Monday, May 31, 2010

निर्धारित मापदण्ड पुरा गरेर मात्र माओवादी लडाकुकोमायोजन गर्नुपर्ने नेकपा एमालेले


निर्धारित मापदण्ड पुरा गरेर मात्र माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्नुपर्ने नेकपा एमालेले निर्णय गरेको   आज पार्टी कार्यालय बल्खुमा बसेको स्थायी समितिको वैठकले यस्तो निर्णय गरेको हो   वैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै एमाले अध्यक्ष झलनाथ खनालले अन्तराष्ट्रिय मापदण्ड पुरा गर्ने माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिने बताउनुभयो ।एमाले स्थायी समितिको बैठकमा सेना समायोजन विषेश समिति त्यस अन्तर्गतको प्राविधि समितिका सदस्यहरुसंग छलफल भएको थियो बैठकपछि महासचिव इश्वर पोखरेलले सेना समायोजन विशेष समिति प्राविधिक समितिका सदस्यहरुसंग ब्रिफिंग लिएको मात्र बताउनुभयो, तर ब्रिफिंगका वारेमा भने केही बताउन चाहनु भएन बैठकमा केही समय अघि माधव नेपालले राजीनामा दिनुपर्ने विषयमा भएको मत विभाजनका वारेमा पनि छलफल भएको थियो

अमेरिकी नागरिक हराइन ट्रेकिङ्गको क्रममा

२३ बर्षिय अमेरिकी नागरिक अब्रे क्यारोलिन साको ट्रेकिङ्गको क्रममा रसुवा जिल्लाको स्यापु्रबेशीबाट गत १ महिनादेखि हराईरहेकी छन् । अप्रिल २० तारिखमा काठमाडौंबाट स्यापु्रबेशी पुगेकी क्यारोलिन साको २२ तारिखमा लामा होटलमा खाना अडर गरेको जानकारीमा आएको भएपनि त्यसपछि कतै सम्पर्कमा नआएको उनको परिवारिक स्रोत सहित नेपाल ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपालले जानकारी गराएको छ । क्यारोलिन साकोका बाबु पाउल साको र दाजु क्रोफ्टन साको गत दुई हप्तादेखि खोजिको पहलमा लागिरहेका छन् । नेपाल पर्यटन बोर्ड, रसुवा प्रहरी कार्यालय, स्थानीय बासिन्दा लगायतको सहयोगमा खोजिकार्य तीब्र पारिएको छ । पर्यटन बोर्डको सहयोगमा हेलिकप्टरबाट समेत तीन घण्टा सम्भावित क्षेत्रमा खोजिकार्य गरिसकिएको टानले जनाएको छ । छोरीलाई सकुसल भेटिने आशमा रहेका क्यारोलिनका बाबु पाउल साकोले सबै पक्षलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।हराईरहेकी क्यारोलिनलाई भेट्ने जोकोहि व्यक्तिलाई १ लाख रुपैंया ईनाम दिईने आईतबार आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । ट्रेकिङका लागि एक्लै हिडेकी क्यारोलिनका बारेमा जानकारी दिने दोस्रो कोहि व्यक्ति नहुँदा अवस्था अज्ञात बनेको टानले जनाएको छ । ट्रेकिङका लागि एक्लै जाने अनुमति नदिन पनि टानले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।।

१२ घण्टाको लोडसेडिङमा कटौती


दैनिक १२ घण्टाको लोडसेडिङ भोगिरहेका जनताले आजदेखि ३३ घण्टागरी जम्मा घण्टाको लोडसेडिङ खेप्नुपर्ने भएको नेपाल विद्युत प्राधिकरणले घरायसी प्रयोजनमा दैनिक घण्टा औद्योगिक क्षेत्रको लागि दैनिक घण्टा लोडसेडिङ कायम भएको जनाएको नदीमा पानीको प्रवाहमा सामान्य बृद्धि भएपछि पानी बग्ने नदिबाट दैनिक सय ८० मेगावाट विद्युत उत्पादन भईरहेको प्राधिकरणले जनाएको दैनिक सय २० मेगावाट विद्युतको माग भएपनि हाल सय मेगावाट मात्र विद्युत प्रयोगमा ल्याउन सम्भव भएको प्राधिकरणले जनाएको भारतबाट आयात गरिएको ९० मेगावाट साँझको समयमा डिजेलबाट चलाईने २० मेगावाट थर्मलल्पान्टबाट २० मेगावाट गरि कूल ६०० मेगावाट विद्युत आपुर्ति भईरहेको यसले अपुग भएको समयमा लोडसेडिङ कायमै गर्नुपरेको विद्युत प्राधिकरण भार प्रेषण माहाशाखाका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो

Sunday, May 30, 2010

टाउको काटिएको शव फेला

 महोत्तरीको हरिपुर हरिण मरिनमा टाउको काटिएको अवश्थामा एक शव फेला परेको छ । हरिण मरिन अज गेवास्थित जिवछि खोलामा भेटिएको शव पुरुषको रहेको र उमेर खुल्न नसकेको प्रहरीले जनाएको छ । दुई तीन दिन पहिले हत्या गरेर शव खोलामा फालिदिएको हुन सक्ने प्रहरीले बताएको छ । मृतकको सनाखत हुन सकेको छैन ।।

पूर्व युवराज निजी भ्रमणमा पोखरा



पूर्व युवराज पारस शाह निजी भ्रमणका क्रममा पोखरा पुग्नुभएको आज बिहान छोरा ह्रदयन्त्र छोरी पूर्णिकालाइ लिएर केहि चिनीयाँ साथीहरुका साथ उहाँ आज पोखरा पुग्नुभएको हो। उहाँले पोखराको सराङकोट लगायत क्षेत्रको अवलोकन गर्नुभएको पूर्व युवराज पारस पोखरा पार्दी स्थित फिस्टेल लजमा बस्नुभएको उहाँ भोली काठमाण्डौं फर्कने कार्यक्रम

Friday, May 28, 2010

DUTCH NATIONAL TEAM

नेदरल्याण्डले आगामि जुन ११ बाट दक्षिण अफ्रिकामा सुरु हुने बिश्वकप फुटबल प्रतियोगिता २०१० का लागि २३ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको छ । घोषित टोलिमा गोल रक्षकको जिम्मेवारी एफसी ट्वाईन्टेले पाएका छन् भने डिफेन्सको जिम्मेवारी स्टुटगार्डका खालिड बउलार–उज, एडसन ब्राफेईड, र जोन हेईटिङगालले सम्हाल्ने छन् । यस्तै मिड फिल्डमा ईब्राहिम अफेले, नाईजेल जोङ, र डेमि ज्यू रहने छन् भने आक्रमणको जिम्मेवारी अर्जेन रोबेन, रोभिन भान पर्से, र रियन बाबेलले सम्हाल्ने छन् । डच टोलिमा चोटका कारण भुर्नुन् अनिता, रोन भ्लेयर, जर्मेन लेन्स र ओल्याण्डो इङजेलरले भने स्थान बनाउन असफल भएका छन् । समुह ईमा रहेको नेदरल्याण्डले आगामि जुन १४ मा बिश्वकप फुटबल २०१० को आफ्नो पहिलो खेलमा डेनमार्कको सामना गर्नेछ । समुह चरणको अन्य खेलमा डच टिमले एसियन राष्ट्र जापान र क्यामेरुनको पनि सामना गर्ने छ ।

संविधान सभा भवन बाहिर धर्ना


 संविधान सभाको म्याद थप्ने विषयमा दलहरु सहमतीमा नपुगेको वेला संविधान सभाको अन्तिम दिन आज जेठ १४ गते सविधान सभा भवन बाहिर विभिन्न संघ संस्थाहरुले धर्ना दिइरहेका छन अझै पनि दलहरु सहमतिमा आइ संविधान सभाको म्याद थप गरि नयाँ संविधान जारी गर्नु पर्ने माग राख्दै आज संबिधान सभा भवन बाहिर इलामेली विद्यार्थी मञ्चले चित्रकला प्रदशनी आयोजना गरेको हो नेपाल जनजाती महासंधले गत ११ गते देखि संबिधान सभाको बिधटन नगर भन्दै गरेको धर्ना आज पनि जारी रहयो त्यसै गरि संविधान सभाका  सवै भन्दा कान्छा सभासद अभिसेख प्रताप शाहले पनि म्याद थप गर्न माग राख्दै आमरण अनसनमा बसीरहेका छन

Thursday, May 27, 2010

एकीकृत नेकपा माओवादीको बैठकद्धारा संविधानसभाको म्याद नथप्ने निर्णय

  माओवादीको स्थायी समितिको बैठकले यथास्थितिमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ । आज माओवादी मुख्यालय पेरिस डाँडाँमा बसको बैठकले वर्तमान माधव नेपालको सरकारले राजीनामा नदिदाँसम्म र सहमतिको वातावरण नवन्दासम्म कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको पार्टी प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । तर सहमतिको प्रयासलाई भने जारी राख्ने प्रबक्ता शर्माले बताउनुभयो । आज र भोलीमा सहमति कायम हुन नसकि संविधानसभाको विघटन भएमा त्यसको जिम्मा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षको पदमा बसेका पार्टीहरुले लिनुपर्ने पनि प्रबक्ता शर्माको भनाई थियो ।

संविधानसभाको म्याद नथपिने वैध


एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणले कांग्रेस एमाले आफ्नो हठमा रहिरहे संविधानसभाको म्याद नथपिने ठोकुवा गर्नुभएको उहाँले संविधानसभाको म्याद नथपिएमा कुनै उथल पुथल नहुने पनि बताउनुभयो आठौं ईच्छुक स्मृती दिवसको अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष वैद्यले संविधानसभाको म्याद थप्न माओवादीलाई बाध्य पारेर अन्य दलले झुकाउने प्रयास गरेको भन्दै माओवादी कुनैपनि हालतमा नझुक्ने जिकिर गर्नुभयो ।संविधानसभा विघटन भएमा त्यसको जिम्मा कांग्रेस एमालेको हुने उहाँले भनाई थियोे संविधानसभा विघटन भएमा जनजिविका जनतन्त्रको समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने भन्दै उहाँले त्यसपछिको अवस्थामा आन्दोलनको ज्वाला दन्किने ठोकुवा गर्नुभयो ।शान्ति संविधानप्रति माओवादी प्रतिबद्ध रहेको जिकिर गर्दै उपाध्यक्ष वैद्यले जेठ १५ पछि माओवादीले शान्तिपूर्ण आन्दोलन मार्फत क्रान्तिलाई अगाडि वढाउने समेत बताउनुभयो सो अवसरमा कृष्णसेन स्रष्टा पुरस्कारवाट वरिष्ठ पत्रकार शक्ति लम्साल कृष्णसेन कला पुरस्कारवाट कलाकार विना शर्मालाई पुरस्कृत गरिएको थियो