बैशाख २९, पोखरा,जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ पृथ्वीचोक स्थित नयाँ बन्दै गरेको घरको छतमा होडिङ्ग बोर्ड काटेर हटाउन खोजि रहेको अवस्थामा जि. संखुवासभा घर भई हाल पोखरा ५ बस्ने वर्ष ४२ को पंच बहादुर तामाङ्ग २ तला माथिबाट खस्न गई घाईते भएकोमा तत्काल उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगि उपचार भईरहेको अवस्थामा मृत्यु भएको छ । सो घट्ना सम्बन्धमा अन्य अनुसन्धान भईरहेको छ ।
Tuesday, May 13, 2014
कपडामा बिस्कुटको लेदो छर्किई छक्यानमा पारी लुटपाट गने खोज्ने पक्राउ- Thief caught after sprinkling biscuit on a woman
पोखरा, बैशाख २९, पोखरा ९ महेन्द्रपुलमा रहेको गरिमा बिकास बैंकबाट ले.न.पा. ६ बस्ने कुसुम क्षेत्रीले रकम झिकी झोलामा राखी बाहिर हिडीरहेको अवस्थामा भारत कटीहार जिल्ला विहार राज्य घर भई हाल पोखरामा बस्ने वर्ष १४ को नेहाल कुमारले मुखमा बिस्कुट चपाई विस्कुटको लेदो पारी निज महिलाको शरिर र कपडामा फाली दिएको निज महिलाले उक्त रकम रहेको झोला भुईमा राखी टकटक्यान लाग्दा निज नेहाल कुमारले रकम रहेको झोला लिई भाग्दै गर्दा तत्कालै निज व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की
सुनका गरगहना तथा ल्यापटप कम्प्यूटर चोरी गर्ने पक्राउ - Gold & computer theif caught
पोखरा उप.म.न.पा. वडा नं. १८ बस्ने उषा के.सी. लगायत सपरिवार आफनो घरमा ताला लगाई उपचारको लागि मिति २०७१/१/२१ गते काठमाण्डौ गएकी र मिति २०७१।१।२५ गते घर फर्कि घरमा हेर्दा ताला फोडी घर भित्र कोठमा रहेका सामानहरु लथालिङ्ग पारी कोठमा रहेको सुनका गरगहना, क्यामरा, ल्यापटप, चरेसका थाल, कचौरा, भिडियो क्यामेरा, मोवाईल र रकम समेत चोरी भएको हुँदा आवश्यक कारवाही गरि पाउँ भनि निज उषा के.सी. ले यस कार्यालयमा निवेदन दिनासाथ उक्त घट्नामा संलग्न हुन सक्ने व्यक्तिहरुको खोजतलास एवं अनुसन्धान गर्ने क्रममा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मिति २०७१।०१।२८ गते निम्न ६ जना व्यक्तिहरुलाई चोरी गरेको सुनको मंगल सुत्र १ थान, कानमा लगाउने मुन्द्रा २ थान, भिडियो क्यामेरा थान १, औठी १, डेल ल्यापटप १, चरेशको थाल र कचौरा ६, मोवाईल २ सहित पक्राउ गरी चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१) जि. कास्की पोखरा ११ रामघाट बस्ने वर्ष ३४ कि सन्तुमाया सार्की
२) जि. कास्की पोखरा ५ पश्र्याङ्ग बस्ने वर्ष २४ को सोम पुन
३) जि. कास्की पोखरा १७ घर भै हाल पोखरा ५ बस्ने धन बहादुर गौतम
४) जि. कास्की पोखरा ९ बस्ने वर्ष २२ को हल्दार भन्ने बिमल पाण्डे
५) जि. कास्की पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष १५ को जिवन नेपाली
६) जि. कास्की पोखरा १४ चाउथे बस्ने वर्ष १७ को अर्जुन बि.क.
पक्राउमा परेका व्यक्तिहरु:
१) जि. कास्की पोखरा ११ रामघाट बस्ने वर्ष ३४ कि सन्तुमाया सार्की
२) जि. कास्की पोखरा ५ पश्र्याङ्ग बस्ने वर्ष २४ को सोम पुन
३) जि. कास्की पोखरा १७ घर भै हाल पोखरा ५ बस्ने धन बहादुर गौतम
४) जि. कास्की पोखरा ९ बस्ने वर्ष २२ को हल्दार भन्ने बिमल पाण्डे
५) जि. कास्की पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष १५ को जिवन नेपाली
६) जि. कास्की पोखरा १४ चाउथे बस्ने वर्ष १७ को अर्जुन बि.क.
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की
Tuesday, April 29, 2014
निर्मल पोखरी गाबिसमा नागरिक प्रहरी अन्तरक्रिय-Nirmal Pokhari V.D.C Kaski
वैशाख १२, पोखरा ।
कास्की प्रहरीले “प्रत्येक नागरिक बिना वर्दीका प्रहरी हुन र प्रत्येक प्रहरी वर्दी सहितका नागरिक हुन” भन्ने नाराका साथ गाँउ गाँउमा नागरिक सुरक्षा विषयमा स्थानिय नागरिक र प्रहरी बीचमा अन्तरक्रिया कार्यक्रमको अभियान थालेको छ ।
सोही अभियान अन्तरगत शुक्रबार सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन र निर्मल पोखरी गाविसको आयोजनामा निर्मलपोखरी गाविसको जनचेतन उमाबिको प्राङ्गणमा गाविसको पाँच सय भन्दा बढी स्थानिय नागरिकको भेलाका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
निर्मलपोखरी गाविसका सचिव गंगादत्त पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले प्रहरी र नागरिक बीच सहकार्य गरी गरिएका कार्यहरु फलदायि हुनुका साथै दुरगामी पनि हुने हुनाले समाजलाई समुन्नत बनाउनको लागि हामी प्रहरी र नागरिक एक अर्कामा होस्टेमा हैसे गर्नुपर्ने कुरा बताउनुभयो । नागरिकहरु सुसूचित भएर नै हाल नेपाल प्रहरीको कार्य उत्कृष्ट भएको उल्लेख गर्दै कानून कार्यान्वयनमा कोही कसैसँग सम्झौता नगरिने हुँदा समाजका अग्रज व्यक्तिहरुले प्रहरीले समातेको व्यक्तिलाई छुटाउन हैन कि समाजमा अपराधिक क्रियाकलाप हुन नदिने भूमिका खेल्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा जनचेतन उमाविका प्राचार्य निर्मल बहादुर अधिकारी, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लालबहादुर श्रेष्ठ, नागरिक समाजका अध्यक्ष उदयबहादुर रायमाझी, नेपाली काग्रेसका प्रतिनिधी रघु पराजुली, एमालेका प्रतिनिधी कृष्णबहादुर थापा, नेकपा एमाओवादीका प्रतिनिधी प्रकाश पौडेल, केशर निर्दोशी, संगिता भण्डारी, केशव आचार्य, गुरुप्रसाद पौडेल, पूर्ण प्रसाद अधिकारी, रमादेवी आचार्य, नारायणदत्त अधिकारी, दिपेन्द्र पौडेल लगायतका व्यक्तिहरुले सुरक्षा सम्बन्धमा प्रहरी तथा स्थानिय नागरिकको भूमिका विषयमा बोलेका थिए ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव बिमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा सोही कार्यालयका ईन्र्चाज प्रहरी नायव निरीक्षक रेशमलाल पौडेलले प्रकास पारेका थिए । उठेका जिज्ञासाको जवाफ दिने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक चन्द्रा गुरुङले महिला हिंसा, घरेलु हिंसा अझै समाजबाट हटी नसकेको बताउदै महिला सहभागिता र महिला सचेतनाको आवश्यकताको बारेमा बताउनुभयो ।
सामुदायिक प्रहरीको लागू औषध तथा एच.आई.भी.विरुद्धको प्रशिक्षण-Kaski-Police
प्रहरीको सचेतनामुलक क्रियाकलाप अन्तरगत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको आयोजनामा लेखनाथ ४ स्थित स्याङ्गजाली समाजको भवनमा लागू औषध तथा एच.आई.भी. एडस विरुद्ध सचेतना सम्बन्धी एक दिवसिय प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भयो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले विकृति विसंगति न्यूनीकरणको लागि घरघरबाट प्रत्येक व्यक्ती जागरुक हुनुपर्ने बताउदै सो को लागि सामुदायिक प्रहरीको अभियानमा सबैले लाग्नुपर्ने बताउनुभयो । हाल नेपालमा सामाजिक रोगको रुपमा रहेको लागू औषध र एच.आई.भि. एक अर्कामा अन्योन्याश्रित सम्बन्ध राख्ने हुनाले हामी समयमानै आफ्ना वालवालिकाको संगत तथा रहनसहनको बारेमा जानकार हुनु जरुरी छ भन्नुभयो । कानूनले दण्ड सजायमा कठोर रुप लिएको लागू औषधको असर बारेमा बताउदै प्रमुख अतिथि बास्तोलाले भविष्यका कर्णधार विद्यार्थिहरु भविष्यमा विभिन्न वृत्ति विकासको लागि विदेश जान तथा विभिन्न संघ संस्था खोल्न या सरकारी नोकरीमा आवश्यक पर्ने प्रहरी रिपोर्टमा समेत लागू औषधको कुरा उल्लेख हुने र त्यस्ता कार्यबाट वञ्चित हुने हुँदा आजैबाट यूवा तथा अभिभावक समेत सचेत हुन सुझाव दिनुभयो ।
सचिव रामजी न्यौपानेले संचालन गरेको कार्यक्रममा स्याङजाली समाजका अध्यक्ष क्या.डिक बहादुर गुरुङ, उपाध्यक्ष प्रेम कुमारी गुरुङ, प्रहरी निरीक्षक गंगाबहादुर थापा, संस्थाका सल्लाहकार सुवेदार अमित गुरुङ, सातताल चेचनशिल युवा क्लवका सदस्य विकास ढुङ्गाना समेतले लागू औषधको कुप्रभावको बारेमा बोलेका थिए । लेखनाथ ४ स्थित तालबेसीमा रहेका यूवा, विद्यार्थी, अभिभावक, यूवा क्लवका सदस्य आमा समूहका प्रतिनिधी तथा सदस्यहरु समेत गरी १ सय ५६ जना व्यक्तिहरुलाई नौलो घुम्तीका रामशरण सेडाई र ओम गुरुङले सहजीकरण गरेका थिए ।
मिति : २०७१/१/१५ गते ।

Subscribe to:
Comments (Atom)