Saturday, August 18, 2018

रेडियो पश्चिम पोखराको आयोजनामा वातावरणमैत्री खुल्ला तिज गीत प्रतियोगिता भदौ २२ गते


पोखरा, १ भदौ । 
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा रेडियो पश्चिम पोखराले वातावरणमैत्री खुल्ला तीज गीत प्रतियोगिता एवं शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । 
अघिल्ला वर्षहरुमा वातावरण सम्बन्धी सचेतना दिने उद्धेश्यले सडक नाटक मन्चन तथा रेडियोबाट विभिन्न वातावरणमैत्री कार्यक्रम प्रशारण गरेको रेडियोले यस पटक तिजको अवसरमा वातावरणमैत्री तिज गीत प्रतियोगिताको आयोजना गरेको हो ।
सिटीपोखरा डट कम अनलाइन पार्टनर रहेको प्रतियोगिताका लागि कर्मचार्य वेक्स एण्ड फुट्स प्रा.लि.को एक उत्कृष्ट उत्पादन कर्मचार्य डाईजेष्टिक विस्कुट्सले मुख्य प्रायोजन गरेको छ ।
आगामी भदौ २२ गते शुक्रवार हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको रेडियोका सञ्चालक मोतिसागर अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि आवेदन खुल्ला भइसकेको र आवेदन फाराम रेडियोको कार्यालयमा प्राप्त गर्न सकिनेछ भने फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ । आवेदन भदौ २२ गते बिहान १० बजे सम्म भर्न सकिनेछ ।
गीतको माध्यमबाट समाजमा वातावरण सम्वन्धी सचेतना जगाउने उद्देश्यले वातावरणमैत्री तिज गित प्रतियोगिताको आयोजना गरिएको अधिकारीले जनाए । प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११, द्वितीय हुनेले ७ हजार १ सय ११, तृतीयले ४ हजार १ सय ११ र सान्त्वना हुनेले २ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्य र भेषभूषालाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । उक्त कार्यक्रममा  तारापति सुवेदी, जीवन दाहाल, लक्ष्मी नेपाली साथै अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेडियोले जनाएको छ ।
कार्यक्रममा पोखराका उद्योग, व्यवसायी, संघ–संस्था, आमा समुह, राजनीतिज्ञ, कला, साहित्य, सांस्कृतिक, शिक्षा लगायत विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता रहने  अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा सामुहिक दर खुवाउने कार्यक्रम समेत रहेको छ ।
नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नका साथे वातावरण सफा राखौें भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा गाउने गीतहरु पनि सोही अनुरुप, समय सान्दर्भिक हुनुपर्ने रेडियोका कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्रतियोगीहरुले राजनीति र कोही कसैमाथि आक्षेप लगाउने खालको गीत गाउन पाउने छैनन् र एक टिममा नृत्य सहित ७ जना सम्म रहन पाउनेछन् । प्रतियोगिताको रेडियो पश्चिम पोखराले प्रत्यक्ष प्रशारण गर्नेछ । प्रतियोगितामा करिब २५ टिमको सहभागीता रहने रेडियोको अपेक्षा छ । 
यसै गरी सहप्रायोजकमा हेमजा आधुनिक सुपर मार्केट र कर्मचार्य ग्रुपको उत्कृष्ट उत्पादन कोसेली शुद्ध तोरीको तेल रहेका छन् भने प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ । कार्यक्रमको प्रायोजकहरूमा सुजल डेरी प्रालिको उत्पादन सफल दूध, नारायण प्लाई उद्योग लेखनाथ, पञ्च आयुर्वेद बुद्धचोक, हङकङ व्युटी इन्स्टिच्यूट कलेज  महेन्द्रपुल, हेमजा निर्माण कन्ट्रक्सन,  हेमजा आरएमसी प्रालि हेमजा, हेमजा हस्पिटल रिसर्च सेन्टर प्रालि, विजी हस्पिटल प्रालि माटेपानी, एक्सपर्ट एजुकेशनल भिषा एण्ड सर्भिसेस सिद्धार्थचोक, एस स्याङजा सुन चाँदी पसल विन्दवासिनी, रूपाकोट ज्योती सुनचाँदी पसल, गुरूङ व्युटी पार्लर, वेकन प्रिमियर एजुकेशन सिद्धार्थ चोक, मैला घडी मर्मत सेण्टर बगर, कैलाश विकास बैैक हेमजा शाखा, ईआईए सिएकलेज सिर्जनाचोक, स्याङजा ज्वेलर्स सुनचाँदी पसल मोहोरिया टोल, दलबहादुर सुनचाँदी पसल रामबजार र शाखा सिर्जनाचोक, शुभकामना सुनचाँदी पसल चिप्लेढुङगा, हिमालयन कलेज हस्पिटालिटी म्यानेजमेन्ट महेन्द्रपुल, अन्नपुर्ण सुपर मार्केट महेन्द्रपुल, बस्ताकोटी रिसोलिङ टायर, दि युनाईटेड गोल्ड मार्ट चिप्लेढुङ्गा र आविष्कार क्लिनिक वुद्धचोक लगायतका रहेका छन् ।

Tuesday, July 17, 2018

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराको रक्तदानमा १ सय ६० युनिट रगत संकलन Blood Donation Pokhara

पोखरा ३२ साउन 
 नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराले आयोजना गरेको रक्तदानमा १ सय ६० युनिट रगत संकलन भएको छ । क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा समितीद्धारा पोखरा रंगशालामा आयोजित रक्तदान कार्यक्रममा एशोसियसनमा आवद्ध सदस्य तालिम केन्द्रमा प्रशिक्षणरत प्रशिक्षार्थीहरुले रक्तदान गरेका थिए । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर बुद्धि बहादुर थापाले पहिलो रक्तदाता राजु थापालाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदान कार्यक्रममा १ सय ६० युनिट रगत संकलन भएको हो । 
सो अवसरमा वोल्दै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर बुद्धि बहादुर थापाले खेर जाने रगतलाई रक्तदान गरी अर्काको जीवन जोगाउनका लागी महत्वपूर्ण भुमिका खेल्ने वताए । रक्तदानमा युवाहरुको उल्लेख्य सहभागीताले अन्य युवाहरुलाई पनि रक्तदान प्रति अभिप्रेरित गराउने भएकाले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
त्यसैगरी भारतिय भुतपुर्व गोर्खा ब्रिगेट नेपालको अध्यक्ष कणेल कमानसिंह गुरुङले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले रक्तदान जस्तो काममा एशोसियसनमा आवद्धरत युवाहरुलाई समाहित गराएर सामाजिक काममा अग्रसरता देखाएकोमा खुसी ब्यक्त गरे । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन नेपालका प्रमुख संरक्षक क्याप्टेन राम प्रसाद गुरुङले एशोसियसनले विगत तीन बर्षदेखी एशोसियसनले रक्तदान जस्तो सामाजिक काम गर्दै अगाडी वढिरहदा आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराका अध्यक्ष गज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितीका उपाध्यक्ष सुवेदार केहरसिंह गुरुङले स्वागत मन्तब्य राखेका थिएभने समितीका सचिव सुवेदार जीत बहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए । 

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र पोखरा सप्तगण्डकीद्धारा गण्डकी हस्पिटल परिसरमा वृक्षारोपण-Lions Club of Pokhara United Chautari


 पोखरा ३२ असार ।
 लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र लायन्स क्लव अफ पोखरा सप्तगण्डकीले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) परिसरमा वृक्षारोण गरेको छ । दुई वटा लायन्स क्लवहरुको साझेदारीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( गण्डकी ) हस्पिटल परिसरमा कपुर, अशोका, धुपी लगायतका ४८ वटा विरुवाहरु रोपेको हो । 
बृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डाक्टर नरेन्द्र बिक्रम गुरुङले लायन्स क्लवहरुले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृक्षारोपण गरेर आफ्नो संस्थामा खाली रहेको जग्गामा हरियाली बनाउने काममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । स्वास्थ्य संस्था वरपर वृक्षारोपण गरी लायन्स क्लवहरुले सामाजिक काममा अगाडी वढेकोमा गुरुङले आगामी दिनमा यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए । 
सो अवसरमा वोल्दै जोन चियर पर्सन चिनु गुरुङले वोटविरुवाहरुको बारेमा जानकारी दिदै वोटविरुवा रोप्नु ठूलो कुरा नभएको यसलाई गोडमेल र हुर्काउनका लागी पनि लायन्स क्लवहरु लागी पर्नुपर्नेमा जोड दिए । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ पोखरा सप्त गण्डकीका अध्यक्ष सविता श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइनभने कार्यक्रम संयोजक लायन्स संयोजक एम जे एफ लायन कमल बहादुर बस्नेतले धन्यवाद मन्तब्य राखेका थिए ।
लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका सचिव लालकाजी गुरुङले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लव ३२५ बी वान का अग्रज लायन्स लिडरहरुको समेत सहभागीता रहेको थियो । 

पोखराका भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड-Pokhara News

पोखरा, ३२ असार

पोखराका भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । टुरिजम ईन्टरप्रेटर वुमन एशोसिएसन अफ नेपाल  टेवानले आयोजना गरेको अशक्त महिला सशक्तिकरणका लागि मेहेन्दी विशेष कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटकीय नगरी पोखरामा अशक्त पर्यटकहरुको पनि आगमन हुने भएकोले पोखराका भौतिक संरचनाहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका हुन् । 

नेपाल टुरिजम वोर्ड क्षेत्रिय कार्यालयको प्रवद्र्धन, ईन्डिपेन्डेन्ट लिभिङ सोसाईटी नेपाल र महिला अपाङ्गता सशक्तिकरण कास्कीको सहआयोजनामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका केन्द्रिय सदस्य तथा गुरुङ ब्युटी पार्लर एकेडेमी प्रा.लि.का प्रबन्ध निर्देशक चिनु गुरुङले अशक्त महिलाहरुको सशक्तिकरणको लागि आफु जहिले पनि सकारात्मक भएको बताउँदै उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउन उद्यमशिलताको तालिम दिन आफु तयार रहेको बताए । टेवानले आयोजना गरेको मेहन्दी कार्यक्रमले पनि अशक्त महिलाहरुलाई उद्यमशिल बनाउन मद्दत पुग्नेमा गुरुङले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, नेपाल टुरिजम वोर्ड क्षेत्रिय कार्यालयका अधिकृत प्रदिप गैरे, ईन्डिपेन्डेन्ट लिभिङ सोसाईटी नेपालका अध्यक्ष हेम गुरुङ, महिला अपाङ्गता सशक्तिकरण कास्कीका अध्यक्ष अञ्जना केसी लगायतले अपाङ्गता भएका महिलाहरु पनि सपाङ्गता जसरी उद्यमी गरेर आर्थिक रुपमा सक्षम बन्ने सक्नेमा जोड दिएका थिए । 

मेहेन्दी लगाउन उलेख्य मात्रामा महिलाहरुको सहभागीता रहेको कार्यक्रममा शारीरिक रुपमा अशक्त महिलाहरुले सहभागीलाई मेहेन्दी लगाईदिएका थिए । कार्यक्तम टुरिजम ईन्टरप्रेटर वुमन एशोसिएसन अफ नेपाल टेवानका अध्यक्ष लक्की कार्कीको अध्यक्षतामा भएको थियो ।

Monday, July 9, 2018

रोटरी पोखरा फिस्टेलको १६ औं पदस्थापन -Rotary Club of Pokhara Fishtail


पोखरा, २३ असार । 
रोटरी क्लब अफ पोखरा फिस्टेलको १६ औं र रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको १२ औं पदस्थापना समारोह सम्पन्न भएको छ ।  
प्रमुख अतिथि डिस्ट्रिक गभर्नर इलेक्ट किरणलाल श्रेष्ठले नवनियुक्त बोर्ड डाइरेक्टरलाई शपथ ग्रहण गराउँदै रोटरी क्लबले हालसम्म गरेका कामबारे प्रकाश पारे । उनले रोटरी पोखरा फिस्टेलले मानवीय सहायतामा आफ्नो कदम अग्रसर गराएको प्रति प्रशंसा गरे । समारोहमा रोटरी पोखरा फिस्टेलका अध्यक्ष लक्ष्मी थापा गिरीले आफ्नो कार्यकाल वर्ष २०१७/०१८ मा गरिएका क्रियाकलापबारे जानकारी गराइन् । यस्तै, नवनियुक्त प्रेसिडेन्ट बाबुराम पाठकले वर्ष २०१८/०१९ मा आफूले गर्ने कार्ययोजना बारे जानकारी दिए । 
क्लबको नवनियुक्त बोर्ड डाइरेक्टरमा प्रेसिडेन्ट इमिडिएट बाबुराम पाठक, निवर्तमान प्रेसिडेन्ट लक्ष्मी थापा गिरी, पे्रसिडेन्ट इलेक्ट अर्जुन थापा, भाइस प्रेसिडेन्ट रमेशप्रसाद कोइराला, सचिव दीपक पोखरेल, कोषाध्यक्ष लक्ष्मी कुवर, सर्जेन्ट एट आर्म पूर्व अध्यक्ष भुवनसिंह गुरुङ, क्लब टे«नर पूर्व अध्यक्ष विनोद कोइराला, क्लब मेन्टर पूर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, एड्मिन डाइरेक्टर पूर्व अध्यक्ष नरबहादुर गुरुङ, मेम्बरसीप डाइरेक्टर पूर्व अध्यक्ष रमाकान्त बराल, सर्भिस प्रोजेक्ट डाइरेक्टर पूर्व अध्यक्ष नारायण शर्मा, युथ सर्भिस डाइरेक्टर पूर्व अध्यक्ष जयेन्द्र गौचन र वेवमास्टरमा आदित्य चन्द छन् । चियरमेम्बरमा एड्मिनतर्फ अशोक चालिसे, पब्लिक रिलेसनमा बिमला भण्डारी, मेम्बरसीप चियरमा जगनसुब्बा गुरुङ, सर्भिस प्रोजेक्टमा प्रेमबहादुर थापा, टिआरएफमा वासु त्रिपाठी र युथ सर्भिसमा रञ्जु गुरुङ चयन भए । 
सो अवसरमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको वर्ष २०१७।१८ की अध्यक्ष अमृता पौडेलले वर्ष २०१८।१९ की अध्यक्ष विद्या कोइरालालाई पद हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा रोटरियन रोश गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै, रोटरी पोखरा फिस्टेलको प्रकाशन ‘फिस्टेल’ स्मारिका र रोट्रयाक्ट पोखरा फिस्टेलको प्रकाशन ‘प्रतिबिम्ब’ विमोचन गरिएको थियो ।
पोखराका सम्पूर्ण क्लबका इनकमिङ र आउटगोइङ प्रसिडेन्ट लगायत डिष्ट्रिक अफिसियल मेम्बरको सहभागिता रहेको कार्यक्रममा वर्षभरि उत्कृष्ट कार्य गर्नेलाई अवार्ड प्रदान गरिएको पब्लिक रिलेसन डाईरेक्टर बिमला भण्डारीले जानकारी दिइन् । 
कार्यक्रममा स्वागत रोटरी पोखरा फिस्टेलका पूर्व अध्यक्ष विनोद कोइरालाले गरेका थिए भने सञ्चालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन् । 
पृथ्वीरुपा माविको भवन निर्माणमा सहयोग पु¥याएको रोटरी पोखरा फिस्टेल खानेपानी, शिक्षा, छात्रवृत्ति लगायत सामाजिक कार्यमा सक्रिय रहँदैआएको छ ।

Sunday, July 8, 2018

होमस्टे सञ्चालकलाई पर्यटन व्यवस्थापन तालिम प्रदान Home stay Tourism Management Training


पोखरा, २४ असार

मनोरम तथा ऐतिहासिक स्थल राईनासकोटका होमस्टेका सञ्चालहरुलाई होमस्टे पर्यटन व्यवस्थापन तालिम प्रदान गरिएको छ । लम्जुङको राईनास नगरपालिका स्थित प्रसिद्ध पर्यटकीय स्थल राईनासकोटमा रहेको राईनास होमस्टेका सञ्चालकहरुलाई गाऊ पर्यटन प्रबद्धन मञ्च, नेपालको आयोजना र पर्यटन बोर्ड पोखराको सहकार्यमा २ दिने तालिम प्रदान गरिएको हो ।

भुकम्पले क्षेतिग्रस्त बनेको राईनासकोट वस्ती पुननिर्माण गरिए सँगै होमस्टेको रुपमा विकास भएको छ । भूकम्पपछि राईनासकोटमा सबिधा सम्पन्न होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको छ । भौतिक संरचना संगै होमस्टेमा पाहुनाहरुको बृद्धि हुन थालेपछि पाहुनाको ब्यबस्थापन, मनोबिज्ञान, होमस्टेमा आवश्यक पर्ने मौलिकता, सस्कार,सस्कृति लगाएतका बिषयमा तालिम लिईएको गाँऊ पर्यटन प्रबद्धन मञ्च, प्रदेश नं ४ का सस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

तालिम समापन समारोहको अवसरमा प्रदेश नं. ४ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले होमस्टे गाँउ पर्यटनको अभिन्न अगं भएको बताउदै प्रदेश सरकारले ३० करोड रकम होमस्टे पर्यटन पूर्वाधार विकासको लागी छुट्टाएको जानकारी दिए । २०२२ मा २५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सम्म पुग्न होमस्टेको भुमिका महत्वपुर्ण उनले बताए । गुरुङ जातीको बस्ती रहेको राईनासकोटमा उनीहरुको कला, सस्कृतिलाई जोगाउन संग्राहलयको व्यवस्थापन गर्दै गाँउमै उत्पादिन खाद्य वस्तुहरु होमस्टेमा आउने पर्यटकहरु लाई खुवाउन सकेमा मात्र यस ठाँउ पर्यटकको पहिलो गन्तव्य स्थल बन्न सक्ने धारणा राखे । होमस्टेमा आउने पर्यटकहरुको तथ्याङ राख्न मन्त्री लम्सालको सुझाव थीयो । गण्डकी प्रदेशको विकास र समृद्धीको लागी ग्रामिण पर्यटन पूर्वाधार लाई आफुले जोड दिएको उनले बताए ।

नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले राईनासको दिगो बिकासका लागि आफुले जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउदै राईनासकोट क्षेत्र विकासको लागी आफु निरन्तर लाग्ने प्रतिबद्दता जनाइन् । अर्का प्रदेश सभा सदस्य धन्ञजय दवाडीले गाँउको बिशेषता पहिचान गरेर होमस्टे सञ्चालन गर्नुपर्ने भन्दै अर्गा्निक खाना,बिभिन्न संस्कृति लाई जोड दिएर होमस्टे सञ्चालन गर्नुपर्ने बताए । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकले राईनासकोट भरिभराउन हुने र यस ठाँउको उन्नती र प्रगति हुने उनको भनाई थीयो ।

प्रदेश सभा सदस्य मधु अधिकारीले गाँउ पर्यटन लाई पहिलो प्रथामिकतामा राखेर सरकारले नयाँ कार्ययोजान बनाउनुपर्नेमा जोड दिदै रोजगारी सिर्जना गर्ने गरी होमस्टे सञ्चालन गर्नुपर्ने बताए । गाँऊ पर्यटन प्रबद्र्धन मञ्चका संस्थापक अध्यक्ष एवम् पर्यटनविद्ध प्रेम शर्माले विगतको शैली परिर्वतन गर्दै होमस्टे सञ्चालन गर्नुपर्ने बताए । उनले पर्यटन निजी क्षेत्रले चलाउनुपर्ने र सरकारले पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । राईनासकोटमा रहेका केही पुराना घरलाई पौराणीक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ । पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भएको छ । अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलोे, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ । त्यसैगरी राईनासकोट प्रवद्र्धनका लागि एग्रोटुरिजम अवधारणा पनि सँगसँगै बढाइएको छ । 

म्याग्दीमा बिद्यालयमा तोडफोड-News of Pokhara

मिति २०७५/०३/२३ गते रातको समयमा जिल्ला म्याग्दी बेनी नगरपालीका वडा नं.-१अर्जम स्थित रहेको रामचन्द्र मा.वि.को बिद्यालयमा अफिसको पछाडी पट्टिको झ्याल फोडी अफिस भित्र रहेको कंम्प्युटरको ब्याकअप  र टेबल तोडफोड गरेको छ  भन्ने खबर मिति २०७५/०३/२४ गते दिउँसो १३:३० बजे बिद्यालयका प्रधानध्यापकले प्रहरी लाइ खबर प्राप्त हुन साथ तत्कालै प्रहरी टोली खटिई गई बुझ्दा स्कुलको पछाडीको झ्याल तोडी भित्र रहेका  कंम्प्युटरको ब्याकअप  र टेबल बाहिर निकाली तोडफोड सथै आगजनि गरेको छ । उक्त घटनाका विषयमा स्थानिय  रोसन थापा लाई शंका लागी सोधपुछ कार्य भईरहेको छ । तोडफोडबाटअन्दाजी रु.६८,५००।- बराबरको क्षेती भएको छ ।

Saturday, July 7, 2018

सरकारले गर्नुपर्नेकाम जनताले गरेको भन्दै स्वास्थ्य राज्यमन्त्री द्धारा प्रसंसा





स्याङजा २३ ,असार ।

   स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा एम्वुलेन्स सेवा शुरुभएकोछ । स्वास्थ्य तथा जनसख्या राज्य मन्त्री पद्मा कुमारी अर्यालले एक कार्यक्रमका विच स्वरेक टापु बाट एम्वुलेन्स सेवा शुभारम्भ गर्नुभयो । नमुना स्वरेक सामाजिक कोष कतार र नमुना स्वरेक सहयोगी समाज स्याङजाले संयुक्त रुपमा संचालन गर्ने एम्वुलेन्सको साचो पत्रकार एवं नमुना स्वरेक सहयोगी समाजका अध्यक्ष घनश्याम पाण्डेय लाई मन्त्रीले हस्तान्तरण गर्नुभयो ।

 मन्त्री अर्यालले एम्वुलेन्स खरिद एकताले नै सम्भव भएको भन्दै स्वदेश विदेश बाट  अभियानमा लाग्नेहरु प्रति प्रसंसा गर्नुभयो ।अब  स्वरेकमा विकासको शुरुवात भएको भन्दै वालिङ मिर्दि देखि स्वरेक मैदान बाटो पिचको काम शुरु हुने बताउनु भयो । उहाँले भीरकोट सुन्दर बजार स्वरेक भञ्ज्याङ हुदै मैदान जोडने बाटो पनि पिच गर्न आफुले पहलगर्ने बताउनुभयो ।विकासको लागि सवै संग हातेमालो गर्ने भन्दै मन्त्री अर्यालले स्वरेक लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराएर छाड्ने बताउनु भयो । सिदार्थ राजमार्गको छेउमा हुदा पनि आज सम्म विकास नभएको भन्दै मन्त्री अर्यालले अब विकास गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।उहाँले स्वरेकमा स्थास्थ चौकी निर्माण छिटै हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेकपाका स्थायि समिति सदस्य एवं साँसद मुकुन्द न्यौपानेले स्वरेकमा एम्वुलेन्स ल्याउनको लागि पहलगर्ने सवै प्रति आभार प्रकट गर्दे एम्बुलेन्स आपतकालिन अबस्थामा साथी भएको बताउनुभयो ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले एम्बुलेन्स सञ्चालन दिगो बनाउनु पर्नेमा जोड दिदै खनालले ठिक ढंगले विरामीको रेकर्ड राख्न आग्रह गर्नुभयो । कुल खर्चको ५० प्रतिशत खर्च भीरकोट नगरपालिका साझेदार गर्न तयार रहेको खनालले उदघोष गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता चक्र बहादुर पराजुलीले एम्बुलेन्स सेवा सञ्चालन आउनु स्वरेकीहरुको लागि खुशीको खबर भएको बताउनु भयो ।

वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले एम्वुलेन्स सञ्चालनमा वालिङ नगरपालिकाको पनि साथ रहने बताउनु भयो ।

पर्यटन मन्त्रालयका पुर्व सह सचिव उमाकान्त पराजुलीले आफ्नो जन्मभुमिमा एम्वुलेन्स संचालनमा आएको भन्दै सवै स्वरेकी हर्षित भएको बताउनुभयो ।

पराजुलीले दिगो रुपमा एम्वुलेन्स संचालनको लागि नगरपालिकाले अभिभावको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयले एम्बुलेन्स अभियानमा  स्वतस्फुर्त रुपमा सहयोग आएको भन्दै सहयोगीहरु प्रति धन्बयाद ब्यक्त गर्दे मन भएकाहरुको सहयोगले आफुहरु सफल भएको बताउनु भयो । पाण्डेय १३ लाख संकलन भएकोमा एम्बुलेन्स सञ्चालन सम्म ल्याउदा कुल ११ लाख ५० हजार खर्च भएको बताउनु भयो । स्वरेकमा एम्बुलेन्स मात्रै देखिएको तर एम्बुलेन्स ल्याउन धेरैको धेरै ठाउँमा पसिना बगेको भन्दै विदेशी भुमिमा बगाएको पसिना बाट एम्वुलेन्स आएको भन्दै दिगो रुपमा सञ्चालन गर्न सवै स्वरेकीले साथ दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वालिङ ११ का वडा अध्यक्ष बसन्त मल्ल र र भीरकोट ५का वडा अध्यक्ष यम प्रसाद अधिकारी (लक्ष्मण)ले एम्वुलेन्स सञ्चालनको लागि आफुहरुको सधै साथ रहने बताउनु भयो ।

कार्यक्रममा एम्बुलेन्स अभियानमा सहयोग गर्नेहरु लाई स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल , भीरकोटका मेयर छायाराम खनाल, समाजका अध्यक्ष घनश्याम पाण्डेय लगायतले  सम्मान  गर्नुभएको थियो । कार्यक्रममा  एक घर एक आजिवन सदस्यता अभियान अन्तरगत हाल सम्म झण्डै २ सय जना आजिवन सदस्य भएकाहरु लाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । र्काक्रममा समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनी,सचिव इन्द्र प्रसाद पराजुली(नबराज)लगायले बोल्नुभएको थियो ।

नमुना स्वरेक सामाजिक कोष कतार अन्तरगत शुरुमा एम्बुलेन्स अभियानका अभियन्ताहरुमा संयोजक भेषराज पराजुली,सह संयोजक जीवन पौडेल रहुनभएको थियो । सदस्यहरुमा विष्णु पंगेनी,बालकृष्ण पराजुली , गोविन्द पराजुली र इश्वर पराजुली रहुनभएको थियो । नेपाल संयोजक एवं प्रचार प्रसार संयोजक घनश्याम पाण्डेय रहुनभएको थियो ।

Thursday, July 5, 2018

कास्कीमा ठुलो मात्रामा सामान सहित चोरी गर्ने २ ब्यक्ति पक्राउ -Pokhara News

पोखरा, २१ असार 
पोखराको लेकसाइड क्षेत्रमा विभिन्न होटलबाट चोरी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । भन्डै एक महिनाअघिदेखी चोरी गर्दै आएका दुईजनालाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
कास्की प्रहरीले चोरीमा संलग्न दुई युवालाई चोरी गरिएको सामानसहित बुधबार सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न ठाउँमा चोरी भएको घटनाको सिसिटिभी फुटेज तथा मोबाइल एवं ल्यापटप बनाउने पसलमा प्रहरीले समन्वय गरी चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ९ स्थाई घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने ४१ बर्षिय डोर बहादुर बुढा ( जिवन) लाई पक्राउ गरेको हो । बुढाको डेरा खानतलासी गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम कास्कीको बिशेष टोलिले सामाग्रीहरु फेला पारेको हो ।
बुढालाई प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दै जादा निजको सम्पर्कमा जिल्ला धादिङ साविक सेरतुङ गाबिस वडा नं २ घर भई हाल जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ३१ डेरा गरी बस्ने बर्ष ४२ का प्रेम तामाङलाई पक्राउ गरेको छ । दुबै मिलि लेकसाइडका विभिन्न स्थानबाट सामाग्रीहरु चोरी गरेको फेला पारेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको चोरी गरेको सामाग्रीहरु यस प्रकार छ ।
डोर बहादुर बुढा र प्रेम तामाङको साथबाट बरामद भएका सामानहरुको विवरण
  • Apple A1474 iPad
  • Logitech wireless keyboard
  • Samsung NP-QX 411-WO1UB
  • Mobile cover-६ थान.
  • सिल्भर रङको Power bank
  • सेतो रङको  power bank
  • IPad
  • TW STEEL लेखेको घडी
  • GEO NAUTE लेखेको निलो रङको घडी
  • Samsung galaxy tab s2
  • HP laptop र कभर
  • Oppo A375 मोवाईल
  • OppoF1S मोवाईल
  • Oppo F3 मोवाईल
  • Samsung galaxy c7 pro मोवाईल
  • Samsung galaxy s5 मोवाईल
  • Samsung galaxy GT_56790 मोवाईल
  • Samsung SMB313E/D मोवाईल
  • HTC PNO7140 मोवाईल
  • कालो रङको टोपि
  • Sony camera
  • Axle router
  • Deuteraer stripes कालो रङको छालाको झोला
  • विभिन्न रङका झोला हरु-६ थान.
  • कालो रंङको छालाको झोल
  • सुनको जस्तो देखिने कानमा लगाउने मुन्द्रा २ थान
  • सुनको जस्तो देखिने घाटिमा लगाउने “J” लेखेको लकेट भएको सिक्री
  • सुनको जस्तो देखिने धातुको बेरुवा औठि
  • सुनको जस्तो देखिने २ वटा हरियो पत्थर भएको औठि
  • नगद रु.१,१८,५००।–
  • निलो विड भएको पेचकस
  • हेक्सा ब्लेड
  • हातको पन्जा
  • सेल्फि स्टिक
  • डोर बहादुर बुढाले कृषि बिकास बैङ्क लि.मा रकम जम्मा गरेको भौचर दुई थान ।

निरीक्षण तथा अवलोकन भ्रमण सम्पन्न News of Pokhara



पोखरा, २० असार 
४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले यही आषाढ २० गते पोखरा स्थित पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गणको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।
निरीक्षणका क्रममा क्षेत्रीय प्रहरी गण मुख्यालय पुग्नुभएका प्रहरी प्रमुख बोहरालाई प्रहरीको एक टुकुडीले सम्मान सलामी अर्पण गरेको थियो । निरीक्षणका क्रममा उहांले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुभई विभिन्न शाखा, प्रहरी कर्मचारीहरुको मेष, व्यारेक लगायत कार्यालयका भौतिक श्रोतसाधनहरुको समेत निरीक्षण गर्नु भएको छ ।
उक्त निरीक्षणकै क्रममा उहाँले क्षेत्रीय प्रहरी गणको परीसरमा मा रहेको क्षेत्रीय प्रहरी अस्पतालको समेत निरीक्षण एवम अवलोकन गर्नु भएको हो ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले देश संघिय संरचनामा गई आम नागरीकले घर-घरमा सरकारको उपस्थिती महसुश गरिरहेको वर्तमान अवस्थामा आम नागरीकको प्रहरी प्रतीको अपेक्षामा समेत वृद्दी भएकाले प्रहरी सदैव नागरीकमैत्री सेवा प्रवाहमा कटिवद्ध रहनुको विकल्प नरहेको बताउनु भएको छ ।
साथै नेपाल प्रहरीको प्रयासले मात्रै समाजमा प्रभावकारी शान्ति सुरक्षा कायम हुन नसक्ने भएकाले प्रहरीले आम नागरीकसंग मिलेर समाजका विकृती विसंगतीहरुको न्यूनिकरणमा जोड दिनुपर्ने बताउनु भएको छ ।

युनाइटेड क्लवद्धारा कालिका पब्लिक कलेजका दुई विद्यार्थीलाई छात्रबृत्ति वितरण-United Club Chhatrabriti Bitaran Pokhara


पोखरा २० असार ।
 सामाजिक क्रियाकलापमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेज रामबजारमा छात्रबृति वितरण गरेको छ । स्थापनाकालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया गन्तब्य चिडियाखाना निर्माणमा जोड दिदै सेती नदी संरक्षणमा अगाडी वढेको क्लवले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालिका पब्लिक कलेजमा अध्ययनरत दुइ जना छात्र छात्रालाई छात्रबृत्ति वितरण गरेको हो ।
क्लवले कालिका पब्लिक कलेज मानविकी संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुरेन्द्र शाही र ब्यवस्थापन संकाय स्नातक तह पहिलो वर्षमा अध्ययनरत अन्जु गिरीलाई छात्रबृत्ति स्वरुप जनही १५ हजार प्रदान गरिएको हो । छात्रबृत्ति वितरण कार्यक्रममा वोल्दै कलेजका ब्यवस्थापन समिती अध्यक्ष जनकराज बोहोराले युनाइटेड क्लवले नाम अनुसारको उद्देश्य लिएर काम गरेको र सोही अनुसार कालिका माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर आफ्नो विद्यार्थीमाथी ठूलो गुन लगाएको वताए । क्ल
वले पांच वर्ष अगाडी कालिका माविमा अध्ययनरत विद्यार्थीका लागी छुट्टै छात्रबृत्ति कोष स्थापना गरेको भएतापनि यो वर्ष कलेज लेवलमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेकोमा अध्यक्ष बोहोराले खुसी ब्यक्त गरे ।
सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले कालिका पब्लिक कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागी क्लवले सुरुवातको दिनदेखी काम गर्दै आइरहदा हाल आएर छात्रबृत्ति कोष बाहेक पनि विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्न पाउदा आफुहरु निकै हर्षित भएको वताए । ८ वर्षको अन्तरालमा युनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखराको लेखनाथ पचभैया क्षेत्रमा चिडियाखाना निर्माणको काम थालनी गर्न पाउदा निकै खुसी लागेको वताए । पोखरा महोत्सवको आयोजना गरी मनोरन्जन मात्र नभइ महोत्सवमा टिकटमार्फत उठाइएको रकम सामाजिक काम मार्फत जनताको सेवामा खर्चन पाउनु नै क्लवको लागी महत्वपूर्ण काम भएको बख्रेलको भनाइ रहेको छ । 
क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमितीका संयोजक लालाकजी गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखीनै अति विपन्न विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न विद्यालयहरुमा छात्रवृत्ति अक्षय कोषहरु स्थापना गर्दै आइरहेको र हाल सम्म कास्की र छिमेकी जिल्लाहरुमा गरी विभिन्न ८ वटा सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गरेको वताए । यो वर्ष मात्र कालिका पब्लिक कलेज संगै अन्य विद्यालयहरुमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको गुरुङले वताए । क्लवका महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लवका आजिवन सदस्य तथा शिक्षा उपसमिती सदस्य शिद्धि कुमार श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने कार्यक्रममा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना लगायतको सहभागीता रहेको थियो ।  

रामबजारका सुनचाँदी ब्यवशायी र मोवाइल पसलले सिसी क्यामेरा राख्ने-Pokhara-News

पोखरा, २० असार 
पोखराको रामबजारमा रहको सुनचादी ब्यवशायी र मोवाइल पसलेहरुले आफ्नो पसलमा सिसी क्यामेरा राख्ने भएका छन् । आफ्नो पसलको सुरक्षा र समाजमा कुनै घटना भएमा त्यसको पहिचानका लागि सजिलो होस् भनी सुनचांदी ब्यवशायी र मोवाइल पसलेहरुले पसलहरुमा सिसी क्यामेराहरु जडान गर्ने भएका हुन् ।
वडा प्रहरी कार्यालय रामबजारको प्रतिवद्धता अपराध विरुद्धको एकता भन्ने मुल नाराका साथ बुधबार वडा प्रहरी कार्यलय रामबजारले आयोजना गरेको कार्यक्रममा सहभागी ब्यवशायीहरुले आफ्नो ब्यवशायको सुरक्षा र प्रहरीको काम कारवाहीलाई सहजता होस भन्ने उद्देश्यले आगामी दिनमा छिट्टै सिसी क्यामेरा जडान गर्ने वताएका हुन ।
उक्त अवसरमा वोल्दै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर केसीले ब्यवशायीहरुले आफ्नो सुरक्षाका लागी सिसी क्यामेरा जडान गर्नु अहिलेको आवश्यक्ता भएको वताए । सानो पसलहरुमा पनि सिसी क्यामेरा जडान गरेको खण्डमा साना तथा ठूला घटना तथा चोरीमा संलग्नहरुलाई खोजी गर्न सजिलो हुने केसीको भनाइ रहेको छ ।
सुनचांदी ब्यवशायी संघ कास्कीका पूर्व अध्यक्ष तथा विश्वकर्मा सुनचांदी पसल रामबजारका संचालक चन्द्रकिशोर गौतमले अहिले सम्म वडा प्रहरी कार्यालयमा आएका प्रहरी प्रमुखहरुले आफुहरुको पसलको सुरक्षाको बारेमा केही छलफल नभइरहदा हाल कार्यरत प्रहरी प्रमुखले आफुहरुको पेशाको बारेमा चासो देखाएकोमा खुसी ब्यक्त गरे ।
गौतमले रामबजार क्षेत्रमा भएका सुनचांदी पसलहरुमा छिट्टै नै सिसी क्यामेरा जडान गर्ने प्रतिवद्धता ब्यक्त गर्दै सिसी क्यामेरा जडानले आफुहरुको पेशामा समेत सुरक्षा हुने र केही घटनाहरु भएमा प्रहरीलाई कारबाही गर्न समेत सजिलो हुने वताए ।
त्यसैगरी रामबजार क्षेत्रमा मोवाइल पसल सञ्चालन गर्दै आएका गनी मियाले आफुहरुले पनि छिट्टै नै मोवाइल पसलहरुमा सिसी क्यामेरा जडान गर्ने प्रतिवद्धता ब्यक्त गरे । उक्त अवसरमा वडा प्रहरी कार्यालय भित्र रहेका सुनचादी तथा मोवाइल पसलका संचालकहरु २६ जनाको सहभागीता रहेको थियो ।

जोन २३ को ‘प्रि– एड्भाइजरी कमिटि मिटिङ- Pre-Advisory-Committee-Meeting



पोखरा, २० असार 
 लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका जोन चियरपर्सन सोवित पौडेलले ‘डिष्ट्रिक्ट गभर्नर्स प्रि–एड्भाइजरी कमिटी मिटिङ’ सम्पन्न गरेका छन् । रिजन ११ अन्तर्गत जोन २३ का क्लबहरुको सहभागितामा उनले मिटिङ गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी राम बसेलले जोन अन्तर्गतका क्लबहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनेमा आफू विश्वस्त रहेको बताए । 
कार्यक्रममा डिष्ट्रिक्टका चिफ एडभाइजर ध्रुव श्रेष्ठ, डिपार्टमेन्ट चिफ तीर्थ श्रेष्ठ, डिष्ट्रिक्टका एडभाइजर विनोद ढुङगाना, रिजन चियरपर्सन अर्जुनबहादुर थापा, जोन चियरपर्सन अर्जुन पोखरेल लगायतले बोलेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष देवी तिमिल्सिना, पोखरा स्काइ टाउनका अध्यक्ष केशबहादुर केसी, पोखरा हेरिटेजका अध्यक्ष शिव सुवेदी, पोखरा हेल्थका अध्यक्ष गणेश गिरीले क्लबले लायन वर्ष २०१/१९ मा गर्ने कार्यक्रमहरु बारे जानकारी गराएका थिए ।

Monday, July 2, 2018

इक्यान कास्की र ब्रिटिश काउन्सिलको आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ-IELTS Teacher Training Program-Pokhara Nepal



पोखरा, १८ असार 
 नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्की तथा ब्रिटिश काउन्सिलको संयुक्त आयोजनामा आइएलटिएस टिचर्स ट्रेनिङ सम्पन्न भएको छ । पोखरामा ३ दिनसम्म सञ्चालित तालिममा इक्यान कास्कीका सदस्य संस्थामा आइएलटिएस अध्यापन गराइरहेका १६ जना प्रशिक्षकलाई ब्रिटिश काउन्सिलका तर्फबाट प्रेम थापाले तालिम प्रदान गरेका हुन् ।
समापन कार्यक्रममा सहभागी मध्यका एक टंक प्रसाद बरालले तालिमले आफूहरुको निम्ती एउटा कोशेढुंगा साबित भएको बताए । तालिमको समापन समारोहमा उपस्थित भएका ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर जिम ओ निलले सहभागीलाई प्रमाण पत्र हस्तान्तरण गर्दै ब्रिटिश काउन्सिलले इक्यान कास्कीसँग संधै हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
इक्यान कास्की अध्यक्ष मीलन तिवारीले आफ्ना सदस्यहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने हेतुले यस्ता खाले तालिमहरु आयोजना गर्दै आइरहेको र आगामी दिनमा पनि थप तालिमहरुको आयोजना गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे । तालिम इक्यान कास्कीका कोषाध्यक्ष एवं तालिम बिभाग संयोजक रुद्र अर्यालको संयोजकत्वमा भएको थियो । सचिव भुवन क्षेत्रीले तालिमको सञ्चालन तथा सहजीकरण गरेका थिए ।

Friday, June 1, 2018

कास्कीमा मृत अवस्थामा फेला -Pokhara News

पोखरा जेष्ठ १८
 अंन्दाजी ११:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं.२३ पामे घर भई हाल रामघाट स्थित डेरा गरी बस्ने वर्ष २४ की सुनिता क्षेत्री डेरा कोठाको बरण्डामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटिई गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सूचनाको हक सन्बन्धी प्रशिक्षण सम्पन्न -National news Pokhara


४ नं प्रदेश प्रहरी कार्यालय पोखरामा आज जेष्ठ १८ गते सूचनाको हक सम्बन्धि एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आम नागरीकको सुसूचित हुन पाउने हकलाई संरक्षण र प्रचलन गराउने उद्श्यले प्रहरी कर्मचारीहरुलाई पनि उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
प्रशिक्षणमा सूचनाको हक सम्बन्धी ऐन २०६४ प्रस्तावना, सूचनाको हक कार्यान्वयनमा सार्वजानिक निकायको भुमिका र दायित्व साथै सूचना प्रवाह गर्ननपर्ने विषयहरु र संरक्षण गर्नुपर्ने सूचना लगायतका विषयमा प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल, प्रहरी नायव उपरीक्षहरु, प्रहरी निरीक्षकहरु लगयात अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा ४ न। प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्याम कुमार महतोले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

Thursday, May 31, 2018

म्याग्दीमा सवारी दुर्घटना-Accident in Myagdi

मिति २०७५/०२/१७ गते अंन्दाजी ०९:०० बजेको समयमा जिल्ला म्याग्दी  मालिका गाउँपालिका वडा नं ५फेदी स्थित ताकमबाट दरबाङतर्फ आउदै गरेको ध १त-३४६ नं को खालि ट्याक्टर कच्ची सड्मा अनियन्त्रित भई सड्क देखी अंन्दाजी २५/२६मिटर तल खस्न जाँदा सोही ट्याक्टरको चालक वर्ष अन्दाजी २५को सुनिल चौधरी घाईते भई उपचारको लागी प्रथामिक स्वाथ्य केन्द्र दरबाङमा सामान्य उपचार पस्चात थप उपचारको लागी जिल्ला अस्पताल म्याग्दी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्दान गरिरहेको छ ।

Man electrocuted in Nawalparasi

नवलपरासीमा करेण्ट लागी घाईते(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका ११ धारापानि चोक स्थित रहेको बिजुलिको पोलमा बिजुलि मर्मत गर्न क्रममा अचानक करेण्ट लाग्दा देवचुलि नगरपालिका ६ बस्ने वर्ष ४८को बम बहादुर के।सि। उक्त पोलबाट खस्न गई घाईते भएकाले उपचारको लागी  पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीखटिगई  थप अनुसन्धान गरिरहेको छ ।

पर्वतमा आगलागी- Fire Home

मिति २०७५/०२।१६ गते राती अं. २१:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालीका वडा नम्बर ७ लालुङ बस्ने तुल वहादुर बि.क.को ढुङगा माटोले बनेको खरले छाएको १तले कच्ची घरमा राती खाना बनाएर छोडेको आगो बाल-बच्चाले खेलाउने क्रममा अचानक घरमा सल्कीन गई आगोलागी हुँदा घर पुर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगो रातीको १२  बजेको समयमा नियन्त्रणमा आएको छ । उक्त घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी ली खटिगई बुझ्दा उक्त आगोलागीबाट घर तथा घरमा रहेको अन्नपात, लत्ताकपडा समेत जली अन्दाजी ७,००,०००(सात लाख)बराबरको क्षेती भएको छ ।

नवलपरासीमा सवारी दुर्घटना- Road accident in Nawalparasi Nepal

मिति २०७५।०२।१७ गते अ.११:३० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुलि नगरपालिका १ केउरेनि स्थित पूर्व पश्चिम राजमार्गमा, नवरलपरासी डण्डावाट काठमाण्डौतर्फ जाँदै गरेको लु १७ प ७०६० नम्बरको मोटरसाईकल र नारायणघाटवाट नवलपरासी दलदले तर्फ आउदै गरेको बा १७ च ९७७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक नवलपरासी पूर्व कावासोति नगरपालिका १४ बस्ने वर्ष अन्दाजी २५को रमेश श्रेष्ठ र पछाडी सवार वर्ष ३६को किसान श्रेष्ठ घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।