Thursday, May 5, 2011

गोर्खा भूपू महिलालाई प्रशिक्षण, पाँच महिला सम्मानित


नेपाल भारतिय गोर्खा भूपू सैनिक कल्याणकारी महिला समिति पोखराले आज भारतिय गोर्खा भूपू महिला र उनका परिवारलाई प्रशिक्षण सम्पन्न गरेको छ ।
 भारतिय भूपू सैनिकको परिवारको हक, हित र अधिकारका लागि तमु धिं नेपाल नयाँ बजारमा सम्पन्न प्रशिक्षण कार्यक्रममा अधिवक्ता जुनाकुमारी गुरुङले महिला अधिकार, गुरुङ व्युटि पार्लर एण्ड व्युटि एकेडेमीका सञ्चालक वरिष्ट सौन्र्दयविद चिनु गुरुङले आत्मनिर्भर, नेतृत्व र व्यक्तित्व विकाश, नेपाल भारतिय गोर्खा भूपू सैनिक कल्याणकारी समिति पोखराका अध्यक्ष सुवेदार मनबहादुर गुरुङले भूपू सैनिक परिवारका सेवा सुविधा र पेन्सन सम्वन्धमा पारिवारीक कागजपत्रका बारेमा प्रशिक्षण दिनुभएको थियो । 
 कार्यक्रममा स्वर्गीय मेजर विरसिंह गुरुङको धर्मपत्नी समाजसेवी कान्ता गुरुङ, तमु धिं नेपालका अध्यक्ष कर्म तमु, अधिवक्ता जुनाकुमारी गुरुङ, प्रतिभाको खोजी गायन विधाको विजेता दुर्गा परियार र समितिका सस्थापक गीता विष्टलाई खादा र दोसल्लाले समितिका अध्यक्ष डिलमाया गुरुङ र प्रमुख अतिथी पोखरा पेन्सन क्याम्पका सिओ मेम साहेव सारिका बाहोराले सम्मान गर्नुभएको थियो ।
 भूपू सैनिक कल्याणकारी महिला समिति पोखराका अध्यक्ष डिलकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सारिका बोहोराले गोर्खा भूपू महिलाका लागि प्रशिक्षण आयोजना गरेकोमा खुशी व्यक्त गर्दै दश हजार रुपैया सहयोग प्रदान गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.