Friday, May 13, 2011

भरतपोखरी गाउँ कमिटीको सातौं अधिवेशन सम्पन्न


नेकपा एमाले भरतपोखरी गाउँ कमिटीको सातौं गाउँ अधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि नेकपा एमाले कास्की अध्यक्ष मानबहादुर जिसीले अधिवेशनको उद्घाटन गर्दै तीन राजनीतिक दलले समय थपेर भए पनि अब छिट्टै संविधान बनाउने बताउँदै राष्ट्रिय सहमतिको बाटोबाट मुलुक शान्ति र संविधान प्राप्तिको बाटोमा पुग्ने आशा व्यक्त गर्नुभयो ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य युवराज पौडेलले पार्टीलाई निरन्तर जनताबाट अनुमोदित गराउन पार्टी कार्यकर्ता लगातार पार्टी काममा सकृय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य एवं मुक्ति समाज कास्की कोषाध्यक्ष जगनाथ वि.क., क्षेत्रीय कमिटी सदस्य मनोहर आचार्य, अनेरास्ववियू जिल्ला सदस्य तिलक लामिछाने लगायतले बोल्नुभएको थियो । सहिद तुलराज आचार्यको १९ औं स्मृति दिवसमा वहाँको फोटोमा पुष्पार्पण गरी कार्यक्रममा शुभारम्भ भएको थियो ।

एउटै मञ्चमा पोखराका क्रियाशिल ४७ जना पत्रकार सम्मानित


नेपाल पत्रकार महासंघ संघर्ष समिति कास्कीले आज ४७ जना क्रियाशील  पत्रकारहरुलाई सम्मान गरेको छ । अधिवेशनको माग गर्दै संघर्ष समितिले शुरु गरेको आमरण र रिले अनसनमा सहभागि ४७ जना पत्रकारहरुलाई  आज एक विशेष कार्यक्रम गरि सम्मान गरिएको हो ।
 सम्मानित हुनेहरुमा  अनशनमा सहभागि  नवीन सिग्देल, ओम हमाल, विनोद लामिछाने, प्रकाशचन्द्र सापकोटा,  दुर्गादेवी बाँस्तोला, निरु केसी , अमृत घिमिरे , ऋषि बराल, विजया आचायर्, शिव शर्मा, लक्ष्मीनारायण देवकोटा, दुर्गा अधिकारी, प्रदीप पौडल, हरिप्रसाद भट्टराई , कमल पराजुली, राजेन्द्र अधिकारीलाई सम्मान गरिएको छ ।
 त्यसैगरी रोहितराज पराजुली, राजेश पराजुली  कमल सुवेदी, विष्णु सिग्देल , दिलिप राई, गुप्तप्रसाद शर्मा, एमवी आस्था , राजन उपाध्याय , राजाराम पौडेल, वीरेन्द्र सापकोटा, माधव बराल, जीवन सुवेदी, छवि मगर, सन्तोष पोखरेल , नोमराज गुरुङ आरजु विष्ट, मोतिसागर अधिकारी, गीता विष्ट, शान्ति सुनार , भुपाल गुरुङ, शिशिर पौडेल, लक्ष्मीप्रसाद पौडेल, अर्जुन बस्नेत, नवीन के.सी, हरिराम भण्डारी, दिपक ओझा , हरि पन्त, सागरराज तिमिल्सिना , ईश्वर भट्टराइ,  लिना गुरुङ , कविता श्रेष्ठ, दिननाथ बराल र विष्णु गौतमलाई सम्मान गरिएको हो ।
 त्यसैगरी दलगत संगठनबाट अलग रहि स्वतन्त्र रुपमा पत्रकारीता गर्ने घोषणा गर्नु भएका पत्रकारहरु विजय नेपाल र वि.वि आलेलाई पनि सम्मान गरिएको हो । प्रमुख अतिथि प्रेस स्वतन्त्रताका सेनानी केशवराज पराजुली र समितिका संयोजक कृष्णप्रसाद बास्तोलाले सम्मानपत्र सहित खाँदा लगाएर सम्मान गर्नुभएको थियो ।
 गत वैशाख ६ गते प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका केहि व्यत्तिहरुले अधिवेशन नै नगरी दलिय भागवण्डाबाट पार्षद र कार्य समिति चयन गरेपछि सो कदम विरुद्व पोखराका एक सय ६० जना  पत्रकारहरु अधिवेशनको पक्षमा उभिएर संगठित भएका छन् । अधिवेशनको माग गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाण्डौमा सुरु गरिएको आमरण अनसन अधिवेशन जेठ १५ भित्र गर्ने सम्झौता भएपछि तत्काललाई स्थगित गरिएको थियो
 अवैधानिक  कदमका विरुद्वमा वैशाख ७ गते नै पोखराका क्रियाशिल पत्रकारहरुले नेपाल पत्रकार महासंघ कास्कीमा गरेको तालावन्दि जारी नै रहेको छ । त्यसैगरी अवैधानिक तवरबाट गठन गरिएको जिल्ला कार्य समिति र पार्षदहरुको खारेजी तथा अधिवेशनको मागगर्दै पुनरावेदन अदालत पोखरामा दिइएको रिट निवेदन उपर बैशाख १६ गते अदालतले १५ दिनभित्र विपक्षी नेपाल पत्रकार महासंघ कास्की र अवैधानिक अध्यक्ष बद्रि विनोद प्रतिकका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।
 साथै आजै सम्मपन्न भेलाले अवैधानिक कार्य समितिले स्वः गजेन्द्र भण्डारी पत्रकारीता पुरस्कार छनोट समिति गठन गरेको भन्दै विरोध समेत जनाएको छ । समितिले विवादित समितिले पत्रकार महासंघका नाममा वितरण गर्ने पुरस्कार कार्यक्रममा विरोध गर्ने समेत निणर्य भेलाले पारित गरेको छ ।

Saturday, May 7, 2011

खगेन्द्र थापा मगर प्रतिष्ठानले सम्मान


खगेन्द्र थापा मगर प्रतिष्ठानको तेस्रो साधारण सभाको अवसरमा एक दर्जन ब्यतिहरुलाई सम्मान गरिएको छ । प्रतिष्ठानले खगेन्द्र थापामगरलाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सहयोग पु¥याएको भन्दै विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको हो । 
                     
सम्मानीत हुनेहरुमा पश्चिमान्चल क्षेत्रिय अस्पतालका सुपरिटेन्डेन्ट डा. बुद्धि बहादुर थापा, डा.हुमप्रसाद न्यौपाने, पत्रकार दिननाथ वराल, अनिल राना, वद्रिनिधि घिमिरे, विप्लव पौडेल, पवित्रा थापामगर, लालबहादुर गुरुङ, मनवहादुर थापा, मोहन थापामगर, धनकुमारी थापा, पद्यम के.सि लगायतलाई सम्मान गरेको हो ।
सम्मानित ब्यतित्वलाई क्षेत्रिय प्रशासक अर्जुनबहादुर भण्डारीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो  । त्यस्तै सोहि अवसरमा खगेन्द्र थापा मगरलाई गिनिज वुक अफ दि रेकर्डमा नाम लेखाउन सन्चारममाध्यमहरुको सवैभन्दा ठुलो भुमिका रहेको भन्दै विभिन्न सन्चारमाध्यमहरुलाई पनि प्रशंशा पत्र प्रदान गरिएको थियो ।

पर्वत मिलन समाज पोखराको साधारण सभा सम्पन्न


पर्वत मिलन समाज पोखराको सातौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीका मुख्य न्यायधिश निलकण्ठ उपाध्यायले पर्वतवाट पोखरा आएकालाई दुःख पर्दा सहयोग गर्ने माध्यमका रुपमा समाजले काम गरेको बताउदै कामको प्रसंसा गर्नु भएको थियो ।
 समाजले पर्वतेली रत्नहरुलाई सम्मान गर्ने, दशैतिहारको अवसरमा टेलिफोन डायरीसहितको स्मारिका प्रकाशन गर्ने, पर्वतमा स्वास्थ्य शिविर संचालन गर्ने, पर्वतका विभिन्न समाजसंग अन्तक्रिया गर्ने, आजिवन सदस्यहरुको संख्या वृद्धि गर्ने, पोखरा उपमहानगरपालिका संग सहकार्य गर्दै संस्थाको नाममा जग्गा दर्ता गराई समाज घर निर्माण गर्ने तथा पर्वत सहकारी संचालन गर्ने समाजको लक्ष्य रहेको सचिव छवि सुवेदी विजयले जानकारी दिनुभयो ।
 समाजकी अध्यक्ष अनिता गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा समाजका पूर्वअध्यक्ष श्यामकुमार गौंडेल, एनजीओ फेडरेशनका क्षेत्रीय अध्यक्ष राम सुवेदी, अन्तर समाज राष्ट्रिय समाजका सचिव तथा समाजका पूर्वाध्यक्ष महेन्द्र रिमाल, गुल्मी समाजका वावुराम वराल लगाएतले समाजलाई थप क्रियाशिल बनाउन सके पहुँचवाट टाढा रहेका पर्वतेहरुको सहजताका लागि समन्वय हुने वताएका थिए ।

Thursday, May 5, 2011

गोर्खा भूपू महिलालाई प्रशिक्षण, पाँच महिला सम्मानित


नेपाल भारतिय गोर्खा भूपू सैनिक कल्याणकारी महिला समिति पोखराले आज भारतिय गोर्खा भूपू महिला र उनका परिवारलाई प्रशिक्षण सम्पन्न गरेको छ ।
 भारतिय भूपू सैनिकको परिवारको हक, हित र अधिकारका लागि तमु धिं नेपाल नयाँ बजारमा सम्पन्न प्रशिक्षण कार्यक्रममा अधिवक्ता जुनाकुमारी गुरुङले महिला अधिकार, गुरुङ व्युटि पार्लर एण्ड व्युटि एकेडेमीका सञ्चालक वरिष्ट सौन्र्दयविद चिनु गुरुङले आत्मनिर्भर, नेतृत्व र व्यक्तित्व विकाश, नेपाल भारतिय गोर्खा भूपू सैनिक कल्याणकारी समिति पोखराका अध्यक्ष सुवेदार मनबहादुर गुरुङले भूपू सैनिक परिवारका सेवा सुविधा र पेन्सन सम्वन्धमा पारिवारीक कागजपत्रका बारेमा प्रशिक्षण दिनुभएको थियो । 
 कार्यक्रममा स्वर्गीय मेजर विरसिंह गुरुङको धर्मपत्नी समाजसेवी कान्ता गुरुङ, तमु धिं नेपालका अध्यक्ष कर्म तमु, अधिवक्ता जुनाकुमारी गुरुङ, प्रतिभाको खोजी गायन विधाको विजेता दुर्गा परियार र समितिका सस्थापक गीता विष्टलाई खादा र दोसल्लाले समितिका अध्यक्ष डिलमाया गुरुङ र प्रमुख अतिथी पोखरा पेन्सन क्याम्पका सिओ मेम साहेव सारिका बाहोराले सम्मान गर्नुभएको थियो ।
 भूपू सैनिक कल्याणकारी महिला समिति पोखराका अध्यक्ष डिलकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सारिका बोहोराले गोर्खा भूपू महिलाका लागि प्रशिक्षण आयोजना गरेकोमा खुशी व्यक्त गर्दै दश हजार रुपैया सहयोग प्रदान गर्नुभएको थियो ।