Monday, December 2, 2013

घार्मीमा पनि सद्बीज छरियो,

पोखरा, १७ मंसिर
 कास्कीको लामाचौर गाविस स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र घार्मीमा यस वर्ष पनि बालाचर्तुदशी पर्वका अवसरमा सद्वीज छर्ने कार्य सम्पन्न भएको छ ।
 स्थानीय ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा त्यस क्षेत्रका भक्तजन तथा छिमेकी गाविस अर्मला, पुरञ्चौर, भलाम, सार्दीखोला, हेम्जा र पोखराका विभिन्न क्षेत्रबाट पुगेका भक्तालुहरुले आफ्ना पितृको सम्झना गरी मन्दिर परिसरमा सद्वीज छरेका थिए ।
भजन किर्तन र बाजागाजा सहित आयोजना गरिएको कार्यक्रममा समाजसेवी टासी लामाले मन्दिर व्यवस्थापनका लागी १० हजार रुपयाँ र ओम साइराम लामाचौरका प्रमुख इश्वर वैद्यले जीन्सी सहित २ हजार ५ सय सहयोग हस्तान्तरण गर्नुभएको समाजसेवी नन्दराज दाहालले जानकारी दिनुभयो ।साँझ सम्म पनि मन्दिरमा पूजा गर्ने र सदविज छर्न मन्दिर परिसरमा भत्तालुहरुको घुईँचो लागेको थियो ।साईराम र स्थानिय भजन मण्डलीले दिनभर जसो भजन किर्तन गरेका थिए ।त्यस क्षेत्रमा पुगेका भतmजनहरुले घार्मीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानिय वासिन्दालाई सुझाव दिएका छन ।
पोखरा उपमाहनगर पालिका संगै जोडिएको घार्मिमा पछिल्ला दिनमा दृश्य अवलोकनका लागी स्वदेशि तथा विदेशी पर्यटकहरु पुग्ने गर्दछन ।बाला चर्तुदशि पर्व र सिव रात्रीमा त्यस क्षेत्रमा धार्मिक मेलानै लाग्ने गरेको छ ।

Sunday, December 1, 2013

Cancer Awareness Free Cancer Detection & Screening Camp-निुःशुल्क क्यान्सर परिक्षण तथा अभिमुखीकरण कार्यक्रम


 मंशिर,१६, ग्लोवल पिस फाउन्डेसन नेपाल र नेपाल क्यान्सर सहयोग समुहको संयुक्त आयोजनामा १ दिवसिय निुःशुल्क क्यान्सर परिक्षण तथा अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । काठमाण्डौको सुदुर गाउँको रुपमा परिचित छैमले स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय भण्डारखर्क ४ मा आयोजना गरिएको शिविरमा एक सय जना महिलाहरुले आफनो स्तन र पाठेघरको परिक्षण गरेका थिए । परीक्षणको प्रतिवेदन ल्यावमा परिक्षण पश्चात केही दिनपछि मात्र प्राप्त हुनेछ । २३ जना विशेषज्ञ चिकित्सकको समुहले परिक्षण गरेको शिविरमा क्यान्सर रोगको बारेमा बुझन तिन सय भन्दा बढि व्यक्तिहरु उपस्थित थिए । पुरुषहरुले समेत क्यान्सरको बारेमा चासोपूर्वक जानकारी लिएका थिए ।  शारीरिक श्रम बढि गर्नुपर्ने र पौष्टिक आहारको कमी हुने महिलामा अन्यको तुलनामा यो रोग बढि लाग्ने गरेको नेपाल क्यान्सर सहयोग समुहका महासचिव डा. शंशाक शर्माले बताउनु भयो । क्यान्सरको पहिचान सुरुवाती अवस्थामा हुन सके यसको पूर्ण उपचार सम्भव भएकोले मानिसहरुमा जनचेतनाको कार्यक्रम गरेको नेपाल क्यान्सर सहयोग समुहका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताउनु भयो । स्वास्थ्य नै सवैभन्दा ठूलो धन भएकोले सवै व्यक्तिहरुले वर्ष दिनमा आफनो नियमित स्वास्थ्य परिक्षण गनुपर्ने श्रेष्ठको भनाई थियो । ३ वर्षयता छैमलेको स्वास्थ्य, शिक्षा, पुस्तकालयको क्षेत्रमा ग्लोवल पिस फाउन्डेसनले विभिन्न कामहरु गर्दै आइरहेको छ । धुवाँको कारण महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भिर प्रकृतिका स्वास प्रश्वास रोगीहरुको संख्या बढेकोले छैमलेलाई धुवाँरहित गाविस बनाउने उदेश्य सहित सुधारिएको चुलो निमार्णको कार्यलाई तिव्रता दिइएको छ ।
काठमाण्डौ जिल्लाको सुदुर गाउँको रुपमा परिचित छैमले रत्नपार्कबाट ३५ किलोमिटर टाढा पर्दछ । मकवानपुर र ललितपुर जिल्लाको सिमानामा रहेको यस गाविसमा ५० प्रतिशत भन्दा बढि तामाङ समुदायको बाहुल्यता रहेको छ । ४० प्रतिशत भन्दा बढि निरक्षर रहेको यस समुदायका वासिन्दाको प्रमुख आयको पेशा तरकारी खेती र खाद्यान्न वाली नै हो । कुल ४ हजार ७ सय ८७ जनसंख्या रहेको छैमले चिसो हावापानी भएको क्षेत्रभित्र पर्दछ ।

वेवारिसे शव फेला परेको-Dead bodies Found


मिति २०७०/०८/१२ गते दिउसो जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-६ बंगलादी स्थित फेवातालमा कपडा नलगाएको दाह्री जुंगा पातलो लामो रहेको, कपाल केही फुलेकोमा रगं लगाए जस्तो देखिने अ. ३५/४० बर्षको पातलो शरिर भएको कल्साउंदो बर्णको पुरुष ब्यक्तिको शव फेला परेको ।
माथी उल्लेखित शवहरुको हाल सम्म पनी आफन्त कोही सम्पर्कमा नआई सनाखत हुंन नसकेको हुंदा उक्त शवहरुको सनाखत एवं पहिचान गर्नमा सहयोग पु-याउनको निमित्त नि:सुल्क प्रचार प्रसार गरी दिनु हुन सम्पुर्ण संचार माध्यमहरुलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
District Police Office Kaski, Pokhara              

Wednesday, November 27, 2013

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको टोली धार्मिक यात्रामा -Bindabasini Mandir

पोखरा समाचारदाता ।
 सिकिमका रोहितराज गुरुङ महाराजको निमन्त्रणामा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराका पद्दाधिकारीहरु आज धार्मिक यात्रामा निस्किएका छन् ।
समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको नेतृत्वमा निस्केको सो टोलीमा स्वामी मिसेसानन्द, समितिका उपाध्यक्ष योगेन्द्र प्रधान, सचिव तीर्थ श्रेष्ठ लगायत १६ सदस्य टोली रहेको छ ।
सो टोलीले सिकिम लगायत विभिन्न स्थानका मठमन्दिर, तीर्थस्थलहरुको दर्शन एव्म अवलोकन गर्ने छ । पर्यटकीय नगरी पोखरामा धार्मिक पर्यटन गर्ने उद्देश्यबाट सो टोली सिकिकम तर्फ लागेको टोली नेता गणेश बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
पछिल्लो समयमा विन्ध्यवासिनी क्षेत्रको धार्मिक एव्म भौतिक विकासमा जुटेको सो समितिले भावी दिनहरुमा मन्दिरुको धार्मिक एव्म भौतिक निर्माणलाई अझै प्रभावकारी ढङ्गले बढाई भारतीय पर्यटकलाई थप आकर्षित गर्न भम्रण सार्थक हुने बताइएको छ ।
 

वेवारिसे शव फेला

मिति २०७०/०८/११ गते सांझ जि.कास्की पुरन्चौर गा.बि.स.वडा नं.-८ मैछानेको खरबारी भन्ने स्थानमा सेटो ज्याकेट, रातोमा सेतो भएको कोठे सर्ट, निलो टिसर्ट, खरानि रङको पाईन्ट सेतो-कालो कोठा भएको हाप पाईन्ट, निलो कट्टु, खैरो कपडाको पेटी हाप पाईन्टमा लगाएको, दुबै हातको साहिला औलामा फलाम जस्तो देखिने २ औठी लगाएको, बाया हातको नाडीमा IMAGE लेखिएको पंहेलो घडी लगाएको कालो कपाल, उचाई अ.५/३ फिट अग्लो पातलो शरिर, बर्ण गहुंगोरो, हेर्दा क्षेत्री बाहुन जस्तो देखिने अ. बर्ष-३५ को पुरुष ब्यक्तिको मृत अवस्थामा शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पो.मा.को लागी प.क्षे.अस्पताल पोखराको शव गृहमा राखिएको हुंदा शव पहिचानको लागी प्रचार प्रसारण गरी दिनु हुन सम्पर्ण मिडियाहरुलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की ।