Friday, May 20, 2011

बन्दका क्रममा तोडफोड, केहि बन्दकर्ता पक्राउ


ब्राह्मण समाजद्धारा आयोजित पश्चिमाञ्चल बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोखराको विभिन्न स्थानमा तोडफोड गरेका छन् बन्दकर्ताहरुले नयाँबजार स्थित माछापुच्छ्रे बैंकको प्रधान कार्यालय, शाखा कार्यालय चिप्लेढुंगा, नेपाल विधुत प्राधिकरण पोखरा वितरण केन्द्रको कार्यालय लगाएतका संस्थामा गरेका हन्

 माछापुच्छ्रे बैकं तोडफोड गर्ने क्रममा बन्दकर्ता प्रहरी बिच झडप भएको थियो बन्दकर्ता माथी प्रहरी दमन भएको भन्दै उनीहरुले सडकमै टायर बालेर प्रहरीको कुटपिटको विरोधमा उत्रिएका थिए माछापुच्छ्रे बैंकको झ्यालका सिसा फुटाएका छन् त्यस क्रममा प्रहरीले जनालाई पक्राउ गरेको झडपमा परि जना घाइते भएका थिए घाइतेहरुको पोखराको चरक अस्पतालमा उपभार पछि घर फर्किएका छन् घाईते मध्ये कास्कीकोट का रामचन्द्र गिरीको टाउकोमा चार टाँका लगाईएको

त्यसै गरि मालेपाटनमा रहेको बिधुत प्राधिकरणको कार्यालयमा समेत बन्दकर्ताहरुले तोडफोड गरेका छन् बिधुत प्राधिकरणमा तोडफोडका क्रममा कार्यालय सहायक जोखिमाया पोडेनी सामान्य घाइते भएकी छन् पृथ्वी राजमार्ग बस व्यवसायी समितिको कार्यालयमा समते बन्दकर्ताहरुले तोडफोड गरेका छन्

बन्दले गण्डकी, लुम्विनी धवलागीरी अञ्चल अन्र्तगतका जिल्लाहरुमा विहानै देखी यातायात, व्यापार व्यवसाय, शिक्षण संस्था, कलकारखाना ठप्प रहेका थिए जातीय रुपमा दिदैँ आएको आरक्षण खारेज गरी वर्गीय आरक्षणको व्यवस्था, जातीय रुपमा संघियताको विरोध ब्राह्मणहरुलाई पनि आदिबासी जनजातीमा सूचिकृत गर्नुपर्ने लगायतका माग राख्दै समाजले पश्चिमाञ्चल वन्दको आयोजना गरेको हो

पर्यटक सुरक्षाका लागि सूचनामूलक बोर्ड राखियो


पोखरा क्षेत्रको भ्रमणमा आउने पर्यटकहरु लुटिने र असुरक्षित हुने क्रम देखिएपछि उनीहरुको सुरक्षाका लागि पश्चिमाञ्चल होटल संघ पोखराले सन्देशमुलक साइनबोर्डहरु राख्ने अभियान अगाडि बढाएको छ । नेपाल पर्यटन वोर्डसँग मिलेर त्यस्तो अभियान अगाडि बढाइएको संघका अध्यक्ष विप्लव पौडेलले  जानकारी दिनुभएको हो । पहिलो चरण अन्तर्गत विश्व शान्ति स्तुप जाने मार्ग स्थित ड्यामसाइड पारी त्यस्तो बोर्ड विहिवार राखिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी सम्भु कोइरालाले बोर्डको उद्घाटन गर्नुभएको थियो । कूल ४५ हजार रुपैयाँको लागतमा विभिन्न ठाउँमा छ वटा बोर्ड राखिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । समाज र पर्यटन क्षेत्रप्रति संघ उत्तरदायी छ भन्ने नमुना देखाउन पनि बोर्ड राखिएको संघले जनाएको छ । विश्व शान्ति स्तुप क्षेत्र बढी मात्रामा पर्यटक लुटिने क्षेत्र भएका कारण सो क्षेत्रमा बोर्ड स्थापना गरिएको संघले जनाएको छ ।

यसैगरी सराङकोटको सेदी, छोरेपाटनपट्टिबाट विश्व शान्ति स्तुप उक्लने मार्ग र वाराही मन्दिर पारी स्तुप उक्लने मार्गमा पनि बोर्ड राखिने संघका महासचिव विकल तुलाचनले जानकारी दिनुभयो । भ्रमणमा जाँदा समूहगत रुपमा जान, आफ्ना महत्वपूर्ण र महंगा सामान होटलमै छाड्न र केही घटना भइहालेमा हेल्पलाइनको रुपमा रहेका पर्यटन प्रहरी, प्रहरी र वडा प्रहरी जस्ता क्षेत्रमा सम्पर्क गर्न आग्रह गरेर सन्देशहरु बोर्डमा राखिएको छ ।

पोखराको शान्ति नगरमा बाघ भेटियो


पोखरा ७ शान्ति नगर स्थित राम बहादुर पौडेलको पोखरा गार्डेनमा बाघ भेटिएको हो । विहान ७ बजे तिर पौडेलको परिवारले बाघ देखे पछि वरपर हल्लाखल्ला भएको थियो । बाघ मानिसको आवत जावत बढे पछि गार्डेनको बगैचाको कुनामा लुकेको थियो ।

बाघ देखिए पछि शुरक्षा कर्मी र बन कार्यालयका कर्मचारी त्यँहा पुगे पनि उनिहरुले बाघलाई त्यहाँबाट लैजान सकेका थिए नन् । बाघ आएको थाहा पाए पछि मानिसहरुको ठुलो घुइचो लागेको थियो । मानिसहरुको भिडभाड पछि बाघ गार्डेनको कुनाबाट फुत्त निस्केर बाटो पारि भएको बासँको झयाङ्गमा पसेको थियो ।

आनन्दज्योतिमा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन


लेखनाथ नगरपालिका बेगनासस्थित आनन्दज्योती माध्यमिक विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन गरिएको छ । अनेरास्ववियुको जिल्ला विद्यालय जागरण अभियानको क्रममा प्राक गठन गरिएको हो । विद्यालयमा विजय अधिकारीको अध्यक्षतामा १ सय ८५ सदस्स्यि नयाँ कार्यसमिति चयन गरिएको छ ।

कमिटिको उपाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा ईन्दिरा तिमिल्सिना, कोषाध्यक्षमा सुनिता परियार र सहसचिवमा सुवास सुवेदी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कविता अधिकारी, आकृति अधिकारी, सुवास तिवारी, सन्तोष तिवारी चयन भएका छन् ।