Tuesday, July 17, 2018

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराको रक्तदानमा १ सय ६० युनिट रगत संकलन Blood Donation Pokhara

पोखरा ३२ साउन 
 नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराले आयोजना गरेको रक्तदानमा १ सय ६० युनिट रगत संकलन भएको छ । क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा समितीद्धारा पोखरा रंगशालामा आयोजित रक्तदान कार्यक्रममा एशोसियसनमा आवद्ध सदस्य तालिम केन्द्रमा प्रशिक्षणरत प्रशिक्षार्थीहरुले रक्तदान गरेका थिए । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर बुद्धि बहादुर थापाले पहिलो रक्तदाता राजु थापालाई ब्लड ब्याग हस्तान्तरण गरी सुरु भएको रक्तदान कार्यक्रममा १ सय ६० युनिट रगत संकलन भएको हो । 
सो अवसरमा वोल्दै पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर बुद्धि बहादुर थापाले खेर जाने रगतलाई रक्तदान गरी अर्काको जीवन जोगाउनका लागी महत्वपूर्ण भुमिका खेल्ने वताए । रक्तदानमा युवाहरुको उल्लेख्य सहभागीताले अन्य युवाहरुलाई पनि रक्तदान प्रति अभिप्रेरित गराउने भएकाले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
त्यसैगरी भारतिय भुतपुर्व गोर्खा ब्रिगेट नेपालको अध्यक्ष कणेल कमानसिंह गुरुङले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनले रक्तदान जस्तो काममा एशोसियसनमा आवद्धरत युवाहरुलाई समाहित गराएर सामाजिक काममा अग्रसरता देखाएकोमा खुसी ब्यक्त गरे । नेपाल फिजिकल ट्रेनिङ एशोसियसन नेपालका प्रमुख संरक्षक क्याप्टेन राम प्रसाद गुरुङले एशोसियसनले विगत तीन बर्षदेखी एशोसियसनले रक्तदान जस्तो सामाजिक काम गर्दै अगाडी वढिरहदा आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराका अध्यक्ष गज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितीका उपाध्यक्ष सुवेदार केहरसिंह गुरुङले स्वागत मन्तब्य राखेका थिएभने समितीका सचिव सुवेदार जीत बहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए । 

No comments:

Post a Comment

Please, comment about this article.