पोखरा-कार्तिक २१ गते
मिति:२०७२/७/२१ गते २:०० बजेको समयमा जि.कास्की, पोखरा उप म.न.पा-२६ सराङकोटबाट प्याराग्लाईडिङ उडाउने क्रममा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.८ स्थाई घर भई हाल पोखरा उप म.न.पा.५ मालेपाटन बस्ने बर्ष-२६ को सुनिल भट्टराई पोखरा उप म.न.पा.-६ लेकसाईड स्थित वाटर फण्ट होटलको पछाडि फेवातालमा खस्न गई गम्भिर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उद्दारको लागि प्रहरी टोली घटनास्थलमा खटिई गई निज घाईतेलाई उद्दार गरी तत्काल चरक मेमोरियल अस्पताल हुदै थप उपचारको लागी मणिपाल अस्पताल लगिएकोमा २:४५ बजे मृत्यु भएको ।




