Saturday, February 6, 2010

पोखरामा वर्ड फ्लुपंक्षी तथापंक्षीजन्य पदाथ नष्ट


पोखरा, २३ माघ
पोखरामा देखिएको वर्ड फ्लु नियन्त्रणका लागि खटिएको प्राविधिक टोलीले शनिबारदेखि पंक्षी तथा पंक्षीजन्य पदाथ नष्ट गर्न शुरु गरेको छ । शनिबार विहानदेखि मार्न शुरुगरिएको प्राविधिक टोलीले साँझसम्म १ हजार ७ सय ८१ पंक्षी नष्ट गरेको क्षेत्रीय पशु निर्देशनालयले जनाएको छ ।पोखरा उपमहानगरपालिकाको वडा नं ७ र १७ मा प्राविधिक सहीतको तीन टोलीले १ हजार ६ सय ९६ कुखुरा, ८५ हासँ, पाचँ सय २९ किलो दाना र ८२ बटा अण्डा नस्ट गरेको हो । पोखरा उपमहानगरपालिकाको वडा नं ७ र १७ मा पर्ने ४० घरबाट उक्त परिमाणमा पंक्षी र पंक्षिजन्य प्रदार्थ नस्ट गरिएको पशु सेवा विभागका निर्देशक एवं जनसर्म्पर्क अधिकृत डा अमर शाहले जानकारी दिनुभयो । मारिएका पंक्षीहरुलाई पोखराको टुटुङ्गामा खाल्डो खनी पुरिएको क्षेत्रीय पशु निर्देशनालयले जनाएको छ । स्थानीय बासिन्दाको विरोध गरेपनि प्राविधिक टोलीले र्सार्वजनिक जग्गामा खाल्टो खनेर साँझमात्रै पुरेको थियो ।अघिल्लो दुइदिनदेखि नष्ट गर्नेभनिएपनि स्थानीय बासिन्दाको अवरोधले नष्ट गर्ने कार्य गर्न सकेको थिएन् । प्राविधिक टोलीले शनिबारमात्रै नष्ट गर्ने स्वीकृति लिएपछि धमाधम दिनभर मार्न शुरु गरेको थियो । पंक्षी मार्ने र त्यसलाई व्यवस्थापन गर्ने विषयमा स्थानीयबासिन्दासँग कुरा नमिल्दा काम शुरु हुन सकेको थिएन । संक्रमण क्षेत्र वरपरका पाँच हजार हाँस सहित झण्डै १२ हजार पंक्षि मार्ने योजना रहेको वर्ड फ्लु नियन्त्रण टोलीले जानकारी दिएको छ । नियन्त्रणका लागि तीनदिनसम्म पंक्षि र पंक्षिजन्य मार्ने कामलाई जारी राखिने निर्देशनालयले जनाएको छ ।जिल्ला पशु सेवा कार्यालयका प्राविधिक कर्मचारी सहितको ३० जनाको टोली तीनदिनदेखी वर्डफ्लु प्रभावित क्षेत्रमा खटिएका छन् । बर्डफ्लु प्रभावित पोखराको घारीपाटनको तीन किलोमिटर क्षेत्र वरपर ६ वटा चेक प्वाईन्ट बनाई उच्च र्सतर्कता अपनाईदै आइएको छ । स्थानीय ज्ञान ब. खड्को घरमा पालिएका हाँस र कुखुरा मरेपछि पोखरामा बर्डफ्लु देखिएको थियो

No comments:

Post a Comment

Please, comment about this article.