Tuesday, February 9, 2010

कास्कीका गाउमा हिमपात


पोखरा, २६ माघ
कास्कीको पर्यटकीय गाउ लुम्ले,  पन्चासे, घान्द्रुक, छोम्रोङ, सिक्लेस तथा पोखरासगै जोडिएको अर्मला गाविसको अर्मलाकोटमा हिमपात भएको हो ।हिमपातले मंगलबार पोखराको मौसम चिसो बनेको थियो विहान साढे बजेदेखि परेको पानी दिउसो तीनबजे रोकिदानिकै चिसो बढेको थियो पोखरासगै जोडिएको अर्मलामा हिमपात भएपछि दिनभर चिसो बढेको थियो हिमपातले अर्मलाको जंगल सेतf] बनेको थियो ।मंगलबार विहानदेखि पोखरामा करीव २३ मिलिमिटर पानी परेको पोखरास्थित मौसम मापन नारायण वेसिनले जनाए ।हिमपातले पोखरा-बाग्लुङ राजमार्ग सडक खण्डको ढिकुर पोखरी केही समय अवरुद्ध समेत बनेको थियो ।लामो समयपछि परेको पानीले कास्कीका उत्तर भेगका र्सवसाधारणको जनजीवन कष्टकर बनेको हिमपातले चिस्यान बढाउदा र्सवसाधारणहरु घरभित्रै बस्न बाध्य छन् भने अर्कोतिर किसानहरु भने दिनभर परेको पानीले हषिर्त बनेका छन् पानीसगै परेको हिमपातले चिसो बढाएपनि किसानहरु भने हिउदे बालीमा सिंचाई पुगेको पानीकै अभावमा हिउदे बाली सुख्खा हुदा मौसममा आएको एकाएक परिवर्तनले किसानहरु बाली फष्टाउनेमा ढुक्क छन्

Himalayan caravan is national leading travel company


                                   Tourism Year 2011    
Himalayan caravan is national leading travel company that offers widest range of outdoor activities and accommodation in Nepal.
Through our partners Himalayan caravan we enjoy the largest network of 4 offices across the Pokhara.From white water rafting,Treketing ,Ticketing,vehicle arrangement for off road trip,Trip to wild life tour. Himalayan caravan has something to ofer to everyone.


1.TREKKING
2.RAFTING\KAYAKING
3.PARAGLIDING\ULTRA LIGHT FLIGHT
4.NATIONAL PARKS,WILDLIFE RESERVE & CONSERVATION AREAS
5.HIKING
 and etc

Monday, February 8, 2010

हाँस तथा कुखुरालाई नष्टपार्ने काम सुरु


 पोखरा, $ माघ
पोखरामा देखा परेको बर्ड फ्लु नियन्त्रणको लागि रेपिड रेस्पोन्स टिम शनिबार देखि पोखराको सहारा स्कुल पर्वतालय संग्राहालय, सिताराम चोक पर्वतालय संग्राहालय सहारा स्कुल क्षेत्रबाट हाँस तथा कुखुरालाई नष्ट पार्ने काम सुरु ।कुखुरा  तथा हास लाई नष्ट पारीदै

Loadshedding shedule Pokhara

Loadshedding is increasing in Nepal. Here is the load shedding schedule for the city of Pokhara.

Saturday, February 6, 2010

पोखरामा वर्ड फ्लुपंक्षी तथापंक्षीजन्य पदाथ नष्ट


पोखरा, २३ माघ
पोखरामा देखिएको वर्ड फ्लु नियन्त्रणका लागि खटिएको प्राविधिक टोलीले शनिबारदेखि पंक्षी तथा पंक्षीजन्य पदाथ नष्ट गर्न शुरु गरेको छ । शनिबार विहानदेखि मार्न शुरुगरिएको प्राविधिक टोलीले साँझसम्म १ हजार ७ सय ८१ पंक्षी नष्ट गरेको क्षेत्रीय पशु निर्देशनालयले जनाएको छ ।पोखरा उपमहानगरपालिकाको वडा नं ७ र १७ मा प्राविधिक सहीतको तीन टोलीले १ हजार ६ सय ९६ कुखुरा, ८५ हासँ, पाचँ सय २९ किलो दाना र ८२ बटा अण्डा नस्ट गरेको हो । पोखरा उपमहानगरपालिकाको वडा नं ७ र १७ मा पर्ने ४० घरबाट उक्त परिमाणमा पंक्षी र पंक्षिजन्य प्रदार्थ नस्ट गरिएको पशु सेवा विभागका निर्देशक एवं जनसर्म्पर्क अधिकृत डा अमर शाहले जानकारी दिनुभयो । मारिएका पंक्षीहरुलाई पोखराको टुटुङ्गामा खाल्डो खनी पुरिएको क्षेत्रीय पशु निर्देशनालयले जनाएको छ । स्थानीय बासिन्दाको विरोध गरेपनि प्राविधिक टोलीले र्सार्वजनिक जग्गामा खाल्टो खनेर साँझमात्रै पुरेको थियो ।अघिल्लो दुइदिनदेखि नष्ट गर्नेभनिएपनि स्थानीय बासिन्दाको अवरोधले नष्ट गर्ने कार्य गर्न सकेको थिएन् । प्राविधिक टोलीले शनिबारमात्रै नष्ट गर्ने स्वीकृति लिएपछि धमाधम दिनभर मार्न शुरु गरेको थियो । पंक्षी मार्ने र त्यसलाई व्यवस्थापन गर्ने विषयमा स्थानीयबासिन्दासँग कुरा नमिल्दा काम शुरु हुन सकेको थिएन । संक्रमण क्षेत्र वरपरका पाँच हजार हाँस सहित झण्डै १२ हजार पंक्षि मार्ने योजना रहेको वर्ड फ्लु नियन्त्रण टोलीले जानकारी दिएको छ । नियन्त्रणका लागि तीनदिनसम्म पंक्षि र पंक्षिजन्य मार्ने कामलाई जारी राखिने निर्देशनालयले जनाएको छ ।जिल्ला पशु सेवा कार्यालयका प्राविधिक कर्मचारी सहितको ३० जनाको टोली तीनदिनदेखी वर्डफ्लु प्रभावित क्षेत्रमा खटिएका छन् । बर्डफ्लु प्रभावित पोखराको घारीपाटनको तीन किलोमिटर क्षेत्र वरपर ६ वटा चेक प्वाईन्ट बनाई उच्च र्सतर्कता अपनाईदै आइएको छ । स्थानीय ज्ञान ब. खड्को घरमा पालिएका हाँस र कुखुरा मरेपछि पोखरामा बर्डफ्लु देखिएको थियो