Thursday, May 3, 2018

भिमकाली कपमा दोस्रो चरणका खेलहरु, डिफेण्डिङ च्याम्पियन दिप युनाईटेडको सानदार जित


पोखरा २० बैशाख ।
पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा बिहिबार सम्पन्न पहिलो चरणको खेल अन्र्तगत बिष्णु पादुका क्लब, बि.वाई.सि बसपार्क, पसगाउँ फुटबल क्लब, मर्निङ गाईज र फेवा युवा क्लब बिजयी भएको छ भने दोस्रो चरण अन्तर्गतको खेलमा दिप युनाईटेड, एल जि एसोशियसन र तारा फुटबल क्लब टिम “ए” बिजयी भएको छ ।
पुरानो टुडिखेलमा सम्पन्न पहिलो खेलमा तारा फुटबल क्लब टिम “बि” लाई २–१ को गोल अन्तरले हराउदै बिष्णु पादुका क्लब अघिल्लो चरणमा प्रबेश गर्यो । 
दोस्रो खेलमा कालिका युनाईटेडलाई ४–२ को गोल अन्तरले पराजित गर्दै बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो । 
प्रतियोगिताको तेस्रो खेलमा लामपाटन फुटबल क्लबलाई  ६–० गोलको  फराकिलो अन्तरले पराजित गर्दै फेवा युथ क्लब बिजयी भयो । फेवा युवा क्लबको जितमा प्रशित परियारले ह्याट्रिक गर्न सफर रहे ।
त्यसैगरी चौथो खेलमा काजीपोखरी युवा क्लबलाई २–१ को गोल अन्तरले  पसगाउँ फुटबल क्लबले पाखा लागायो ।
प्रतियोगिताको पाचौ खेलमा मर्निङ गाईज र ब्याट केभ बिच भएको खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै मर्निङ गाईजले दास्रो चरणको लागी स्थान बनायो ।
प्रतियोगिताको दोस्रो चरणको पहिलो र आजको छैटौ. खेलमा दिप युनाईटडले डाडाँ फुटबल क्लबलाई १३–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । दिप युनाईटडको जितमा स्तेफेनले सर्बाधिक ७, होलयाण्डले ४ र पेम्बा नर्बु लामा तथा बिबेक गुरुङले समान १/

१ गोल गरे ।
प्रतियोगिताको सातौ खेलमा एल जि एसोशियसनले गगन ट्याटुलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा स्थान बनायो ।
त्यसैगरी अन्तिम खेलमा स्यानी पाटन फुटबल क्लबलाई तारा फुटबल क्लब टिम “ए” ले ४–१ गोल अन्तरले हराउदै तेस्रो चरणको लागी छनौट भएको खेल संयोजक मनोज श्रेष्ठले बताए । 
श्रेष्ठका अनुसार दोस्रो चरण अन्तर्गत शुक्रबार ८ खेलहरु सञ्चालन हुनेछन ।
आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार                                                                                     प्रदान गरिने आयोजकले जनाएको छ ।

Sunday, February 25, 2018

रत्नज्योतिको २० औं एसआरजे एक्सेलेन्सी अवार्ड सम्पन्न

पोखरा, ११ फागुन ।

       पोखरा लेखनाथ म.न.पा.वडा नं. ८ मा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयले पोखरा सभागृह हलमा विद्यार्थीको प्रतिभा सहित पहिचान  कार्यक्रममा एसआरजे एक्सेलेन्सी अवार्ड तथा २० औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कस्कीका सहायक जिशिअ दामोदर सुवेदीले गुणस्तरीय शिक्षाको साथै बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने कार्यमा रत्नज्योति विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

       कार्यक्रममा जुनियर र सिनियर तह अन्तर्गत ५ वटा विधाहरु नेपाली र अंग्रेजी वक्तृत्वकला, नृत्य, गायन र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएका थिए । आफ्ना बाबुनानीहरुको प्रतिभा एवम् नृत्यहरु अवलोकन गरी अभिावकहरुले मनोरन्जन लिनुभएको थियो ।

       उक्त कार्यक्रममा नेशनल प्याब्सन कास्कीका अध्यक्ष राम बहादुर मोचीले विद्यालयले समय सुहाउँदो शिक्षा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको बताउनुभयो । कार्यक्रमलार्य रोचकताका साथ अगाडि बढाउँदै नेशनल प्याब्सन केन्द्रीय महासचिव सुवास न्यौपानेले विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

       विद्यालयका भाइस प्रिन्सिपल महासागर पौडेल संयोजक रहनु भएको उक्त कार्यक्रममा जुनियर तर्फको एसआरजे एक्सेलेन्सी अवार्ड २०७४ कक्षा ३ की छात्रा श्रेया गिरीले प्राप्त गरेकी थिइन् । नृत्य विधामा कुसुम आलेमगर, सन्जु गुरुङ्ग, नितु गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

       यसैगरी गायन विधामा शुभेच्छा चिलुवाल, अनुशा अधिकारी, आर्यन पाण्डे क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरीजवाफ तर्फ आयुष सापकोटा, मिजास देवकोटा, सार्थक तिवारी क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए । यसैगरी नेपाली वक्तृत्वमा सुप्रिम चिलुवाल, दावा लामा, कन्गना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, अंग्रेजी वक्तृत्व अन्तर्गत स्वरुप तिवारी, सोनिया अधिकारी र सिम्रन आचार्य क्रमशः प्रथम, द्वितीय तृतीय हुन सफल भएका थिए ।

       सिनियर तह (कक्षा ६/९) सम्ममा एसआरजे एक्सेलेन्सी अवार्ड कक्षा ८ की छात्रा सलिना बस्नेतले हात पारिन् । विधा अन्तर्गत नृत्य विधामा सदिक्षा रामदाम, नविन अधिकारी, समृति चापागाई क्रमशः प्रथम, द्वितीय तृतीय, गायन विधामा कल्पना तामाङ, शैलेस नेपाली, कृष्टिना गुरुङ्ग क्रमशः प्रथम, द्वितीय तृतीय, हाजिरी जवाफमा कृतिका पौडेल, समिप तिवारी, प्रज्वल सुवेदी क्रमशः प्रथम, द्वितीय तृतीय भए । त्यसैगरी नेपाली वक्तृत्वमा सोनिया अधिकारी, सुप्रिया गुरुङ्ग, प्रज्वल बराल क्रमशः प्रथम, द्वितीय तृतीय, र अंग्रेजी वक्तृत्वकलामा अमृता अधिकारी, भक्ति पराजुली, अनिसा तिमिल्सिना क्रमशः प्रथम, द्वितीय तृतीय भएका थिए ।

       कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका अभिभावक उदय पराजुलीले विद्यार्थीलाई शैक्षिक गुणस्तरका साथै बालबालिकाको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने कार्यमा विद्यालय अग्रसर रहेको बताउनुभयो । यसैगरी विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले राष्ट्रलाई असल र कर्मठ नागरिक तयार पार्न विद्यालय कहिल्यै पछि नपर्ने बताउनुभयो ।

       कक्षा नर्सरीदेखि कक्षा १२ सम्म संचालित उक्त विद्यालयले कार्यक्रममा ११ र १२ विज्ञान तथा व्यवस्थापन संकायका छात्रछात्राहरुलाई समेत समावेश गरेको थियो । ११ र १२ कक्षा अन्तर्गत नृत्य विधामा सुजन थापा, विवेक तामाङ्ग, सपना घोताने क्रमशः प्रथम, द्वितीय तृतीय, नेपाली वक्तृत्वमा सुजन थापा, भुवन अधिकारी, प्रेम गिरी क्रमशः प्रथम, द्वितीय तृतीय, र गायनमा सुस्मिता गुरुङ्ग  भएका थिए ।

       कार्यक्रममा प्रथम, द्वितीय तृतीय हुनेलाई शिल्ड तथा प्रमाणपत्र वितरण गयरिएको थियो भने २०७३ सालको कक्षा नर्सरीदेखि कषा १२ सम्मको एकेडेमीक पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रम
मा सभापति टुवराज बास्तोलाले विद्यलायले विसौं वर्ष अनवरत सेवा गर्दै आइरहेको व्यक्त गर्दै सबैलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभएको थियो ।

हिमालय मावि मौजाको वार्षिकोत्सव

पोखरा, १२ फागुन ।
       हिमालय माध्यमिक विद्यालय पोखरा लेखनाथ २० मौजाको ४६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

       विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले अबको आवश्यकता भनेको प्राविधिक शिक्षा रहेको औंल्याउँदै व्यवसायिक शिक्षामा पनि जोड दिनुपर्ने औंल्याए । उनले विद्यालयको शैक्षिक उन्नतिमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावकको सामूहिक भूमिका महत्वपूर्ण हुने बताए ।

   कार्यक्रममा पोखरा लेखनाथ म.न.पा.वडा नं. २० का वडाअध्यक्ष सिम बहादुर गुरुङ्ग, विद्यालय व्यवस्थापन समिति सल्लाहकार समिति सदस्य तिलबहादुर गुरुङ्ग, पाहर ट्रष्ट नेपालका निर्देशक मे.चन्द्र बहादुर गुरुङ्ग, हिमालय मावि भूपू विद्यार्थी एशोसिएशनका सचिव चित्र बहादुर गुरुङ्ग, महेन्द्र मावि भलामका प्र.अ कालिप्रसाद पौडेल, अभिभावक भिम बहादुुर गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

       कार्यक्रममा यस वर्षको उत्कृष्ट शिक्षक सम्मानबाट शिक्षिका राधा आचार्य सिग्देल र शिक्षक बेदनाथ पौडेललाई सम्मान गरिएको थियो भने सोँधा श्रोत केन्द्रका श्रोतव्यक्ति तथा विद्यालयका शिक्षक डोलराज रेग्मी र विद्यालयका प्रअ मणिराज परियारलाई पनि सम्मान गरिएको थियो ।

       विद्यालयका प्रअ मणिराज परियारले आयव्यय  सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत शिक्षिका देवी कुमारी थापा र विद्यार्थी सन्दीप सापकोटा तथा कार्यक्रमको संचालन शिक्षक रोशन श्रेष्ठले गरेका थिए ।

       कार्यक्रममा विद्यार्थीहरुद्वारा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


Monday, November 13, 2017

जनताले गुनासो नराख्ने गरी काम गर्छु : शर्मा


पोखरा, २७ कात्तिक
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३, का प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्मा सोमबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ र ३ मा घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त रहे । नेपाली कांग्रेसलाई जिताउन मत माग्दै उम्मेदवार शर्मा सहितको टोली कांग्रेसका ऐजेण्डा लिएर मतदाताको घरदैलोमा पुगेका हुन् । घर दैलो कार्यक्रममा सोही क्षेत्रकी प्रदेश सभा ‘क’ की उम्मेदवार शारदा पौडेल, क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्ताको सहभागिता थियो । उम्मेदवार घरदैलोमा पुग्दा मतदाताले उनीहरुलाई फुल, माला, खादा ओडाएर स्वागत गरेका थिए ।
मतदातासँगको भेटघाटमा उम्मेदवार शर्माले चुनावमा कांग्रेसलाई जिताउन आग्रह गर्दै जनताले गुनासो राख्ने ठाउँ नराखिकिन देश र जनताका लागि काम गर्ने प्रतिवद्धता जनाए । ‘हाम्रो उम्मेदवारी जनताको पक्षमा, निर्वाचनमा तपाईले कांग्रेसलाई जिताउनु होस्, कुनै गुनासो राख्ने ठाउँ नराखि देश र जनताको पक्षमा काम गर्छौं ।’
यसैबिच ‘ख’  प्रदेशका उम्मेदवार भोजबहादुर  गुरुङ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २३, चापाकोटमा  घरदैलो र मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् 

Friday, September 15, 2017

२ फरार अपराधी पक्राउ - 2 fled criminals arrested

    पोखरा भाद्र २८ गते ।
         बिभिन्न अपराधमा संग्लन रही फरार रहेका अपराधिहरुलाइ पक्राउ गर्ने कास्की प्रहरीको अभियान अन्तर्गत  सम्मानित अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका निम्न फरार प्रतिबादीहरुलाई कास्की प्रहरीले पक्राउ गरि आजै सम्मानित जिल्ला कास्की जिल्ला अदालत पठाईएको ।
पक्राउ गरिएका मानिसहरु :
१.    जिल्ला कास्की  साबिक कास्कीकोट गा.बि.स. बडा नं ५ हाल पोखरालेखनाथ महानगरपालिका बडा नं २४ बस्ने लाल बहादुर परियारको छोरा धन बहादुर परियार बहुविवाह मुद्धामा९ कैद असुल गर्न ९ महिना १ दिन र रु। ५,०००।– जरिबाना
२.  जिल्ला कास्की  साबिक कास्कीकोट गा.बि.स. बडा नं ८ हाल पोखरालेखनाथ महानगरपालिका बडा नं २४ बस्ने ईन्द्र बहादुर देबकोटाको श्रीमती गम्भिरा देबकोटा लागू औषध मुद्धामा ९ कैद असुल गर्न १० महिना ९ दिन