Monday, May 31, 2010

निर्धारित मापदण्ड पुरा गरेर मात्र माओवादी लडाकुकोमायोजन गर्नुपर्ने नेकपा एमालेले


निर्धारित मापदण्ड पुरा गरेर मात्र माओवादी लडाकुको नेपाली सेनामा समायोजन गर्नुपर्ने नेकपा एमालेले निर्णय गरेको छ ।  आज पार्टी कार्यालय बल्खुमा बसेको स्थायी समितिको वैठकले यस्तो निर्णय गरेको हो ।  वैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै एमाले अध्यक्ष झलनाथ खनालले अन्तराष्ट्रिय मापदण्ड पुरा गर्ने माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिने बताउनुभयो ।एमाले स्थायी समितिको बैठकमा सेना समायोजन विषेश समिति र त्यस अन्तर्गतको प्राविधि समितिका सदस्यहरुसंग छलफल भएको थियो । बैठकपछि महासचिव इश्वर पोखरेलले सेना समायोजन विशेष समिति र प्राविधिक समितिका सदस्यहरुसंग ब्रिफिंग लिएको मात्र बताउनुभयो, तर ब्रिफिंगका वारेमा भने केही बताउन चाहनु भएन । बैठकमा केही समय अघि माधव नेपालले राजीनामा दिनुपर्ने विषयमा भएको मत विभाजनका वारेमा पनि छलफल भएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.