Friday, May 28, 2010

DUTCH NATIONAL TEAM

नेदरल्याण्डले आगामि जुन ११ बाट दक्षिण अफ्रिकामा सुरु हुने बिश्वकप फुटबल प्रतियोगिता २०१० का लागि २३ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको छ । घोषित टोलिमा गोल रक्षकको जिम्मेवारी एफसी ट्वाईन्टेले पाएका छन् भने डिफेन्सको जिम्मेवारी स्टुटगार्डका खालिड बउलार–उज, एडसन ब्राफेईड, र जोन हेईटिङगालले सम्हाल्ने छन् । यस्तै मिड फिल्डमा ईब्राहिम अफेले, नाईजेल जोङ, र डेमि ज्यू रहने छन् भने आक्रमणको जिम्मेवारी अर्जेन रोबेन, रोभिन भान पर्से, र रियन बाबेलले सम्हाल्ने छन् । डच टोलिमा चोटका कारण भुर्नुन् अनिता, रोन भ्लेयर, जर्मेन लेन्स र ओल्याण्डो इङजेलरले भने स्थान बनाउन असफल भएका छन् । समुह ईमा रहेको नेदरल्याण्डले आगामि जुन १४ मा बिश्वकप फुटबल २०१० को आफ्नो पहिलो खेलमा डेनमार्कको सामना गर्नेछ । समुह चरणको अन्य खेलमा डच टिमले एसियन राष्ट्र जापान र क्यामेरुनको पनि सामना गर्ने छ ।

No comments:

Post a Comment

Please, comment about this article.