विभिन्न कारणले पोखरामा आएका सोझा सादा महिलाहरुलाई अनेक थरीका प्रलोभन देखाई जबर्जस्ती यौन कृयाकलापमा लगाएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष प्रहरी टोलीले निम्न मानिसहरुलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुशन्धानको क्रममा निजहरुले पटक पटक सोझा सिधा युवतीहरुलाई बिभिन्न प्रकारका जागिर लगाई दिने,काम गरे वापत प्रशस्त पैसा कमाउन सकिने जस्ता प्रलोभन देखाई जबर्जस्ती होटलमा आएका ग्राहकसंग अनुचित कृयाकलाप गर्न बाध्य गराउने गरेको पाईएकोले निजहरुलाई मानव वेचविखन तथा ओसार पसार मुद्वामा म्याद थप गरी अनुसन्धान भई रहेको छ ।
निम्न : १. जिल्ला सप्तरी पन्सेरा – ३ घर भई हाल पोखरा-८ सिमलचौर स्थित फेमिलि रेष्टुरेण्टकी संचालक अन्जु चौधरी ।
२. जिल्ला मुस्ताङ जोमसोम घर भई हाल पोखरा – ९ नया बजार स्थित मुस्ताङ रेष्टुरेण्टकी संचालक लक्ष्मी गुरुङ ।
मिति २०७०/१०/१५ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
