Sunday, February 5, 2012

युवासंघ नेपाल पोखरा ९ मा प्रकाश शर्मा


     पोखरा उपमहानगरपालिका वडा नं.९ मा आयोजित युवाहरुको भेलाले प्रकाश शर्माको अध्यक्षतामा १५ सदस्यीय युवा संघ पोखरा ९ वडा इकाई समिति गठन गरेको छ । भेलामा प्रमुख अतिथि तेजनारायण अधिकारीले युवाहरुको महत्वपूर्ण दायित्व निभाउन रचनात्मक र सृजनात्मक तवरले अगाडि बढ्नुपर्ने बताउनुभयो ।
       कार्यक्रममा अतिथिका तर्फबाट नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रेम विश्वकर्मा, क्षेत्र नं.३ का सचिव धनबहादुर नेपाली, सचिवालय सदस्य दामोदर शर्मा, नगर कमिटी सदस्य लालकुमार श्रेष्ठ, क्षेत्रीय सल्लाहकार दिलकुमारी गुरुङ्ग, मुक्ति समाज कास्की सदस्य किसान परियार, पार्टी संचार शाखा सचिव रामजी लम्साल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
       कमिटीको उपाध्यक्षमा केशव ढकाल, सचिवमा विरेन्द्र दाहाल, सहसचिव शम्भु अधिकारी, कोषाध्यक्ष देविकुमारी थापा र सदस्यहरुमा शोभाकान्त सुवेदी, प्रकाश अर्याल, सरोज विष्ट, प्रकाश रिजाल, दुर्गाबहादुर गुरुङ्ग, ओमकार अर्याल, अशोक पौडेल, क्षितिज तुलाचन, सुशीला थापा रहनुभएको छ ।
       कार्यक्रमको अध्यक्षता नेकपा एमाले वडा कमिटी पोखरा ९ का अध्यक्ष गोपि तुलाचन, स्वागत उपाध्यक्ष दुर्गा श्रेष्ठ, संचालन सचिव बासु तिमिल्सिनाले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.