Saturday, May 7, 2011

पर्वत मिलन समाज पोखराको साधारण सभा सम्पन्न


पर्वत मिलन समाज पोखराको सातौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीका मुख्य न्यायधिश निलकण्ठ उपाध्यायले पर्वतवाट पोखरा आएकालाई दुःख पर्दा सहयोग गर्ने माध्यमका रुपमा समाजले काम गरेको बताउदै कामको प्रसंसा गर्नु भएको थियो ।
 समाजले पर्वतेली रत्नहरुलाई सम्मान गर्ने, दशैतिहारको अवसरमा टेलिफोन डायरीसहितको स्मारिका प्रकाशन गर्ने, पर्वतमा स्वास्थ्य शिविर संचालन गर्ने, पर्वतका विभिन्न समाजसंग अन्तक्रिया गर्ने, आजिवन सदस्यहरुको संख्या वृद्धि गर्ने, पोखरा उपमहानगरपालिका संग सहकार्य गर्दै संस्थाको नाममा जग्गा दर्ता गराई समाज घर निर्माण गर्ने तथा पर्वत सहकारी संचालन गर्ने समाजको लक्ष्य रहेको सचिव छवि सुवेदी विजयले जानकारी दिनुभयो ।
 समाजकी अध्यक्ष अनिता गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा समाजका पूर्वअध्यक्ष श्यामकुमार गौंडेल, एनजीओ फेडरेशनका क्षेत्रीय अध्यक्ष राम सुवेदी, अन्तर समाज राष्ट्रिय समाजका सचिव तथा समाजका पूर्वाध्यक्ष महेन्द्र रिमाल, गुल्मी समाजका वावुराम वराल लगाएतले समाजलाई थप क्रियाशिल बनाउन सके पहुँचवाट टाढा रहेका पर्वतेहरुको सहजताका लागि समन्वय हुने वताएका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.