Wednesday, February 8, 2012

Laxmi Group Handed Over Five Tubeless Mountain Bikes to Kaski Police for CRC

Five Tubeless Mountain Bikes to Kaski Police for CRC

पोखरा, १ बगर स्थित लक्ष्मी गु्रपको प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सफल दुधका तर्फबाट लक्ष्मी गु्रपका अध्यक्ष श्री गणेश बहादुर श्रेष्ठज्यूबाट जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगर र रामबजारको लागि ५ थान गियर भएका साइकल प्रदान गर्नुभएको छ । सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ लगायत स्थानीय भद्रभलादमी तथा समाजसेवीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक भुवनेश्वर तिवारीलाई अध्यक्ष श्रेष्ठज्यूले विधिवत् हस्तान्तरण गर्नुभएको थियो । सो अवसारमा अध्यक्ष श्रेष्ठज्यूले गाडी जान नसक्ने भित्री सडक खण्डहरुमा समेत पुगी जनतालाई तत्काल सुरक्षाको प्रत्याभुती दिन साईकल निर्विकल्प साधन रहेकोले सामाजिक दायित्व बोध गरी साइकल हस्तान्तरण गरिएको र भविष्यमा पनि सहयोग एवम् सहकार्यमा निरन्तरता दिने बताउनु भएको  थियो । वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले CRC अवधारणा अनुरुप प्रभावकारी प्रहरी परिचालन गर्न यस संशासनले महत्वपूर्ण भुमिका खेल्ने बताउनुहुँदै प्रहरी सेवालाई जनसेवा अभिमुखी र जनउत्तरदायी बनाउन प्रहरी जनसमुदाय साझेदारी -Police Public Partnership_ अवधारणालाई अवलम्बन गरिएको बताउनु भएको थियो । प्रहरी संगठन प्रति गर्नु भएको सहयोग र सदासयताका लागि हार्दिक आभार प्रकट गर्दै कर्तव्य पालनामा यस प्रकारको सहयोगले नैतिक रुपमा थप जिम्मेवार बनाएको उल्लेख गर्दै यसलाई आम नागरिकको अपार माया तथा अमुल्य नासोको रुपमा ग्रहण गरी निरन्तर संरक्षण एवम् सम्बद्र्धन गर्ने बाचा गर्नुभएको थियो ।
>>>Laxmi Group Handed Over Five Tubeless Mountain Bikes to Kaski Police for CRC

No comments:

Post a Comment

Please, comment about this article.