Friday, July 6, 2012

कास्कीमै पहिलो पटक ‘सहकारीमा शिक्षा उपसमितिको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

      संगम बचत तथा ऋण सहकारी संस्था लि., रामबजार पोखरा–१५ अन्तर्गतको शिक्षा, तालिम तथा सूचना उपसमितिको आयोजना तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ जिल्ला कार्यान्वयन समिति, कास्कीको समन्वयमा ‘सहकारीमा शिक्षा उपसमितिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
      पोखरामा अवस्थित विभिन्न सहकारी अन्तर्गतका शिक्षा उपसमितिका संयोजक तथा प्रतिनिधि गरी ४५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष प्रभा कोइरालाले सहकारीबीचको स्वस्थ प्रतिस्पर्धाले समुदाय अनि सहकारी दुवैलाई फाइदा पुग्ने बताउनुभयो ।
      सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङ्गले सहकारीमा शिक्षा उपसमितिको भूमिका महत्वपूर्ण हुने र उपसमिति सक्रिय भएर लाग्न सकेमा सहकारी मजवुत र सुदृढ हुँदै जाने धारणा राख्नुभयो ।
      संगम सहकारी संस्थाका अध्यक्ष निरज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई शिक्षा उपसमिति सदस्य ई.जायश्वर पुरीले संचालन, शिक्षा उपसमिति सदस्य कृष्णबहादुर थापाले सहकारीका सात सिद्धान्त वाचन र शिक्षा उपसमिति संयोजक तथा कार्यक्रम संयोजक तिलक थापाले उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
      कोन सहकारी संस्थाका शान्त कुमार श्रेष्ठ र नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका तारा कोइराला लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सहभागीहरुले आफ्नो अनुभव र जिज्ञासा राखेका थिए । कास्की जिल्लामा नै पहिलो पटक आयोजित यसप्रकारको सहकारीसम्बन्धी अन्तरक्रिया निकै नै उपलब्धीमूलक भएको सहभागीले बताएका थिए ।

अमरसिंह उच्च माविमा नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न

      अमरसिंह उच्च मा.वि. १०+२ बिहानी सत्रमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
      विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वप्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा भएको उक्त स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पौडेल, बिहानी शाखा इन्चार्ज बद्री प्रसाद पँगेनी, व्यवस्थापन संकाय इन्चार्ज गौतम पौडेल, शिक्षा तथा मानविकी संकाय इन्चार्ज बुद्धिमान गिरी लगायतले विद्यालयमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियम र असल विद्यार्थीमा हुनुपर्ने अनुशासनको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
      अमरसिंह उच्च मावि १०+२ का प्रचार्य डा.एलियाम्मा जोनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत कक्षा १२ का विद्यार्थी रवि के.सी. तथा कार्यक्रमको संचालन विद्यालयका सह–प्राध्यापक केशव प्रसाद पराजुलीले गर्नुभएको थियो ।
      उक्त अवसरमा विद्यालयको बारेमा समेटेर तयार गरिएको बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो भने प्राविधिकमा प्रेम राना र चिरन गिरीले सहयोग गर्नुभएको थियो ।

70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर )

70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर )
70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर )


70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर )

70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर )

70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर )

70 Year old Grass Home in Pokhara(पोखरामा ७० वर्ष पुरानो खरको घर )

Thursday, July 5, 2012

New Honda Dio 110cc Now in Nepal 2012

  Honda new 2012 Dio which is powered by a more powerful 110cc engine, producing 8 BHP of power. The company claims the Honda Dio 110 returns 55 kmpl of fuel efficiency, which is 15% higher than the previous model. Deliveries of the new Dio will start by the end of the month and the scooter now features a redesigned front end along with revisions to the tail lights. Other features include Honda’s Combi brake system, tubeless tyres and a wider seat. The Combi brake system activates front and rear brakes from a single press


Honda Dio Specifications, Features and other Details
- 18 liter under seat luggage box
- Maintenance Free battery
- Better leg space
- All new viscos air filter
- Tube less tyres
- Combi brake system

Honda Dio will be available in 5 colors
Matt Axis Grey metallic
Leblon Violet metallic
Candy Palm Green
Sports Red
Pearl Sunbeam White.

  In Nepal its Price is NRs. 1,55,900/- 


It is available in Syakar Company LTD jyoti Bhawan, Kantipath, Kathmandu.Tel: 4225132, 4258047.Honda.Kunwar Brother's and Sons.  International Auto parts Nayabazar, Pokhara-9, Nepal. Tel: 061-537222, 537299. Fax: 061-521733. Email: [email protected]

Wednesday, July 4, 2012

घ्यू कुमारीको खेतीप्रति आकर्षण बढ्दो Pokhara

       कास्कीका किसानहरु घ्यू कुमारी तथा स्टेभियाको खेतीप्रति आकर्षित भएका छन् । परम्परागत तथा निर्वाहमुखी खेतीको तुलनामा यसको अथाहा व्यवसायिक सम्भावना तथा नगदेबाली समेत भएको भन्दै किसान यो खेतीप्रति आकर्षित भएका हुन् ।
       हाल यहाँको आर्वा, पामे तथा खहरेमा यसको व्यवसायिक खेती गरिएको छ । पाम एग्रोटेक एण्ड बायो इनर्जी प्रा.लि.ले कास्कीमा यो खेती भित्र्याएको हो । कम्पनीका पोखरा शाखा प्रमुख विपिन गौतमका अनुसार आर्वा, पामे तथा खहरेमा गरी १२ रोपनी जग्गामा १८ हजार विरुवा रोपिएको छ । कम्पनीले किसानहरुलाई प्राविधिक तथा ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ ।
       एकपटक रोपिएको विरुवाले ५ वर्षसम्म उत्पादन दिने र उत्पादित कच्चा पदार्थ सबै कम्पनीले किन्ने सम्झौता भएकाले पनि यो खेतीप्रति किसानहरुको आकर्षण बढेको हो ।
       गौतमका अनुसार घ्यू कुमारी तथा स्टेभियाबाट आयुर्वेदिक तथा एलोपेथिक औषधि, श्रृंगारिक प्रशोधन तथा खाद्य सम्पूरक कम्पनीहरुलाई कच्चा पदार्थ एवं मधुमेहका बिरामीले समेत सेवन गर्न मिल्ने गुलियोपनको परिपूर्ति गर्दछ ।