म पुर्याउन सो कार्यक्रमको आयोजना गरिएको हो ।
              जिल्ला भरका नयाँ पुराना प्रतिभालाई समेट्दै आएको पर्वत साहित्य संगमले सो कार्यक्रमला पुन अघि बढाउँदै यस पटकदेखि जिल्लाका हरेक विद्यालय,उच्च मा.वि., क्याम्पसहरुमा पुगी सोही कार्यक्रममा वाचित र संकलित रचनाहरुलाई  सोही संस्थाको सहयोगमा विशेषांकका रुपमा प्रकाशित गर्ने र यसबाट हुने आयबाट जिल्लामा एक साहित्यिक पुरस्कार कोष स्थापना गरीने लक्ष्य सहित कार्यक्रम शुरु गरिएको

Sunday, June 10, 2012

बृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तनहुँ सम्पर्क समाज पोखराको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्राविधिक सहयोगमा तनहुँ जिल्लाको बन्दीपुर–१ पिप्ले स्थित पवित्रा उच्च मा.वि.मा शनिवार बृहद निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आर्थिक एवं अन्य विविध कारणले विशेषज्ञ सेवा प्राप्त गर्न नसकेका बिरामी स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराई सहयोग पु¥याउने उद्देश्यले आयोजित शिविरमा ५ सय १२ जना विभिन्न किसिमका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा बिरामीका लागि आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो । शिविरमा रोगका पहिचानको लागि भिडियो एक्सरे, इसिजी, एक्सरे मेशिन लगिएको थियो भने रक्त परीक्षण, दिसा पिसाब परीक्षण प्रयोगशाला पनि सञ्चालन गरिएको थियो ।

Saturday, June 9, 2012

बेगनासताल बस इकाईमा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेगनास तालबस इकाईको आयोजनामा आधारभुत तहको प्रशिक्षण कार्याक्रम शनिवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय उपाध्यक्ष ईश्वर प्रसाद आचार्यले संगठनको इतिहासको बारेमा, केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँह गुरुङ्गले बेला बेलामा प्रशिक्षण लिनुपर्ने र प्रशिक्षणबाट धेरै कुरामा ज्ञान हुने र आफ्नो अधिकारको रक्षा गर्ने सकिने कुरा बताउनु भयो ।
संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्रीले यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारका अंचल उपाध्यक्ष बिष्णु बहादुर पराजुलीले दुर्घटना न्यूनिकरण यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारको बारेमा, जिल्ला ट्राफिक प्रहरी कास्कीका प्र.श.नि इन्द्र बहादुर नेपालीले ट्राफिक ज्ञान सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
 अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन इकाई सचिव दिपक बि.क.ले गर्नु भएको थियो । स्वागत मन्तव्य इकाई सदस्य ध्रुव बहादुर थापाले गर्नु भएको कार्यक्रममा १०० जना यातायात मजदुरहरुको उपस्थिती रहेको थियो ।