Thursday, July 21, 2011

“बसले यात्रु कुर्ने होइन, यात्रुले बस कुर्ने हो ”


          तपाईको पसल÷घर अगाडिको सडक निजी पार्किङ्ग होइन त्यसलाई निजी पार्किङ्ग बनाई अव्यवस्थित नबनाउ
          पोखरा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशकै नमूनाको रुपमा विकसित गर्दे जाने पर्यटकीय नगरी पोखराको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी व्यवस्थित बनाउनको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजना, पोखरा बस तथा ट्याक्सी व्यवसायी समितिको सहआयोजनामा पोखराका विभिन्न १६६४ स्थानहरुमा, CITY BUS STAND, त्यतिकै संख्यामा रंगिन बस पकेट (Color Bus Pocket) १०० भन्दा बढी स्थानमा जेव्रा क्रसिङ्ग (Zebra Crossing) बनाउने कार्यक्रम आज मिति २०६८/०४/०४ गते बिहान ०८ः३० बजेको समयमा पोखरा न्यूरोडमा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्र कान्त अर्यालको आथित्यता प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाको विशिष्ट आतिथ्यतामा सडकमा रिवन काटी कलर बस पकेटमा गाडी प्रवेश गराई संयूक्त रुपमा उद्घाटन गरियो पोखरा बस समितिका अध्यक्ष बम बहादुर गुरुङ्गको अध्यक्षता ट्राफिक प्रमुख प्र.नि. होविन्द्र बोगटीले संचालन गर्नु भएको उक्त कार्यक्रममा ट्याक्सी व्यवसायी समितिका गान्धिराज गिरीले स्वागत मन्तव्य, उपभोक्ता मञ्चलका अध्यक्ष कपिल कोइराला , नगर समितिका जित बहादुर गुरुङ्ग, एमालेका अध्यक्ष मान . जि.सी., काँग्रेस सभापति यज्ञ बहादुर थापाले समेत मन्तव्य राख्नु भएको थियो सो क्रममा प्रमुख जिल्ला अधिकारी ज्यूले ट्राफिक व्यवस्थापनमा सबै पक्षले उतिकै भूमिका खेल्नु पर्ने फुटपाथको समेत व्यवस्थापन गरिनु पर्ने धारणा राख्नु भयो साथै प्रमुख अतिथि ज्यूबाट ट्राफिक नियम ट्राफिक प्रहरीको लागि होइन यो प्रयोगकर्ताको लागि हो तसर्थ सबैले ट्राफिक नियमको पालना गरि व्यवस्थित शहरको निर्माण गर्नु पर्ने पोखराको ट्राफिक व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी बनाउन सहयोग गर्ने मन्तव्य राख्नु भएको थियो उक्त कार्यक्रममा विभिन्न पेशा, व्यवसायी, सरकारी कार्यालयका कार्यालय प्रमुख लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो सो कार्यक्रमको लागि बर्जर पेन्टले १०० वोर्ड सौजन्य उपलव्ध गराएको पोखरा स्थिति विभिन्न बैंक तथा वित्तिय  संस्थाहरुले प्रत्येकले वटा देखि २० वटा सम्म वोर्ड, रोटरी क्लवले न्यूरोडमा लाग्ने सम्पूर्ण बोर्डहरु उपलव्ध गराएको अन्य विभिन्न संघ संस्थाहरुले पनि सौजन्य स्वरुप वोर्ड उपलव्ध गराउने प्रतिवद्धता जनाउनु भएकोले आगामी महिना भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको पहिलो चरणमा न्यूरोडमा नयाँबजारमा वोर्ड गाड्ने काम सम्पन्न भएको यसलाई निरन्तरता दिईने साथै यो कार्यक्रम पश्चात पोखरामा माईक्रो बस तथा सिटी बसबाट हुने दुर्घट्ना नियन्त्रण हुने विश्वास लिईएको

Friday, July 15, 2011

25 persons arrested

मिति २०६८/३/२९ गते दिनको १२:०० बजेको समयमा पोखरा १६ स्थित ईन्जिनियरिङ्ग क्याम्पस संस्थान लामाचौरको क्याम्पस हाता भित्र टेण्डर आव्हान गरिएको अवस्थामा निम्न मानिसहरुले उक्त टेण्डर आव्हानमा हुलदंगा मच्चाई शान्ति सुरक्षामा खलल पुयाउने जस्ता कृयाकलापहरु गरिरहेको अवस्थामा यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजार, बैदाम, बगरबाट खटिएको प्रहरी टोलीले उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान कारवाही भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु :
=       जि= कास्की पोखरा१८ छिनेडाँडा बस्ने वर्ष २१ को आषिश गुरुङ्ग
=       एै= पोखरा लेकसाईड बस्ने वर्ष २४ को प्रेम गुरुङ्ग
=       एै= पोखरा १५ बस्ने वर्ष १८ को दिपेश गुरुङ्ग
=       एै= पोखरा लेकसाईड बस्ने तिल बहादुर राना
=       एैं=एै= स्ने वर्ष २५ को दिलिप थापा
=       एै=पोखरा १३ कुँडहर बस्ने वर्ष २४ को चित्र गुरुङ्ग
=       पोखरा १३ कुँडहर बस्ने वर्ष १९ को मोहन गुरुङ्ग
=       एै=एै= बस्ने वर्ष २० को सुजल गुरुङ्ग
=       एै=एै= बस्ने वर्ष २४ को ओम गुरुङ्ग
१०=      एै= पोखरा लेकसाईड बस्ने वर्ष ३० को कमल पुन
११=      पोखरा १३ भद्रकाली बस्ने वर्ष ३४ को दिपक गुरुङ्ग
१२=      पोखरा लेकसाईड बस्ने वर्ष २४ को रमेश गुरुङ्ग
१३=      पोखरा लेकसाईड बस्ने वर्ष २४ को सुनिल गुरुङ्ग
१४=      पोखरा १३ कुँडहर बस्ने वर्ष २५ को झलक गुरुङ्ग
१५=      एै= एै= बस्ने वर्ष २२ को किरण गुरुङ्ग
१६=      एै=एै= बस्ने वर्ष २७ को खलि थापा
१७=      पोखरा लेकसाईड बस्ने वर्ष २० को नरेश थापा
१८=      एै=एै= बस्ने वर्ष २५ को सुमन लामा
१९=      पोखरा पृथ्वीचोक बस्ने वर्ष २४ को म्याक्स गुरुङ्ग
२०=      पोखरा लेकसाईड बस्ने वर्ष २६ को हिराकाजी गुवाजु
२१=      पोखरा १७ छोरेपाटन बस्ने वर्ष २२ को विकास पाण्डे
२२=      पोखरा पृथ्वीचोक बस्ने वर्ष २२ को नुतन गुरुङ्ग
२३=      पोखरा १७ छोरेपाटन बस्ने वर्ष २१ को काजी गुरुङ्ग
२४=      पोखरा लेकसाईड बस्ने वर्ष २१ को विषाल गुरुङ्ग
२५=     पोखरा १३ भद्रकाली बस्ने वर्ष २७ को खड्क सिंह गुरुङ्ग

मिति : २०६८/०३/३० गते
जिल्ला प्रहरी कार्यालय कास्की

Thursday, July 14, 2011

Three Nepalese people arrested from Cashino Grand




मिति २०६८/०३/२७ गते रातको ८:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्र=नि= रविन्द्रमान गुरुङ्ग   को टोलीले जिल्ला कास्की पोखरा उपमहानगरपालिका वडा नं= – १७ मा रहेको पोखरा क्यासिनो ग्राण्डमा छापा मार्दा क्यासिनो भित्रबाट -_ जि= महोत्तरी बर्दिवास गा=वि== वडा नं= बस्ने वर्ष ४० को रामेश्वर कोइराला, -_ जि= ओखलढुंगा चिसंखु गा=वि== वडा नं= बस्ने वर्ष २७ को धनश्याम दाहाल -_ जि= बाँके नेपालगंज =पा= वडा नं= बस्ने वर्ष २९ को रमेश बुढालाई पक्राउ गरि यस कार्यालयमा ल्याई अनुसन्धान कारवाही भईरहेको






Tuesday, July 12, 2011

ठगी कान्ड डलर



कागज काटेर रुपैयाँ आकारको बनाई गड्डीको तल माथि सक्कली डलर राखी सर्व साधारणहरुलाई झुक्याउनमा पारी ठगी गर्ने (१) जि सिन्धुपाल्चोक वोडुली (२) बस्ने वर्ष २२ को रेशम मगर, (२) सिन्धुपाल्चोक बाह्विसे (४) बस्ने वर्ष २५ को गंगा थापा (३) जि.भक्तपुर बालकोट (६) बस्ने वर्ष १८ को गणेश पराजुली   जि. कास्की पोखरा जरेवर बस्ने वर्ष २९ को राम खड्कालाई जि. कास्की पुम्दीभुम्दी गा.वि..वडा नं. कालिमाटीबाट ठगी गर्नको लागि कुरिरहेको अवस्थामा फेला पारी निजहरुलाई शंका लागि  चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट US Dollar 356 / Dollar को साईजमा काटिएको कागजको वण्डल सहित पक्राउ गरिएको सो सम्बन्धमा बुझ्दा निजहरुले Dollar देखाई कागजको वण्डल दिई विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने उद्देश्यले हिडेको भन्ने खुल्न आएकोले निजहरुलाई ठगी मुद्धामा अनुसन्धान कार्य भइरहेको
.