Friday, May 20, 2011

बन्दका क्रममा तोडफोड, केहि बन्दकर्ता पक्राउ


ब्राह्मण समाजद्धारा आयोजित पश्चिमाञ्चल बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोखराको विभिन्न स्थानमा तोडफोड गरेका छन् बन्दकर्ताहरुले नयाँबजार स्थित माछापुच्छ्रे बैंकको प्रधान कार्यालय, शाखा कार्यालय चिप्लेढुंगा, नेपाल विधुत प्राधिकरण पोखरा वितरण केन्द्रको कार्यालय लगाएतका संस्थामा गरेका हन्

 माछापुच्छ्रे बैकं तोडफोड गर्ने क्रममा बन्दकर्ता प्रहरी बिच झडप भएको थियो बन्दकर्ता माथी प्रहरी दमन भएको भन्दै उनीहरुले सडकमै टायर बालेर प्रहरीको कुटपिटको विरोधमा उत्रिएका थिए माछापुच्छ्रे बैंकको झ्यालका सिसा फुटाएका छन् त्यस क्रममा प्रहरीले जनालाई पक्राउ गरेको झडपमा परि जना घाइते भएका थिए घाइतेहरुको पोखराको चरक अस्पतालमा उपभार पछि घर फर्किएका छन् घाईते मध्ये कास्कीकोट का रामचन्द्र गिरीको टाउकोमा चार टाँका लगाईएको

त्यसै गरि मालेपाटनमा रहेको बिधुत प्राधिकरणको कार्यालयमा समेत बन्दकर्ताहरुले तोडफोड गरेका छन् बिधुत प्राधिकरणमा तोडफोडका क्रममा कार्यालय सहायक जोखिमाया पोडेनी सामान्य घाइते भएकी छन् पृथ्वी राजमार्ग बस व्यवसायी समितिको कार्यालयमा समते बन्दकर्ताहरुले तोडफोड गरेका छन्

बन्दले गण्डकी, लुम्विनी धवलागीरी अञ्चल अन्र्तगतका जिल्लाहरुमा विहानै देखी यातायात, व्यापार व्यवसाय, शिक्षण संस्था, कलकारखाना ठप्प रहेका थिए जातीय रुपमा दिदैँ आएको आरक्षण खारेज गरी वर्गीय आरक्षणको व्यवस्था, जातीय रुपमा संघियताको विरोध ब्राह्मणहरुलाई पनि आदिबासी जनजातीमा सूचिकृत गर्नुपर्ने लगायतका माग राख्दै समाजले पश्चिमाञ्चल वन्दको आयोजना गरेको हो

No comments:

Post a Comment

Please, comment about this article.